नेभिगेशन
कला/शैली

सिड्नीमा शुक्रबार "भ्वाइस अफ नेपाल" सांगीतिक धमका

राइट एण्ड एशोसिएट्स तथा बिएमडब्लु एजुकेशनको संयुक्त प्रस्तुतीमा नेपालको लोकप्रिय टेलिभिजन रियालीटी शो “द भ्वाइस अफ नेपाल”का प्रमुख कलाकारहरु शुक्रबार आयोजना हुने कार्यक्रमका लागि सिड्नी आइपुगेका छन । अस्ट्रेलिया भ्रमणका दौरान पहिलो प्रस्तुती सिड्नी शहरमा आउँंदो मे १७ तारिख शुक्रबार शार्क होटलमा आयोजना हुने बुधबार रकडेलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । कार्यक्रममा रियालीटी शोका विजेता,उपविजेता लगायत प्रमुख छ कलाकारहरु सी डी विजय अधिकारीका साथमा कुशल आचार्य, श्रिजय थपलिया, सप्तक दुतराज, सुरेखा क्षेत्रि तथा श्रेया राइको दमदार प्रस्तुति रहने आयोजक बिएमडब्लु इभेन्टले जनाएको छ । कार्यक्रमको संचालन चर्चित युवा तथा अनुभुवी कार्यक्रम संचालक सुशील नेपालले गर्ने छन । नेपालवाट आउने कलाकारहरुका साथै अस्ट्रेलियामा रहेका स्थानिय कलाकारहरुको पनि प्रस्तुती रहने छ । सिडनीमा रहेका कलाकारहरु नितीन थापा,मेघना ज्ञवालीलगायतले कार्यक्रममा आआफ्नो प्रस्तुती दिने भएका छन । पत्रकार सम्मेलनमा अतिथीका रुपमा बोल्दै राइट एन्ड एशोसियट्सका पीआर अधिकारीले शैक्षिक परामर्शको उद्योगले बिदेशमा नेपाली कला संस्कृती जोगाउन सहयोगी भुमिका निर्वाह गरेको सुनाए । यसले बिध्यार्थीहरुलाई बैदेशिक शिक्षा मात्र नभइ मुलुकको कला संस्कृती र भाषाको जर्गेना गर्ने काम पनि गरेको छ । भ्वाइस अफ नेपाल सांगितीक क्षेत्रको एउटा महत्वपुर्ण प्लेटफर्म भएकोले यसले नेपाली गित संगितको बिकासमा महत्वपुर्ण भुमिका खेलेको राइट एन्ड एशोसियट्सका निर्देशक बालचन्द्र भट्टराइले बताए । उनले नेपाली कला संस्कृती र पहिचान जोगाउने अभियानमा राइट एन्ड एशोसीयट्स सधै अग्रस्थानमा रहेको समेत बताए । प कार्यक्रममा बिशेष अतिथीका रुपमा काउन्सिल अफ इन्टरनेशनल स्टुडेन्ट्स अफ अस्ट्रेलियाका अध्यक्ष बिजय सापकोटाले गित संगित मानिशको जिवनको अभिन्न अंग भैसकेको र आधुनिक बिश्वमा यसको प्रभाव महत्वपुर्ण रहेको बताए । छिल्ला केहि नेपाली सांगितीक अभियानमा आफ्ना् सहभागिता भएको र यसले आफ्नो जिवनमा समेत थप उत्साह बढाएको विजयले सुनाए । कार्यक्रममा प्रायोजककातर्फवाट बिएमडब्लुका मणी सिलवालले भ्वाइसका कलाकारलाई सिड्नीमा स्वागत गर्न पाउनु खुसीको बिषय बनेको बताए । कार्यक्रम निर्माता शुसिल नेपालले भ्वाइसको सिड्नी आगमन महत्वपुर्ण रहेको र दर्शकको रोजाइ अनुरुप भरपुर मनोरन्जन प्रदान गर्ने कुरामा आफु बिश्वस्त रहेको बताए । शुसीलले दर्शकहरुलाई शुक्रबार शार्क होटल आएर कलाकारको हौसला बढाइदिन आग्रह समेत गरे । कार्यक्रम को तयारी पुरा भइसकेको र दर्शकले “द भ्वाइस अफ नेपाल” लाई रुचाइदिने बिश्वास लिएको अस्ट्रेलिया २०१९ टुर, सिड्नीका कार्यक्रम संयोजक दिवश पोखरेलले सुनाए कार्यक्रम आगामी शुक्रबार को दिन साझ सिड्नीको टाउन हल स्थित शार्क होटल मा हुने पोखरेलले बताए । सिड्नी का साथ साथै अष्ट्रेलियाकै अन्य शहर हरु तास्मनिया, क्यानबेरा, मेलबर्नमा कार्यक्रम आयोजना हुने जानकारी आयोजक बिएमडब्लु इभेन्ट्ले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्