नेभिगेशन
कला/शैली

रुपन्देही सामाजिक संजालको तीज कार्यक्रम शनिवार

सिड्नी । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा रुपन्देही सामाजिक संजालले आउदो अगस्त ३१ तारिख शनिवार साँझ तीज कार्यक्रम गर्ने भएको छ । सस्थाका अध्यक्ष कृष्ण गैरेले तीज कार्यक्रमका लागि सम्पुर्ण तयारी पुरा भएको नेपाल न्यूज अस्ट्रेलियालाइ बताए । उनका अनुसार कार्यक्रम रक्डेल स्थित इन्द्रेणी फंसन सेन्टरमा हुने छ । आफ्नो स्थापना काल देखि विभिन्न सामाजिक कार्यलाइ निरन्तरता दिदै आएको यो सस्था ले प्रवासमा नेपालि सामाजिक एबम् सास्कृतिक गतिविधिलाई निरन्तरता दिने उद्देश्यले यो कार्यक्रम गर्न लागिएको हो । तीज कार्यक्रममा यहाका नेपालि कलाकार तथा नेपालबाट आउने कलाकारहरुले आ आफ्नो प्रस्तुति दिने छन् । कार्यक्रमका लागि नेपालबाट कलाकारहरु सितल शर्मा र नबिन पौडेल सिड्नी आउने छन् । सस्थाका सास्कृतिक संयोंजक इश्वर पोखरेले नितान्त पारिवारिक बाताबरणमा हुने यो कार्यक्रमलाई सभ्य र भब्य रुपमा सफल बनाउन सिड्नीको नेपाली समुदायलाई सक्रिय उपस्थितिको लागी अनुरोध गरेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्