नेभिगेशन
नेपाल समाचार

नेपाली मुुढा अस्ट्रेलियाली बजारमा

नेपालमा बनेका बाँसका मुढा अस्ट्रेलियाको बजारमा उपलब्ध हुने भएका छन्। नेपालका विभिन्न कारागारका कैदीहरूले हातले बनाएका मुढा अस्ट्रेलियाको बजारमा उपलब्ध हुने भएका छन् । शनिबार सिड्नीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा कथाका निर्देशक अरुण ढकालले पहिलो चरणमा २५ वटा मुढाहरू आयात गरी सिड्नीमा प्रवर्द्धन गरिएको बताए । उक्त म’ढाहरु अस्ट्रेलियास्थित कथा प्राइभेट लिमिटेडले आयात गरेको हो । नेपालमा उत्पादित सामानलाई अस्ट्रेलियाको बजारमा प्रवर्द्धन गर्नुका साथै नेपालमा रोजगारी सिर्जना गर्ने प्रयास स्वरूप कथाले मुढाको बजारीकरण सुरू गरिएको ढकालले बताए । ढकालले पहिलोपटक अस्ट्रेलियामा सामान आयात गर्दा प्रक्रिया झन्झटिलो भएकोले पनि सामान आइपुग्न चार पाँंच महिना लागेको बताए । नुवाकोटबाट यसपटक एक हजार मुढा सिड्नीमा उपलब्ध भएको निर्देशक ढकालले बताए । कार्यक्रममा बोल्दै अन्तर्रा्ष्ट्रिय झापाली समाजका अध्यक्ष दिनेश पोखरेलले नेपालमा बनेका समानले अस्ट्रेलियामा बजारीकरण हुनु राम्रो भएको भन्दै नेपालमा रोजगारी सिर्जना गर्न यसले मद्दत हुने विश्वास व्यक्त गरे । नेपालबाट वैधानिक प्रक्रियाबाट आयातित मुढाहरू अस्ट्रेलियाको क्वारेन्टाइनबाट समेत परीक्षण गरिएको छ । बाँस, पुराना टायर, प्लाष्टिकका डोरी लगायतका सामान प्रयोग गरी उत्पादिन मुढा गुणस्तरीय, टिकाउ र आकर्षक तथा वातावरणमैत्री छन्। नेपाली मुुढा अस्ट्रेलियाली बजारमा, मध्यम र साना गरेर विभिन्न ३ वटा साइजमा उपलब्ध मुढाहरू कथाको वेबसाइट तथा मिन्टोस्थित नमस्ते मिन्टो ग्रोसरीबाट हाल उपलब्ध हुनेछ । मुुल्य क्रमशः ३०, ४० र ५० अस्ट्रेलियन डलर राखिएको छ । भविष्यमा विभिन्न नेपाली व्यापार व्यवसाय, कार्यक्रम, रेष्टुरेन्ट तथा क्याफेसँग सहकार्य गरी नेपाली सामानलाई थप प्रवर्द्धन र विस्तार गर्ने योजना भएको कथाले जनाएको छ । अस्ट्रेलियासँंगको व्यापारघाटा बढ्दै गइरहेको सम्बन्धमा यस्ता नेपालका मौलिक वस्तुको आयातले केही राहत दिनसक्ने कथाका सहयात्री सन्तोष ओझाले बताए । हामीले निकट भविष्यमा अलैंचीजस्ता उत्पादनहरू पनि अस्ट्रेलिया ल्याउने सोचमा अगाडि बढेका छौं, ओझाले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्