नेभिगेशन
कला/शैली

गायिका टिएम केसीको “मलाई के मतलब” म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

अस्ट्रेलियालाई कर्मथलो बनाएकी गायिका टिएम केसी (शोभा) ले हालै नयाँ नेपाली म्युजिक भिडियो युट्युुवबाट सार्वजनिक गरेकी छिन् । “मलाई के मतलब” वोलको उक्त उक्त भिडियोमा टिएमलाई गायक हरि थापाले साथ दिएका छन् । मधुसुधन डाँगीको शब्द तथा हरि थापाको म्यूजिक रहेको उक्त भिडियोको निर्देशन तथा सम्पादन क्र्रान्ति केसीले गरेका छन् भने कोरियोग्राफीमा समीर थोकर छन् । प्रेम जालमा परेका युवायुवतीलाई लक्षित गरी रिलिज गरिएको गीतमा टिएम केसी र हरि थापाको धमकेदार स्वरले युवायुवती मन जित्ने विश्वास गरिएको छ । स्कूले जीवनदेखि वालगीत गाएर गायन क्षेत्रमा प्रवेश गरेकी गायिका टिएमको यो चौथोें म्यूजिक भिडियो हो । पुरा भिडियो हेर्नुस्
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्