नेभिगेशन
नेपाल समाचार

एनआरएन अस्ट्रेलियाको डमोक्रयाटीक समुहको उमेदबार घोषणा

एनआरएन अस्ट्रेलियाको चुनाबी सरगर्मी तातेको बेला आगामी कार्यकालका लागि डेमोक्रयाटीक समुहले केशव कँडेल नेतृत्वको टिम सार्वजनिक गरेको छ । अस्ट्रेलियाभर छरिएर रहेका डमोक्रयाटहरुको राष्ट्रियस्तरको भेलाले मेलवर्नमा बहृत कार्यक्रम बिच आफ्ना उमेदबारहरुको नाम सार्वजनिक गरेको हो । करिब पाँंच सय प्रतिनिधीहरुको सहभागितामा सम्पन्न घोषणा सभामा महासचिबमा डाक्टर ज्ञानेन्द्र रेग्मी, सचिबमा परेस घिमिरे, कोषाध्यक्षमा सीपीए एकाउन्टेन्ट एकाउन्टेट अनिल पोखरेल र युवा संयोजकमा इर्शाैद अहमदलाई उमेदबार बनाइएको छ । एनआरएनका कार्यकारी सदस्यहरुमा सुर्य खनाल, अर्जुन गौतम,बसन्त बर्तोलाको नाम सार्वजनिक गरिएको थियो । यस्तै आइसीसी सदस्यहरुमा न्यु साउथवेल्सवाट चितवन समाजका अध्यक्ष छबी सापकोटा र अरुण कुमार ठाकुर , वेस्र्टन अस्ट्रेलियावाट एनआरएनएका उपाध्यक्ष दिपक शर्मा, क्यानबेरावाट इ राजु अधिकारी, साउथ अस्ट्रेलियावाट सूर्य आचार्य, क्वीन्सल्यान्डवाट एनआरएनएका उपाध्यक्ष सन्तोष कुँवर, भिक्टोरियावट इन्जिनियर नारायण काफ्लेलाई उमेदबार बनाइएको घोषणा गरिएको थियो । मेलबर्नको कोबर्ग्स्थित भिजिनी क्लबमा आयोजना गरिएको घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष पदका प्रत्यासी वर्तमान उपाध्यक्ष केशव कँडेलले एनआरएनलाई रुपान्तरण गर्ने एकमात्र आफ्नो एजेन्डा भएको बताए । उनले व्यवहारिक रुपमा, सैद्धान्तिक रुपमा र कानूनी रुपमा पनि एनआरएन अष्ट्रेलियालाई रुपान्तरण गर्न आवश्यक भएको धारणा बताए । उनले भने, “ मेरो मुख्य प्रतिबद्धता भनेको एनआरएनएमा ट्रान्सफर्मेसन । संस्थालाई सबैको अपनत्व हुने गरी साझा एनआरएन बनाउन परिवर्तनको खाचो रहेकोले आफ्नो भुमिका त्यसतर्फ रहने कडेंलले बताए । साझा एनआरएन सबल एनआरएनको नारासहित घोषणा गरिएको टिमका महासचिवमा डा. ज्ञानेन्द्र रेग्मीले बहृद समूदायलाई समेट्ने गरी अघि बढ्ने भन्दै चुनाव जितेर आएको अवस्थामा नेपाल अष्ट्रेलिया पोलिसी ईन्ष्टिच्युट बनाउने पनि बताए । कोषाध्यक्ष पदका उम्मेद्वार चार्टड एकाउन्टेट अनिल पोखरेलले हरेक तीन महिनामा संस्थाको आर्थिक विवरण सार्वजनिक गर्ने एजेन्डा प्रस्तुत गरे । कार्यक्रममा सबै उमेदबारहरुले एनआरएनएमा उमेदबारी दिदै गर्दा आफ्ना एजेन्डाहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा नेप्लीज अष्ट्रेलियन डेमोक्रेटिक फोरम एनएडीएफका वर्तमान अध्यक्ष विवेक थापाको संयोजकत्वमा बनेको बृहत डेमोक्रयाटीक समितिले यो टिम अघि ल्याएको जानकारी दिइएको थियो । केशव कँडेल नेतृत्वको चुनावी टिमको घोषणा सँंगै न्यु साउथवेल्सको संयोजकमा डिला खरेल, एसीटीको संयोजकमा चुडामणी सापकोटा , क्वीन्सल्यान्डको संयोजक उमेश खड्का ,भिक्टोरियावाट प्रेम कडेंल, साउथ अस्ट्रेलियावाट नविन पन्थको नाम घोषणा गरिएको थियो । यस्तै विभिन्न राज्यहरुमा समेत टिम बन्ने क्रम सुरु भइसकेको र आगामी जुन ८ तारिखभित्रै निर्वाचन कार्यतालिका अनुरुप उम्मेदवारी दिने तयारी भएको छ । कार्यक्रमको सभापतित्व जनसम्पर्क समिति अष्ट्रेलिया मेलबर्नका अध्यक्ष सुरेश पोखरेलले गरेका थिए । कार्यक्रममा एनआरएन अष्ट्रेलियाका अध्यक्ष टोनु घोताने, मेलवर्नका सामाजिक अभियन्ता दर्गा आचार्य, सोम गुरुङ, आईसीसी सदस्य दिनेश जोशी, पूर्वअध्यक्ष सुरेन्द्र सिग्देल, पुराना अधिकारकर्मी कृष्ण कडेल, सुरेशचन्द्र पोखरेल , पुर्व उपाध्यक्ष अभिमानसिंह बस्नेत , तनहुँं समाजका महासचिब सुर्य खनाल ,नयाका अध्यक्ष प्रकाश खरेल , पुर्व अध्यक्ष कोमल पाठक , युवा अभियन्ता लक्ष्मण सापकोटा , थानु शाक्य , शितल खाँंड , देबेन्द्र बस्नेत , बिनोद लामा , रामजी बस्नेत एनएडीएफका महासचिब माधब गैरे ,उपाध्यक्ष पुर्णनाथ घिमिरे , सुरेन्द्र सापकोटा लगायत विभिन्न राज्यका प्रतिनिधिहरुको उपस्थिति थियो । कार्यक्रम जनसम्पर्क समितीका महासचिब गणेश पौडेलले सन्चालन गरेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्