नेभिगेशन
अस्ट्रेलिया समाचार

अस्ट्रेलियाको एडिलेडमा इन्द्रजात्रा धुमधामका साथ मनाइयो

वर्षाका देवता देवराज ईन्द्रको पुजाआराधना गरी मनाईने इन्द्रजात्रा पर्व परम्परागत रुपमा गूठि साउथ अष्ट्रेलियाले एडिलेड शहरमा तेस्रो पटक भव्यताका साथ मनाएको छ । सेप्टेम्बर १५ तारिकाको दिन स्थानिय एडवार्सटाउन म्यासोनिक हलमा सम्पन्न ईन्द्रजात्राका विशेष आर्कशन कुमारी जात्रा, धिमेबाजा, समयबजी र विविध नेवारी नृत्य समावेश रहेको थियो । गुठि साउथ अष्ट्रेलियाले नेवाः संस्कृति संरक्षण र सवर्धन गर्ने उद्देश्यका साथ बिगतका बर्ष देखि नै विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । लाखे, धिमे बाजा र पुलुकिसिबिचको प्रस्तुति सधैजै जात्राको सबैभन्दा उत्कृष्ट माहोल थियो । जात्रामा यहाका दोश्रो पुस्ताका युवाहरुको पनि बिशेष सहभागिता रहेको थियो । ग्रेस ईन्टरनेशनलको मुख्य प्रायोजन रहेको जात्रामा नेपाली समुदाय यहाका अस्ट्रेलियन समुदयाले पनि चासोका साथ जात्रा अबलोकन गरेका थिए् । नेवाः संस्कृति रितिरिवाजलाई साउथ अष्ट्रेलियाबासि बिच चिनाउने एउटा प्रयास स्वरुप इन्दजात्रा आयोजना गरिएको संस्थाका सह सचिब सजिन प्रधानाङ्गले बताए । े नेपाल भित्रका रितिरिवाज अनि कला संस्कृतीको संवर्धन गर्दै बिदेशी भुमिमा गरिने हरेक कार्यक्रमले मुलुकको पहिचान बढाउने कार्यमा मद्दत पुग्ने गुठि साउथ अस्ट्रेलियाले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अस्ट्रेलिया समाचार
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।