नेभिगेशन
LEADING_MAIN

मिन्टोमा निशुल्क स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

सिड्नी । साउथ वेस्ट नेप्लिज कम्युनिटीले मिन्टो स्थित रोन मोरी कम्युनिटी सेन्टरमा जुन १ तारिख शनिबार आयोजना गरेको निःशुल्क स्वास्थ्य सचेतना कार्यक्रमबाट त्यस भेगका नेपाली लाभान्वित भएका छन् । नेपाली मुलका विशेषज्ञ डाक्टरहरुले मुटु ,दाँत ,मानसिक लगाएतका विभिन्न रोगको लक्षण उपचार बिधि र प्रक्रियाका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा डा. कुमुद धितालले मुटुलाई स्वास्थ्य राख्नका लागि अपनाउनुपर्ने विधिका बारेमा सहभागीहरुलाई जानकारी दिएका थिए भने अर्का चिकित्सक डा बाबुराम बस्ताकोटीले मधुमेह रोग कसरी लाग्छ, यो रोग लागेको कसरी थाहा पाउन सकिन्छ र यसका उपचार विधि के हुन्छन भन्ने बारेमा सुझाव दिएका थिए । त्यसैगरी डा. प्रविन पाठकले पुरुषको पोस्टेट क्यान्सर लागेको कसरी थाहा पाउने र त्यसको उपचार पद्धतिबारे जानकारी दिएका थिए । डा. सीताराम जोशीले जेष्ठ नागरिकलाई स्वास्थ्यसम्बन्धी सुझाव दिएका थिए । त्यसैगरी डा. अञ्जु पाण्डेले महिला स्वास्थ्यका बारेमा र सिनियर नर्स कन्सल्टेन्ट प्रमिला सापकोटाले स्तन क्यान्सरबारेमा आ आफ्नो सुझाव दिएका थिए डा. महेन्द्र नेपाल मानसिक रोग , यसको लक्षण के हो र असरका बारेमा बोलेका थिए भने दाँत रोग विशेषज्ञ डा. रुपेश केसीले दाँतलाई स्वास्थ्य राख्न अपनाउनुपर्ने विधिबारे जानकारी दिएका थिए । साउन्थ वेस्ट नेप्लिज कम्युनिटी सिड्नीका अध्यक्ष तथा कार्यक्रम संयोजक डा. देवेन्द्र सापकोटाले आगामी दिनमा अरु कम्युनिटीलाई पनि समेट्दै यस्ता खालका सचेतना कार्यक्रम अस्ट्रेलियाको अन्य राज्यमा पनि सञ्चालन गर्दै जाने जानकारी दिए । कार्यक्रममा विभिन्न सामुदायिक संघसंस्थाका प्रतिनिधि, सांसद, मेयर, अभिभावकहरुको उत्साहजनक सहभागिता रहेको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप LEADING_MAIN
दलमा बिभक्त भएर हैन नेपाली भएर बस्नुस बिदेशमा : सांसद पाण्डे

दलमा बिभक्त भएर हैन नेपाली भएर बस्नुस बिदेशमा : सांसद पाण्डे

बाग्मती प्रदेशका निर्वतमान मुख्यमन्त्री तथा सांसद राजेन्द्र पाण्डेले नेपाली नागरिक भएर भिषा लिनुपर्ने बिषय हास्यासपद रहेको बताउदै सहमती बिना ल्याइएको यो अध्यादेश गलत ढंगवाट आएको बताएका छन ।