नोभेम्बर २५, एन आर एन ए अस्ट्रेलिया एनएसडब्लु राज्य समितिको आयोजना तथा नेपालि राजदुताबास ,महाबाणिज्यदुत कार्यालय सिड्नी ,नेपाल पर्यटन बोर्ड र स्थानिय नेपाली संघ सस्थाहरुको सहकार्यमा नोभेम्बर २४ तारिख शनिबार सिड्नीको डार्लिंग हार्बरमा नेपाल फेस्टिभल सम्पन्न भएको छ । नेपालको पर्यटन प्रबर्धन तथा हाम्रो कला सस्कृति ,रिति रिवाज र परम्परा का बारेमा स्वदेशी एबम बिदेशीलाइ जानकारी दिने उद्देश्यले सन् २००६ देखि यो महोत्सब हुदै आएको छ । २०१८ सम्म आइपुग्दा महोत्सव अस्ट्रेलियाको ब्रिसबेन ,मेलबर्न ,पर्थ ,एडिलेड डार्बिन लगायतका शहरहरुमा बिस्तार भएको छ । गैर आवासिय नेपालीहरुले अस्ट्रेलियामा पहिलो पटक सुरु गरेको यस्तो खालका महोत्सब आज भोलि अरु देशमा पनि गरिन थालिएको छ । परेड ,औपचारिक कार्यक्रम र सांगेतिक कार्यक्रम का साथ सम्पन्न भएको महोत्सबको प्रमुख अतिथि अध्यागमन नागरिकता तथा बहुसास्कृतिक मन्त्री डेभिड कोलम्यान रहेका थिए । महोत्सबको उद्घाटन गर्दै मन्त्रि कोलम्यानले -बहुसास्कृतिक मुलुक अस्ट्रेलियाको आर्थिक तथा सामाजिक बिकासमा आप्रबासी नेपालीले पुर्याउदै आएको योगदान प्रसंसनिय रहेको बताए । अस्ट्रेलियाका लागि नेपालका राजदूत लक्की शेर्पाले बर्तमान अवस्थामा नेपाल राजनैतिक स्थिरता कायम गर्दै आर्थिक बिकासको बाटोतर्फ लम्केको उल्लेख गर्दै नेपालको आर्थिक बिकासमा पर्यटन क्षेत्रले ठुलो योगदान पुर्याएको बताइन । एनआरएनएका पूर्व अध्यक्ष शेष घलेले हामीले हाम्रो कला सस्कृति र परम्पराको संरक्षण गर्दै यहा जन्मेका र हुर्किएका नेपाली लाइ हाम्रो भासा एबम सस्कृति र पर्ब परम्परा को बारेमा जानकारी गराउन यस्ता खाले महोत्सवले ठुलो भूमिका खेल्दै आएको बताए । कार्यक्रममा एन आर एन ए अस्ट्रेलिया का अध्यक्ष टोनु घोताने ,उपाध्यक्ष एबम महोत्सब आयोजक समितिका संयोजक नन्द गुरुङ ,महोत्सबको टाइटल स्पोन्सर मल्टी डायानामिकका सीइओ मेघराज पौडेल ,एनएसडब्लु का प्रिमियरका प्रतिनिधि मार्क कुर्रे ,लेबर पार्टी कि नेत्री मिसेल रोल्याण्ड ,फेस्टिभलका ब्राण्ड एम्बेसडर एबम बिस्व साइकल यात्री पुस्कर शाह लगाएतका बक्ताहरुले महोत्सवका बिबिध पक्षका बारेमा आ आफ्नो बिचार राखेका थिए । " देश एक कथा अनेक "नाराका साथ सम्पन्न गरिएको नेपाल फेस्टिभल को प्रमुख आकर्षण नेपाल हाउस थियो । त्यसैगरि महोत्सबमा भाग लिन नेपालबाट आएका कलाकारहरुले पस्केका गीत संगीतबाट महोत्सबमा सहभागीहरुले भरपुर मनोरंजन लिएका थिए ।
बाग्मती प्रदेशका निर्वतमान मुख्यमन्त्री तथा सांसद राजेन्द्र पाण्डेले नेपाली नागरिक भएर भिषा लिनुपर्ने बिषय हास्यासपद रहेको बताउदै सहमती बिना ल्याइएको यो अध्यादेश गलत ढंगवाट आएको बताएका छन ।शनिबार, माघ ५, २०८१