नेभिगेशन
LEADING_MAIN

साउदर्न हाईल्याण्ड नेपाली कम्युनिटिले नि:शुल्क पिकनिक आयोजना गर्दै

सिड्नी । साउथ वेल्स राज्यको दक्षिण पहाडी बस्तीहरुमा बस्ने नेपालीहरु विभिन्न सामुदायिक गतिविधिहरु अन्तर्गत आगामी जनवरी १३,आईतबारको दिन स्थानिय नेपाली बालबालिकाहरुको स्कुल होलिडेलाई मध्यनजर गर्दै एक दिने नि:शुल्क पिकनिक कार्यक्रमको आयोजना गर्दैछ। “Kids Day Out 2019” नाम दिईयको उक्त कार्यक्रम हाईल्याण्ड आसपास वसोवास गर्ने सम्पुर्ण नेपाली बालबालिकाहरु,उनीहरुको अभिभावक तथा नेपाल बाट घुम्न आउनु भयका सम्पुर्ण आमा-बुवाहरुलाई लक्षित गरियको जानकारी कार्यक्रमको संचार संयोजक अर्जुन क्षेत्रीले जानकारी गराउनुभयो । Fitzroy Falls Reservoir,Nowra Road मा बिहान ११:०० बजेबाट सुरु गर्न लागियको कार्यक्रम साँझ ६:०० बजे समापन गरिने लक्ष्य लिईयको उक्त कार्यक्रमको सम्पुर्ण आन्तरिक तथा बाहय तैयारीहरु सकिसकेको दावी कार्यक्रम संयोजक तथा संस्थाका उपाध्यक्ष सन्तोष बडालले गर्नु भयको छ। समुदायमा विगतमा हुने बिविध गतिविधिहरुभन्दा छुट्टै तर विभिन्न रोचक प्रतियोगिता तथा क्रियाकलापहरुका साथ हुने यस्तो जमघटले बालबालिकाहरुको मनोबल,हौसला साथै अभिभावकहरुविच हुने आपसी भाइचारालाई अझ बलियो बनाउने जानकारी संस्थाका अध्यक्ष अरुण गौतमले जानकारी गराउनु भयो। समुदायिक हितलाई मध्यनजर गर्दै गरिने यस्तो साझा कृयाकलापहरुलाई बिगतमा जस्तै सभ्य र भव्य बनाउनको लागि निरन्तर समुदायकै साथ,सहयोग र सहभागिताको अपेक्षा आयोजकले गरेका छन्। कार्यक्रमको थप जानकारीको लागि सिधै 0498 060 169,0451051911,0423 891 845 तथा सम्पुर्ण कार्यसमितिको सदस्यहरुलाई सम्पर्क गर्न सकिने व्यवस्था छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप LEADING_MAIN
दलमा बिभक्त भएर हैन नेपाली भएर बस्नुस बिदेशमा : सांसद पाण्डे

दलमा बिभक्त भएर हैन नेपाली भएर बस्नुस बिदेशमा : सांसद पाण्डे

बाग्मती प्रदेशका निर्वतमान मुख्यमन्त्री तथा सांसद राजेन्द्र पाण्डेले नेपाली नागरिक भएर भिषा लिनुपर्ने बिषय हास्यासपद रहेको बताउदै सहमती बिना ल्याइएको यो अध्यादेश गलत ढंगवाट आएको बताएका छन ।