नेभिगेशन
अस्ट्रेलिया समाचार

क्यानबेरामा "नेपाल डे " मनाइयो

अस्ट्रेलियाका लागि नेपाली राजदुतावासको आयोजनामा संविधान दिवस राजधानी क्यानबेरामा धुमधामका साथ मनाइएको छ । नेपाली राजदुतावासकी कार्यबाहक राजदुत द्रुपदा सापकोटाले नेपाल र अस्ट्रेलियाबिचको दौत्य सम्वन्ध ६० औ बर्ष पुरा भएको चर्चा गर्दै अस्ट्रेलियामा रहेका कुटनितिज्ञ तथा नेपाली समुदाय बिच नेपाल दिवस मनाउन पाउनु गौरवको बिषय भएको बताइन । कार्यक्रममा अस्ट्रेलियामा रहेका नेपाली महाबाणिज्यदुतहरु चन्द्र योन्जन(भिक्टोरिया), दिपक धमला(साउथ अस्ट्रेलिया) लगायतको सहभागिता रहेको थियो । अस्ट्रेलियाली परराष्ट्र मन्त्रालयको चिफ अफ प्रोटोकल केट लोगानको बिशेष उपस्थीती रहेको कार्यक्रममा लेबरका संघिय सांसद पीटर खलिल लगायतको उपस्थीती रहेको थियो । एनआरएन अस्ट्रेलियाका अध्यक्ष केशव कडेंल, उपाध्यक्ष चुडामणि सापकोटा, देब गुरुङ ,महासचिब डा ज्ञानेन्द्र रेग्मी, नारी निकुन्जकी संयोजक संन्ध्या शाहलगायतका अभियन्ताहरुको बाक्लो उपस्थीती रहेको थियो । नेपाली समुदायका अग्रजहरु गोवा कटवाल, एनआरएनका ओसेनिया संयोजक धर्मराज अधिकारी, कानुन ब्यबशायी भरत पोखरेल, पत्रकार डिल्ली ढकाल,जन सम्पर्क समितीका कार्यबाहक अध्यक्ष छिरिङ शेर्पा, बिध्यार्थी नेता विजय सापकोटा ,एनआरएनका पुर्व उपाध्यक्ष नन्द गुरुङ ,एकाका अध्यक्ष परशुराम अधिकारी , पुर्व प्रवक्ता डिला खरेल ,मल्टी डाइनामिकका मेघराज पौडेल,बिष्णुप्रभात सापकोटा, बिजय पौडल लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाली कला संस्कृती झल्काउने नृत्य प्रस्तुत गरिएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अस्ट्रेलिया समाचार
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।