नेभिगेशन
नेपाल समाचार

अस्ट्रेलियाबाट धर्मराज अधिकारीले एनआरएनएको केन्द्रिय उपाध्यक्ष पदमा उम्मेदवारी दिने

सिड्नी । गैरआवासीय नेपाल संघ (एनआरएनए) को नयाँ नेतृत्वका लागि अस्ट्रेलियाबाट धर्मराज अधिकारीले केन्द्रिय उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उपाध्यक्षका प्रत्यासी अधिकारीले . सिड्नीमा पत्रकार सम्मेलनको आयोजना गरेर उम्मेदवारी घोषणा गरेका हुन् । दोहोरो नागरिकतामा स्पष्टता, एनआरएन लगानीको सहजता र सुरक्षा, नेतृत्वको प्रभावकारिता र स्किल, नलेज एन्ड इनोभेसन नेपाल सरकारले भर्खरै घोषणा गरेको ब्रेन गेन अभियानमा योगदान दिने आफ्नो योजना रहेको पत्रकार सम्मेलनमा अधिकारीले सुनाए । एनआरएनए ओसेनियाका वर्तमान क्षेत्रीय संयोजक अधिकारी तीन दशकदेखि अस्ट्रेलियामा व्यवसायिक जीवन र सामुदायिक कार्यक्रममा सहभागी भइरहेका छन् । ओसिनिया क्षेत्रीय संयोजक भएर काम गरिरहँदा विश्वभर रहेका नेपालीहरुले दिनुभएको सहयोग, साथ र उत्साहले आफूलाई अघि बढ्न प्रेरित गरेको अधिकारीको भनाई थियो । बिदेशमा बसेर कमाएको नाम र दामबाट मात्र नभई मातृभूमिको सेवाबाट मात्र सन्तुष्टि मिल्ने बताउँदै उनले बिदेशमा आर्जन गरेको ज्ञान, सीप र दक्षता नेपालको नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने आवश्यकता औल्याए । आगामी अक्टोबर १५ देखि १७ सम्म काठमाडौंमा आयोजना हुने विश्व सम्मेलनले एनआरएनमा नयाँ नेतृत्व छनोट गर्नेछ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्