नेभिगेशन
नेपाल समाचार

सेण्ट्रल कोष्ट नेप्लीज कम्युनिटिको तीज सम्पन्न

सेण्ट्रल कोष्ट नेपालीज कम्युनिटिले प्रत्येक बर्ष जस्तै यस पटक पनि तीज धुमधामसङ्ग मनाएको छ। यहि अगस्ट ३१ तारिक शनिबार टगराहको कम्युनिटी हलमा मनाएको कार्यक्रममा सेण्ट्रल कोष्ट बस्ने लगभग सम्पूर्ण नेपालिहरु उपस्तिथि थियो। लगभग ८० नेपाली परिवार बस्ने सेण्ट्रल कोष्टमा हुने प्रत्येक कार्यक्रमहरुमा सबै जसोको सहभागिता रहने गर्दछ ।यसपटकको कार्यक्रममा हर्न्स्बी र सिड्नी देखी अतिथी एबम सहभागीहरु उपस्थित हुनु भएको थियो।कार्यक्रमको उद्घाटन पानसमा दीप प्रज्वलन गरेर यस पटक प्रमुख अतिथिका रूपमा vcorp का अभिषेक भण्डारी ,capkon का किरण थापा र innovative का डिला खरेलले संयुक्त रूपमा गर्नु भएको थियो । उद्घाटन मन्तब्यमा बोल्दै तिनै जनाले सेण्ट्रल कोष्टमा रहनु भएका नेपालिहरुको उत्साह देखेर खुसी लागेको बताउदै आगामी दिनहरुमा सङ्गै अघि बढ्न हामिहरु तयार रहेको भावना ब्यक्त गर्नु भएको थियो। सेण्ट्रल कोस्ट नेपालिज कम्युनिटीको आयोजनामा भएको यसपटकको तीज कार्यक्रम नेपाली समुदायकी सदस्य तथा नृत्याङ्गना बैजु पराजुलिको संयोजकत्वमा भएको कार्यक्रममा बिभिन्न स्थानिय कलाकारहरु प्रतिमा कोइराला, सनुजा देबकोटा, बैजु पराजुली, सृजना शर्मा, आस्ना ढकाल, अबिसा पौडेल सगुन श्रेष्ठ र सृजना थापाले नृत्य प्रस्तुत गर्नु भएको थियो भने निसान लम्सालले गीत गाउनुका साथै संस्थालाइ निरन्तर रुपमा फोटोग्राफी गरि सहयोग गर्दै आउनु भएको र यसपटक पनि फोटो ग्राफी समेत गर्नु भएको थियो। कार्यक्रममा संयोजक बैजु पराजुलीले सहभागी सम्पुर्ण दिदि बहिनिहरुलाइ नेपालबाट ल्याइएका टिका पोते उपाहार बितरण गर्नु भएको थियो ।संस्थाका अध्यक्ष देबिभक्त पौडेल र उपाध्यक्ष खगेन्द्र ढकालले सम्पूर्ण कलाकारहरुलाइ प्रमाण पत्र र प्रायोजकहरुलाइ दोसल्ला ओडाएर र प्रमाण पत्र हस्तान्तरण गरेर सम्मान गर्नु भएको थियो साथसाथै कार्यक्रममा नेपालबाट आउनु भएका अभिभावकहरुलाइ पनि दोसल्ला ओडाएर सम्मान गर्नु भएको थियो।अभिभावकहरु मध्यबाट टिका भट्टराईले समग्र दिदि बहिनीहरुलाइ तिजको शुभकामना प्रदान गर्नु भएको थियो। अध्यक्ष देबि भक्त पौडेलले सहभागीलाइ बिशेश धन्यबाद ग्यापन गर्नु भएको थियो।कार्यक्रममा स्वागत मन्त्ब्य चन्दा प्याकुर्यालले गरि सबैलाइ स्वागत गर्नु भयो नेपाली किचन बार्दलीले खाना उपलब्ध गराएको थियो।संस्थाका सचिब सन्तोश शर्माले संचालन गर्नु भएको कार्यक्रममा डिजे शुशिलले उत्कृष्ट डि जे कला प्रयोग गरि सबैलाइ रमाइलोसङ्ग नचाउनु भएको थियो।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्