सिड्नी ,२३ डिसेम्बर । गुरुङ, तमुहरुको महान पर्ब तमु ल्होछार Year of the Deer फो ल्होको अवसर पारेर
तमू समाज सिड्नीले यहि जनवरी ५ तारिख शनिबार का दिन "नयाँ वर्ष तमु ल्हाेछार/ल्होसार " पर्व मनाउने भएको छ ।
'नयाँ वर्ष तमू ल्हाेछार, अरुलाई सम्मान हाम्राे पहिचान' भन्ने नाराका साथ् मनाइने उक्त पर्वमा सहभागिता जनाउन यहाका नेपालि समुदायलाई आयोजक सस्थाले हार्दिक अनुरोध गरेको छ । समाजमा विभिन्न समुदायबिच भाईचारा तथा सद्भाव कायम गरि आफ्नो संस्कृतिको सम्बर्धन र रक्षा गर्न यो स्लोगन तय गरेको सस्थाका अध्यक्ष टंक घोताने गुरुङले जानकारी दिए ।
सिड्नीमा जन्मेर हुर्कदै गरेका नेपालि मुलका बालबालिका हरुलाई हाम्रो कला सस्कृति को बारेमा जानकारी गराउने मूल उद्देश्य यस पटकको कार्यक्रमको रहेको बताइएको छ ।ल्हाेछारलाइ तमूहरुकाे नयाँ वर्षमात्र नभई सामाजिक सद्भाव कायम गर्ने महत्वपुर्ण अवसरको रुपमा पनि लिइदै आइएको छ । ल्हाेछारकाे विशेष कार्यक्रममा आयोजक सस्थाले गुरुङ जातिसंग जाेडिएका सांस्कृतिक, धार्मिक र परम्परागत नृत्य, गायन र पुजापाठ प्रस्तुत गर्ने छ । सिड्नीको हर्स्ट भिल स्थित मराना अडिटोरियम हलमा हुने उक्त कार्यक्रम साँझ ५.३० बजे सुरु हुनेछ ।
बाग्मती प्रदेशका निर्वतमान मुख्यमन्त्री तथा सांसद राजेन्द्र पाण्डेले नेपाली नागरिक भएर भिषा लिनुपर्ने बिषय हास्यासपद रहेको बताउदै सहमती बिना ल्याइएको यो अध्यादेश गलत ढंगवाट आएको बताएका छन ।शनिबार, माघ ५, २०८१