आउदो सेप्टेम्बर २७ तारिखमा करिब पाँंच सय क्षमताको भएको ग्रानभिलको ब्लाउजा हलमा ग्रानभिल दशै तिहार साँंझ कार्यक्रमको आयोजना हुने भएको छ । आवादीका हिसाबले सर्वाधिक नेपाली भाषीहरुको बस्ती रहेको ग्रानभिलमा रहेको ग्रानभिल नेप्लीज कम्युनिटी क्लबले बिशेष सांस्कृतीक कार्यक्रम, चर्चित कलाकार नारद खतिवडाको हास्यब्यंग र स्थानिय प्रस्तुतीका साथ दशै तिहार मनाउन लागेको क्लबका अध्यक्ष रमेश थापाले बताए । ग्रानभिल नेपाली समाजले एक बृहत भेलाको आयोजना गर्दै नेपाल कला ,संस्कृतीको जर्गेना गर्ने क्रममा आयोजना गरिन लागेको दशै तिहार साँंझसफल पार्न सबै ग्रानभिलबासीलाई हार्दिक अनुरोध गरेको छ । कार्यक्रममा एनआरएनका उपाध्यक्ष देव गुरुङ , सचिब उषा बारिया पोखरेल लगायतले कार्यक्रमको सफलताको लागि सहयोग गर्न तयार रहेको बचनबद्धता प्रकट गरेका थिए । एनआरएनका पुर्व उपाध्यक्ष नन्द गुरुङले ग्रानभिल नेपाली समाजको आफ्नै खाले इतिहास र परम्परालाई यस पटक पनि कायमै राख्दै थप भब्यरुपमा आयोजना गर्न लागिएको दशै तिहारमा सबै ग्रानभिल र सिड्नीबासीको सहभागिता रहने बताए । एनआरएन एनएसडब्लु कार्यसमितीका सचिब दिपक पहारीले सन्चालन गरेको कार्यक्रममा स्थानिय समाजिक अगुवाहरु रन्जु थापा, विजय पोखरेल , भरत पन्त ,सिके भुषाल, दिवाकर केसी, कुमार श्रेष्ठ लगायतले कार्यक्रमलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्न सबैको सहयोग रहने बचनबद्धता प्रकट गरेका थिए । कार्यक्रममा ग्रानभिल समाजका अध्यक्ष रमेश थापाले कार्यक्रम नाफा कमाउने उद्देस्यले नभइ नेपाली कला संस्कृतीको पहिचानका लागि भएको बताए ।
समाजका सचिब सौगात भट्टराइले समाजको निमन्त्रणा स्वीकारेर कार्यक्रममा सहभागिता जनाउने सबैमा धन्यबाद ज्ञापन गर्दै बिदेशमा बसेका नया पुस्ताका लागि यस्तो कार्यक्रमहरु अर्थ.पुर्ण रहने बताए । कार्यक्रमका लागि रेस्ट बिजनेस ग्रुप , एक्सपर्ट,सीड्नी सीटी कलेज , पोखरेल एन्ड एशोसिय्टस, राइट एन्ड एशोसियट्स, रेल्वे टेरेस मेडिकल सेन्टर, सामािजक अभियन्ता दिनेश पोखरेल लगायतले सहयोग गरेका छन ।
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।आइतबार, साउन २०, २०८१