नेभिगेशन
कला/शैली

मे १७ तारिख शुक्रबार सिड्नीमा “भ्वाइस अफ नेपाल”

राइट एण्ड एशोसिएट्स तथा बिएमडब्लु एजुकेशनको संयुक्त प्रस्तुतीमा नेपालको लोकप्रिय टेलिभिजन रियालीटी शो “द भ्वाइस अफ नेपाल” अस्ट्रेलिया सिड्नीमा यहि मे १७ तारिख शुक्रबार शार्क होटलमा आयोजना हुने भएको छ । कार्यक्रममा रियालीटी शोका प्रमुख छ कलाकारहरु सी डी विजय अधिकारीका साथमा कुशल आचार्य, श्रिजय थपलिया, सप्तक दुत्राज, सुरेखा क्षेत्रि तथा श्रीया राइको दमदार प्रस्तुति रहने छ । कार्यक्रमको संचालन चर्चित युवा तथा अनुभुवी कार्यक्रम संचालक सुशील नेपालले गर्ने छन । नेपालवाट आउने कलाकारहरुका साथै अस्ट्रेलियामा रहेका स्थानिय कलाकारहरुको पनि प्रस्तुती रहने छ । नेपालवाट आउने कलाकारकोहरुको प्रवेशाज्ञा तथा अन्य ब्यवस्थापन भैसकेको राइट एन्ड एशोसियट्सका निर्देशक बालचन्द्र भट्टराइले बताए । उनले नेपाली कला संस्कृती र पहिचान जोगाउने अभियानमा राइट एन्ड एशोसीयट्स सधै अग्रस्थानमा रहेको समेत बताए । कार्यक्रम को तयारी तिब्रता को साथ अगाडी बढेको जानकारी “द भ्वाइस अफ नेपाल” अस्ट्रेलिया २०१९ टुर, सिड्नीका कार्यक्रम संयोजक दिवश पोखरेलले सुनाए कार्यक्रम आगामी मे महिनाको १७ तारिख शुक्रबार को दिन साझ सिड्नीको टाउन हल स्थित शार्क होटल मा हुने पोखरेलले बताए । कार्यक्रमको टिकट मुल्य ३० अष्ट्रेलियन डलर तोकिएको छ। सिड्नी का साथ साथै अष्ट्रेलियाकै अन्य शहर हरु तास्मनिया, क्यानबेरा, मेलबर्नमा कार्यक्रम आयोजना हुने जानकारी आयोजक बिएमडब्लु इभेन्ट्सका पोखरेलले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्