नेभिगेशन
LEADING_MAIN

धादिंग अस्ट्रेलिया समाजको अध्यक्षमा सबिन थपलिया

धादिंग अस्ट्रेलिया समाजको हालै सम्पन्न  साधारण सभाले सबिन थपलियाको अध्यक्षतामा नया कार्य समिति चयन गरेको छ । समाजको उपाध्यक्षमा सुरेन्द्र नेपाल ,सचिबमा राधिका बानियाँ र कोशाध्यक्षमा बिस्व थपलियालाइ चयन गरेको छ ।  सस्थाको सांगठनिक विस्तारका लागि विभिन्न राज्यमा संयोजक को ब्यबस्था गरिएको सो सस्थाले जनाएको छ ।  जसअनुसार भिक्टोरिमा निरु त्रिपाठी, क्विन्सल्याण्डमा मुरारी रिजाल ,वेस्टर्न अस्ट्रेलियामा सुसन अधिकारी ,साउथ अस्ट्रेलियामा सुजन अधिकारी, र नर्दन टेरीटोरीमा प्रदिप उप्रेती लाइ जिम्मेवारी दिइएको छ । त्यसै गरि सस्थाको सदस्यहरुमा दिनेश कार्की, दिपा अधिकारी ,प्रभातकिरण नेपाल,दिपक खनाल,रामचन्द्र शर्मा ,कपिल सिम्खडा ,शरद दाहाल, सुमन परियार, अनुपजंग बानिया र इभा शर्मा रहेका छन् । सस्थाको सल्लाहकारहरुमा मुरारी लम्साल,जनक पाण्डे ,उदय लोहनी ,दयाराम सिम्खडा ,प्रतिक्षा पाण्डे ,हरि अधिकारि अर्जुन के सी,सन्तोस पाण्डे र दिपक धमला लाइ चयन गरिएको छ ।  निबर्तमान अध्यक्ष किरण अधिकारिलाइ संरक्षकको जिम्मेवारी दिइएको छ ।  राजमार्ग नमुना बाल उद्यानपार्क निर्माणका लागि सहयोग जुटाउने उद्देश्यले जनवरी ५ तारिख शनिबारका दिन साँझ रक्डेल स्थित इन्द्रेणी फंसन सेन्टरमा गरेको “शुभकामना साँझ “कार्यक्रम सम्पन्न गर्यो ।  उक्त कार्यक्रममा  नेपालकी प्रख्यात गायिका रेखा शाह , कलाकारहरु इश्वर पोखरेल ,रमण रेग्मी र लोकगायक दिवाकर रिमालले आ आफ्नो गीत संगीत प्रस्तुत गरे भने  दीपा अधिकारीले नृत्य प्रस्तुत गरेकी थिइन । कार्यक्रममा सिड्नीबासी धादिंगे तथा अन्य समुदायको बाक्लो सहभागिता रहेको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप LEADING_MAIN
दलमा बिभक्त भएर हैन नेपाली भएर बस्नुस बिदेशमा : सांसद पाण्डे

दलमा बिभक्त भएर हैन नेपाली भएर बस्नुस बिदेशमा : सांसद पाण्डे

बाग्मती प्रदेशका निर्वतमान मुख्यमन्त्री तथा सांसद राजेन्द्र पाण्डेले नेपाली नागरिक भएर भिषा लिनुपर्ने बिषय हास्यासपद रहेको बताउदै सहमती बिना ल्याइएको यो अध्यादेश गलत ढंगवाट आएको बताएका छन ।