नेभिगेशन
नेपाल समाचार

नवलपुर समाज अस्ट्रेलिया गठन

अस्ट्रेलियालाई कर्मभुूमि बनाएर बसेका नवलपुरवासी प्रवासी नेपालीहरुले सहयोग आदनप्रदान गर्ने तथा आफ्नो थातथलो, गाउँको विकासमा टेवा पुुर्याउने हेतुुले नवलपुर समाज अस्ट्रेलिया गठन गरेका छन् । यहि मे ५ तारिकका दिन नवलपुरबाट अस्ट्रेलिया आई विभिन्न पेशामा आबद्ध नेपालीहरु बीच एकता, भाइचारा तथा सुखदुख साटासाट गर्ने उद्धेश्यले खेमराज पंगेनीको अध्यक्षतामा नवलपुर समाज अस्ट्रेलिया गठन गरेका हुन् । नवगठित तदर्थ समितिको सचिवमा प्रज्वल भट्टराई, सहसचिवमा चिरन्जिबी तिवारी, कोषाध्यक्षमा बिष्णु सिग्देल, जनसम्पर्क प्रमुखमा कृष्ण तिवारी, सदस्यहरुमा अशोक नेपाली केसी, (एडिलेट), सन्तोष पराजुली( भिक्टोरिया), शालिक खरेल, बिजय कंडेल, शुसिला कंडेल तथा आशिष श्रेष्ठ रहेका छन् भने सल्लाहकारहरुमा डा.बाबुराम बास्ताकोटी र मेघराज श्रेष्ठ रहेका छन् । उक्त भेटघाट तथा बारविक्युू कार्यक्रममा एनएसडब्लु स्टेट कोर्डिनेटर नन्द गुरुङले नवलपुर समाजको नव गठित टिमलाई शभुकामना दिदै अस्ट्रेलियामा छरिएर रहका नेपालीहरुलाई एकआपसमा सहयोग आदनप्रदान गर्न यस संस्थाले उल्लेखनिय भूमिका खेल्ने बताए । समाजका अध्यक्ष खेमराज पंगेनीले हामी प्रवासमा फुटेर होइन जुटेर एक अर्काप्रति सहयोग गनुपर्ने कुरामा जोड दिए । पंगेनीले नवलपूुर समाजको यो तदर्थ समिति मात्र भएकाले पछि सबै राज्यमा रहेका नवलपुरबासीहरुलाई एकत्रित गरी सबै वर्ग, क्षेत्रलाई समेटेर सबैको साझा थलो बनाउने दृढता व्यक्त गरे । कार्यक्रममा नव गठित समाजका सल्लाहकार डा.बाबुराम बास्ताकोटी र सफल उद्यमी व्यवसायी मेघराज श्रेष्ठ, नेपाल पत्रकार महासंघ तदर्थ समितिका संयोजक हेमन्त काफ्ले, अस्ट्रेलियन नेप्लीज तराई एसोसियसनका अध्यक्ष अरुण कुमार ठाकुर, युुवा उद्यमी विष्णु प्रभात सापकोटा लगायतले नवगठित समाजलाई शुभकामना दिदै सामाजिक कार्यमा अग्रसर हुन अभिप्ररित गरेका थिए । सोही अवसरमा सत्तारुढ दल लिबरल पार्टीबाट संघीय चुनावमा वार्टन क्षेत्रबाट टिकट पाएका नेपाली मुलका अस्ट्रेलियन नवलपुरमा पूख्र्याली थलो भएका प्रमेज श्रेष्ठलाई स्वागत गरिएको थियो । साथै युवा उम्मेदवार श्रेष्ठले आफ्नो उम्मेदवारी पार्टी, व्यक्ति विशेष भन्दा पनि नेपाल र प्रवासी नेपालीहरु प्रतिनिधित्व गर्ने बताए । सबैलाई समुदायलाई अगामी चुनावमा आफूलाई सहयोग गर्न समेत अपिल गरेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्