नेभिगेशन
झटारो

हजुर बरिस्ठ हस् त नमस्ते !

झटारो
घरको किताब र्याकमा रहेको नेपालि बृहद शब्दकोष लाई पल्टाउने क्रममा  आखाहरू शब्दकोशको पेज नम्बर ११३१ मा गएर टक्क अडियो।  हुनत यो शब्दकोषले सात समुन्द्र पार गरेको पनि आधा दशक भैसकेछ । आत्मियमित्र समिरले कोशेली स्वरुप पठाएको यो शब्दकोश उल्टाउने पल्टाउने अवसर भने निकै दुर्लभ रुपमा मिल्न थालेको पनि धेरै भैसक्यो । नेपालि भाषा ,साहित्य ,कला अनि सस्कृतिको प्रबर्धन र सम्बर्धनमा  स्थापना कालदेखि नै आफ्नो छुट्टै इतिहास सफल नेपाल प्रज्ञा प्रतिस्ठान द्वारा प्रकासित संसोधित र परिबर्धित उक्त सस्करणको  ११३१ पेजमा रहेको "बरिस्ठ "शब्दमा गएर टक्क रोकिएका मेरो दुई नयन र दिमागले यो शब्दको सदुपयोग र दुरुपयोग का बारेमा केही कोरौ भन्ने निर्क्यौल गर्यो ।
शब्दकोशमा उल्लेखित "बरिस्ठ" शब्दको अर्थले भन्छ - सबैभन्दा उम्दा ,सर्ब्वोत्तम ,श्रेष्ठतम ,अति ठुलो र उच्च कोटीको । अहिले अस्ट्रेलियाको नेपालि समाजमा नेपालि भाषाको कुनै शब्द धेरै प्रयोग  त्यो "बरिस्ठ" शब्द नै हो भनेर ठोकुवा गर्न सकिने अवस्था छ । नेपालि संघ सस्थाले आयोजना गरेका जुनसुकै  कार्यक्रममा तपाइँ पुग्नुस  बरिस्ठेहरुको ताती र भातिले कार्यक्रमको सौन्दर्यतामा चमक नभै फिका बन्दै गएका दृस्ताण्टहरु धेरैले देखेको हुनुपर्छ ।
तपाइँ जुनसुकै क्षेत्रमा क्रियासील भएको किन नहोस्  उद्घोषकले  होइन मंचमा गएर  माइक समातेर खोक्ने र बोल्नेहरूले समेत नामको पछाडी होइन अगाडी नै बरिस्ठको  पुच्छार झुन्द्याएर आफ्नो भाषण सुरु गर्छन ।  यतिसम्म कि  कुन सस्थाको कुन पदमा रहेको छ उसको त्यो पदमा के जिम्मेवारी हो र उसले आफ्नो पद अनुसारको दायित्व र कर्तब्य निर्बाह गरेको छ कि छैन भन्ने कुरालाई घाममा सुकाई दिन्छन र उसलाई बरिस्ठको  तक्मा भिराएर कनिस्थाको घेराबाट फुकाई दिन्छन ।
हो हामीले राइट पर्सनलाइ राइट पोजिसनमा भएको देख्न नपाउदा पनि यस्तो हुन गएको हो कि ? समाजमा उ भन्दा मा के कम ? उ भन्दा मा नै जान्ने बुझ्ने र राम्रो भन्ने भ्रम र घमण्ड बोकेकाहरुको हाउगुजी रहेसम्म यो "बरिस्ठ " शब्दले ठिक ठाउमा प्रयोग हुन पाउने अवस्था देखिदैन । कुन शब्द ले के अर्थ बोकेको छ भन्ने कुरालाइ बिर्सेर बरिस्थाका अगाडी आफु राम्रो देखिने लालचा राख्नेहरुले यो शब्दको बास्तबिक अर्थ बुझ्न सकेमा यो सात समुन्द्र पारी यो शब्दको उत्थान हुने थियो कि !
हुन त यहा पछिल्ला पुस्ताले नेपालि भाषा बिर्सने भए ,आफ्नै भाषा बिर्सिए  सस्कृति ,धर्म र रितिरिवाज नै मासिन सक्छ भनेर चिन्ता गर्ने चिन्तामणी र चिन्तादेबी हरुको संख्यामा कमि छैन ।  घरमा बच्चा संग अंग्रेजीमा बोल्ने अनि घर बाहिर निस्केपछि सानासाना बाबु नानीलाई नेपालि भाषा सिकाउन नेपालि पाठशाला खोल्नु पर्छ भनेर फ़त्फ़ताउदै हिड्ने नक्कली भाषासेबी हरुबाट झन् हाम्रो भाषा संकटमा पर्न गएको तितो यथार्थता हाम्रो सामु घाम जत्तिकै छर्लंग छ ।
को बरिस्ठ को कनिस्ट भन्ने भेउ  नसक्ने अनि आफुलाई ठुलो समाजसेवी ठान्नेहरुले पहिला यो शब्दको प्रयोग गर्नु अगाडी अर्थ बुझ्नु जरुरि छ । अर्थको भाव बुझ्नु पर्यो अनि शब्दको प्रयोग गर्नु पर्यो । कसैलाई नामको अगाडी बरिस्ठ शब्दमा सम्बोधन गर्दिएकै भरमा उसको साथ र सहयोग पाइन्छ भन्ने भ्रमलाइ हटाउन सक्नु पर्यो । अव त झन् एन आर एन ए को चुनाव नजिकिदै छ । यो सन्दर्भमा यो शब्दको दुरुपयोग उम्मेदवारबाट कति हुने हो ? यो शब्द माथि बलात्कार कति हुने हो ? त्यसको लेखाजोखा गर्ने फुर्सद कसलाई ? मुखले बोल्दैमा मेरो बाउको के जान्छ ?भन्ने धारणा राख्नेहरु यहा धेरै छन् । त्यसैले पछाडी बाट कैची चलाए पनि अगाडी पर्दाखेरि  हासेर मसाज सेन्टरका  तन्देरी हरुले  मसाज गरेभन्दा बढी चिप्लो पाराले बोल्ने हरुको यहा कुनै कमि छैन ।
हामीले जे छ ,जे देखिन्छ त्यसलाई त्यहि रुपमा प्रस्तुत गर्ने प्रयास गरौ ,यहा कसैलाई देउता मानेर पुजा गर्ने सस्कारको अन्त्य गरौ । सत्य सत्य नै हुन्छ ,तपाइले झुट एकछिन लुकाउन सक्नुहोला तर सधै सक्नुहुदैन । त्यसैले  यथार्थतामा बाच्न सिकौ र अरुलाई पनि त्यस तर्फा प्रेरित गरौ । तपाइले दिएको "बरिस्ठ "को लेपले कसैको मुहार एकछिन उज्याइएला तर त्यो लेप उडेपछिको कुरुप अनुहारलाइ  पछि यहि समाजले कुन रुपमा लिन्छ भन्ने तर्फ पनि ध्यान दिदा राम्रै होला । ठिक लाइ ठिक ,राम्रोलाई राम्रो र नराम्रोलाइ नराम्रो भन्ने हिम्मत गरौ ,कोहि कसैलाई एउटा शब्दकै आडमा धुरीमा उकाल्ने प्रयास नगरौ । जस्तालाई पनि "बरिस्ठ"शब्दको प्रयोग गरेर धेरै कनिस्टहरुको अपमान गर्ने काम समाज सेवी हरुबाट बन्द गरियोस्।  अहिले लाई यत्ति ।  हजुर बरिस्ठ हस्त नमस्ते !
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्