नेभिगेशन
बिचार/ब्लग

नेपाली समुदायमा असक्तता र NDIS सम्बन्धि जागरुकता फैलाउदै

लेखक :अल्बर्ट श्रेष्ठ र एलिसा श्रेष्ठ जब तपाईंले "असक्तता" शब्द सुन्नुहुन्छ तब तपाईंको मनमा के उब्जिन्छ ? व्हीलचेयरमा बसेको व्यक्ति वा लौरोले टेकेर हिंडिरहेको मानिस? धेरै नेपालीहरुलाई अशक्तता भनेको शारीरिक मात्र हुन्छ जस्तो लाग्न सक्छ, तर अशक्तताको पनि धेरै प्रकारहरु छन् । जस्तै 1) बौद्धिक असक्तता, 2) स्नायुजन्य (नुरोलोजीकल) असक्तता, 3) मानसिक बिरामी 4) चेतनासंबंधी (सेंसोरी) असक्तता। सन् २०१५ मा, ४.३ मिलियन अथवा १८% अस्ट्रेलियन जनसंख्यामा केहि किसिमको असक्तता थियो। यिनीहरु मध्ये, ७१५००० मानिसमा गहन वा गंभीर असक्तता थियो। सन् २०१६ को जनगणना अनुसार आप्रवासी नेपाली सन् १९६० देखि नै अस्ट्रेलियामा आएका थिए र अहिले नेपाली जनसंख्या लगभग ६२००० पुगिसक्यो । यसबाट यो अनुमान गर्न सकिन्छ कि नेपाली समुदायमा पनि असक्तता भएका व्यक्तिहरू छन्। त्यसकारण, असक्तता भएको व्यक्तिको अधिकार र त्यस सम्बन्धि सेवा र उपयोगिताको बारेमा जान्न जरुरी छ । यहाँ धेरै संस्थाहरू छन् जसले असक्तता भएका व्यक्तिहरूलाई सेवा प्रदान गर्दछन्, र विशेष गरि सन् २०१९ मा “राष्ट्रिय असक्तता बीमा योजना” (एनडीआईएस/NDIS) को शुरुवात अस्ट्रेलियाभरि भएपछि यी सेवाहरु देशव्यापी रुपमा उपलब्ध हुनेछन् । एनडीआईस (NDIS) असक्तता भएका व्यक्तिहरूलाई हेरचाह गर्न सहयोग पुर्याउन र उनीहरूलाई आवश्यक सहयोग प्राप्त गर्ने नयाँ तरिका हो। यो एक नि: शुल्क, राष्ट्रिय प्रणाली हो जुन अष्ट्रेलियामा भएका सबै व्यक्तिहरुको लागि हुनेछ। तर अझैपनि असक्तता भएको व्यक्तिहरुको लागि धेरै बाधा र चुनौतीहरु छन् जसले गर्दा यी सेवाहरु प्रयोग गर्न अझै गाह्रो छ । उल्लेख गरिएका केही बाधाहरू मध्य असक्तता सम्बन्धि सेवाको बारेमा सामुदायिक जागरूकताको कमी र सामुदायिक भाषाहरूमा सूचनाको कमीहरू हुन् । आफ्नो देशमा अशक्तता सम्बन्धि सेवा नभएको अथवा अस्ट्रेलिया भन्दा फरक प्रणाली भएको देशबाट आएका प्रवासीहरु अस्ट्रेलियाको अशक्तता सेवा बुझ्न कठिन भएको अन्य संस्थाहरुले औंल्याएको छ । अशक्त मानिसहरूको अधिकारलाई प्रवर्धन र संरक्षण गर्न, वकालत संगठनहरू विभिन्न प्रकारका वकालतमा संलग्न छन्। अशक्तता वकालतले उनीहरूको अधिकारको संरक्षण र समुदायमा भाग लिने क्षमतालाई बढाउन मद्दत गर्दछ । व्यक्तिगत वकालतले मानिसहरूलाई वन-टू-वन सहयोगको माध्यमबाट व्यक्तिगत वा सामुहिक रूपमा समर्थन गरेर उनीहरूको अधिकार बुझ्न र स्वयम वकालत गर्न समर्थन गर्दछ। अशक्तता भएको मानिसहरुको हक अधिकारलाई सुरक्षित गर्न प्रणाली वकालतले दिर्घकालिन परिवर्तन ल्याउन कोशिश गर्दछ । सांस्कृतिक तथा भाषिक रूपमा विविध समुदाय (Culturally and Lingusitically Diverse) समुदायका अशक्तता भएका व्यक्तिहरूले सामना गर्ने बाधाहरू पहिचान गरेर, आस्ट्रेलियन कलेज अफ एप्लाइड साईकोलोजी (ACAP ) मा अध्यनरत ६ विद्यार्थीहरूको एक समूहले नेपाली समुदायमा अशक्तता र उपलब्ध सेवाहरुको बारेमा जानकारी गराउन वकालत परियोजना (Advocacy Project) गरेका छन् । उनीहरुले नेपाली भाषामा सेवा डाइरेक्टरी बनाएका छन् र एनडीआईएसको बारेमा पर्चा बनाएर सामाजिक संजालमा प्रचार प्रसार गरेका छन्। उनीहरूले विभिन्न रेल स्टेशनमा नेपालीहरुमाझ पर्चा वितरण गरेका छन् र साथै सेवा डाइरेक्टरी गैर- निवासी नेपाली एसोसिएशन(NRNA) र” ब्रिज द ग्याप नेपाल” (Bridge The Gap Nepal) नामक एक सामाजिक संस्थालाई बुझाएका छन् । यी संस्थाहरुको नेपालीहरु माझ धेरै ठुलो संजाल छन् र साथै यिनीहरुले विद्यार्थीहरूको प्रयासको प्रशंसा गरेका छन्।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप बिचार/ब्लग
मेरो बाउलाई "अष्ट्रेलियन फादर्स डे "को शुभकामना 

मेरो बाउलाई "अष्ट्रेलियन फादर्स डे "को शुभकामना 

यो खबर सुनेर घरमा आमा/बाउ, अनी भुरा भुरी भाई/बैनीहरू सुभैरा, ईखे, उमेश..अनी कल्पना चै कोक्रैमा थियो..) कम्ता रमाको हैन बिचराहरू सबैले भित्रभित्र आफ्नो आफ्नै सपना बुन्नु थाले पक्कै...
आश जगाउनुस् अनि पुर्पुरोमा लेखि ल्याएको अझैं ५/७ चोटी प्रधान मंत्री भै रहनुस् !

आश जगाउनुस् अनि पुर्पुरोमा लेखि ल्याएको अझैं ५/७ चोटी प्रधान मंत्री भै रहनुस् !

यस्तो नाराबाजी गर्ने तथा देउवाले भनेका ‘बकवासहरू’ कम शक्तिशाली होईनन्। अब देउवा, ओलीहरू बुजुर्ग भए। उनिहरूलाई लाग्दो हो-“बुजुर्गहरूले समाजलाई दिशा दिन्छ। काँग्रेस वा कम्युनिष्टको बलको मियों हुन् समाजका...