नेभिगेशन
खेलकुद

प्रधानमन्त्री कप क्रिकेटमा मुख्य प्रायोजक एक्सपर्ट पहिलो हुनेलाई बिस लाख र ट्रफी

राष्ट्रिय खेलकुद परिषद्(राखेप)को आयोजना र नेपालय इन्टरनेशनलको व्यवस्थापनमा हुने प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ। व्यवस्थापक नेपालय इन्टरनेशनल र मुख्य प्रायोजकका अस्ट्रेलियाको सीड्नीमा मुख्यालय रहेको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजबीच सम्झौता कार्यक्रममा प्रतियोगिताको खेल तालिका पनि सार्वजनिक गरिएको हो। यसअघि जेठ १ गतेबाट शुरु हुने भनिएको प्रतियोगिता अब आगामी जेठ १० गतेबाट त्रिवि क्रिकेट मैदान कीर्तिपुर र तल्लो मुलपानी क्रिकेट मैदानमा हुने भएको छ। प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोलीहरुको सहभागिता रहनेछ। सार्वजनिक खेल तालिका अनुसार समूह ए मा एपीएफ, प्रदेश ५, प्रदेश ३, सुदूरपश्चिम र गण्डकी प्रदेश छन् भने समूह बीमा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश २ र प्रदेश १ छन्। सार्वजनिक खेल तालिका अनुसार मुलपानी मैदानमा नेपाल पुलिस क्लब र प्रदेश १ बीचको खेलअघि उदघाटन समारोह आयोजना गरिनेछ। सोही समयमा प्रदेश २ र त्रिभुवन आर्मी क्लबकाबीच त्रिवि क्रिकेट मैदानमा पनि खेल हुने छ ।जेठ २० गतेसम्म समूहका खेलहरु हुनेछन् भने २२ र २३ गते सेमिफाइनल तथा २४ गते फाइनल खेल हुनेछन्। सेमिफाइनल र फाइनल खेलहरु त्रिवि मैदानमा हुनेछन्। समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। उपाधि विजेता टोलीले २० लाख प्राप्त गर्नेछ भने उपविजेता टोलीले १० लाख हात पार्नेछ। यसैगरी उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल र उत्कृष्ट ब्याट्सम्यान तथा बलरले समान ५०–५० हजार पुरस्कार पाउँने आयोजकले जनाएको छ। प्रतियोगिताका दौरान खेलाडी हानेको छक्कालाई मैदानबाहिर एक हातले क्याच समाप्ने दर्शकले ५० हजार पाउँने आयोजकले जनाएको छ । १ करोड ७५ लाख बजेट रहेको प्रतियोगिताको ८० लाख रुपैयाँ राखेप र त्यसबाहेकको रकम नेपालयले व्यवस्था गर्ने भएको छ । मुख्य प्रायोजक एक्सपर्ट एजुकेशन यसैबीच प्रतियोगिता व्यवस्थापक नेपालय इन्टरनेशनल र एक्सपर्टकाबीच मुख्य प्रायोजन सम्झौता भएको छ। प्रायोजन रकमबारे भने खुलाइएको छैन्। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का एक्सपर्टका सदभावना राजदुत पनि हुन । हामी नेपाली क्रिकेटको बिकासमा सदैव सहयोगी भुमिकामा देखिन तयार छौ,यसअघि पनि हामीले स्कुल र कलेजस्तरीय प्रतियोगितामा सहयोग गर्दै आएका छौ । त्यती मात्र होइन अस्ट्र्लियामा कप्तान पारस खड्का र दिपेन्द्र सिंह एैरीको उपस्थीतीमा विविध कार्यक्रम पनि आयोजना गरिसकेका छौ, एक्सपर्टका निर्देशक बद्री अर्यालले बताए । अर्यालले प्रधानमन्त्री कपमा एक्सपर्ट जोडिन पाउनु अर्को महत्वपुर्ण खुटकिलो भएको सुनाए । एक्सपर्टका काठमाडौं निर्देशक खेम संग्रौला र नेपालयका अध्यक्ष सुवास प्रधानले सम्झौता आदान प्रदान गरेका थिए। सम्झौतासँगै प्रतियोगिताको नाम एक्सपर्ट प्रधानमन्त्री कप भएको सार्वजनिक गरेका छन । सम्झौता कार्यक्रममा मन्तव्य राख्दै एक्सपर्टका काठमाडौं निर्देशक संग्रौलाले आफूहरुले विगत पाँचवर्ष देखि स्कुल, कलेज लेभलको क्रिकेट हुँदै सिनियरस्तरको क्रिकेटमा सहयोग पुर्याउँदै आएको र आगामी दिनमा पनि सहयोगले निरन्तरता पाउँने बताए। यस्तै एक्सपर्टका कन्ट्रि म्यानेजर शरद पाठकले क्रिकेटबाट सहयोग माग्न आउँदा कहिल्यै नाई नभनेको उल्लेख गर्दै आफूहरुको क्रिकेटसँगको निकटता आगामी दिनमा अझै लामो सहकार्यमा अघि बढ्ने बताए।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
साफ यू २० मा नेपालको विजयी सुरुवात

साफ यू २० मा नेपालको विजयी सुरुवात

साफ यू-२० च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलमा नेपालले श्रीलंकालाई पराजित गरेको छ।
काभा महिला भलिबल : इतिहास रच्नबाट चुक्यो नेपाल, भारत च्याम्पियन

काभा महिला भलिबल : इतिहास रच्नबाट चुक्यो नेपाल, भारत च्याम्पियन

काभा महिला भलिबल नेसन्स लिगको उपाधि भारतले जितेको छ । फाइनल खेलमा घरेलु टिम नेपाललाई ३-२ को सेटमा हराउँदै भारत च्याम्पियन बनेको हो ।
पेरिस ओलम्पिकको १२औं दिन अमेरिका २७ स्वर्णसहित पदक तालिकाको शीर्ष स्थानमा

पेरिस ओलम्पिकको १२औं दिन अमेरिका २७ स्वर्णसहित पदक तालिकाको शीर्ष स्थानमा

पेरिस ओलम्पिक २०२४ अन्तर्गत १२औंं दिनको समाप्तीमा अमेरिका २७ स्वर्ण पदक सहित शीर्ष स्थानमा कायम छ ।
टेनिस स्टार जोकोभिचले पेरिस ओलम्पिकमा जिते स्वर्ण

टेनिस स्टार जोकोभिचले पेरिस ओलम्पिकमा जिते स्वर्ण

टेनिस स्टार नोभाक जोकोभिचले पेरिस ओलम्पिकमा स्वर्ण जितेर करिरसको गोल्डेन स्लममा पनि पूर्णता दिएका छन् । ३७ वर्षे यी खेलाडीलेफाइनलमा स्पेनिस खेलाडी कार्लोल अल्काराजलाई हराएका हुन् ।