नेभिगेशन
LEADING_MAIN

अस्ट्रेलियामा नेपाल चिनाउँदैं एभरेष्ट मःम

गरे के हुुदैन भन्ने उदाहरण दिएका छन् प्रवासी यी दुई युवाहरुले । काभ्रे पूख्र्याली घर भएका सन्तोष अधिकारी र बिराटनगरका प्रमोद रिमालले अस्ट्रेलियामा एभरेस्ट मःमः नाम दिएर सुरु गरेको मःमः व्यापार छोटो समयमा नै अस्ट्रेलियाका नेपालीका साथै बिदेशीमाझ लोकप्रिय बन्न पुुगेको छ । विभिन्न ४४ प्रकारका मःमः बिक्रि गर्दै आएको एभरेस्ट मःमः ले नेपाललाई नै बिदेशी माझ चिनाउन सफल भएको छ । एक बर्ष अघि सुरु गरेको उक्त ब्यापारले अहिले अस्ट्रेलियामा पहिलो पटक नेपाली स्ट्रीट फूड फ्रेन्चाईजहरु बिक्रि गर्ने भएकोे छ । सिड्नी भन्दा बाहिर पनि फ्रेन्चाईज लाने तयारीमा संचालक समुह रहेको छ । एभरेस्ट मःमः सिड्नीमा २ दर्जन बढी स्टोरमा पनि उपलब्ध छ । सानो लगानीबाट सुरु गरिएको उक्त मःमः हाउस अहिले फस्टाएको र यसले नेपाललाई नै बिदेशी भूमिमा चिनाउन सफल भएको छ । डबल स्नातकोत्तर गरेका प्रमोद साथै मार्केटिङमा एमबिए, समाजशास्त्रमा एमए, गरेका अधिकारीले करिब पाँच वर्ष नेपालको ह्वाइट हाउस कलेजमा अध्यापन समेत गरे । लामो समय बजार व्यवस्थापनमा अनुभब प्राप्त सन्तोषको अगुवाइमा एभरेस्ट मःमः ले निकै राम्रो बजार लिएको छ । एभरेस्ट मःमः अस्ट्रेलियामा अनलाइन अर्डर साथै रिटेल पनि बिक्रि हुदै आएको छ । एभरेस्ट मःमः को मुख्य ग्राहक नेपाली , भारतीय , चाइनिज साथै अस्ट्रेलिया र अन्य मुलुकका मानिसहरु रहने गरेको अधिकारी बताउँछन । एभरेस्ट मःमः ले नै जम्मा १ मिनेट माइक्रोवेवमा राख्दा तयार हुने मःमः पनि बजारमा ल्याएको छ । पारामाटामा पहिलो स्टोर खोलेको एभरेष्ट मःमले अब अबनमा समेत आफ्नो शाखा खोल्ने तयारीमा रहेको छ । मःम लाई विश्वभर चिनाउने लक्ष्य रहेको अधिकारीले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप LEADING_MAIN
दलमा बिभक्त भएर हैन नेपाली भएर बस्नुस बिदेशमा : सांसद पाण्डे

दलमा बिभक्त भएर हैन नेपाली भएर बस्नुस बिदेशमा : सांसद पाण्डे

बाग्मती प्रदेशका निर्वतमान मुख्यमन्त्री तथा सांसद राजेन्द्र पाण्डेले नेपाली नागरिक भएर भिषा लिनुपर्ने बिषय हास्यासपद रहेको बताउदै सहमती बिना ल्याइएको यो अध्यादेश गलत ढंगवाट आएको बताएका छन ।