थारु सोसाइटी अष्ट्रेलियाले थारु समुदायको नयाँवर्ष "माघी"को अवसरमा माघ १ गते अर्थात् जनवरी १५ तारिख मंगलबार सिड्नी स्थित टेम्पे पार्कमा माघी पर्ब मनाउने भएको छ । सस्थाका अनुसार उक्त कार्यक्रममा थारु साँस्कृति झल्कने गीत संगीत र नृत्यबाट मनोरंजनात्मक प्रस्तुति गरिने छ । यसका अलावा थारु खानाका परिकारहरु पनि राखिनेछ । सिड्नीमा पहिलोपटक मनाईन लागिएको उक्त कार्यक्रमलाई सफल बनाउन नेपालि समुदायको सक्रिय सहभागिताका लागि सस्थाले हार्दिक अनुरोध समेत गरेको छ । सोसाइटीका पब्लिक अफिसर अरुण चौधरीक अनुसार कार्यक्रम बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म संचालन हुनेछ ।
कार्यक्रमको बारेमा थप जानकारीका लाग़ी थारु सोसाइटी अष्ट्रेलियाका अध्यक्ष दीपनारायण चौधरीलाई 0411688798 र पब्लिक अफिसर अरुण चौधरीलाई 0401435959 नम्बरमा सम्पर्क गर्न सकिने छ ।
बाग्मती प्रदेशका निर्वतमान मुख्यमन्त्री तथा सांसद राजेन्द्र पाण्डेले नेपाली नागरिक भएर भिषा लिनुपर्ने बिषय हास्यासपद रहेको बताउदै सहमती बिना ल्याइएको यो अध्यादेश गलत ढंगवाट आएको बताएका छन ।शनिबार, माघ ५, २०८१