नेभिगेशन
खेलकुद

माउरिजियो सारी: सिद्धान्त, मनोरञ्जन अनि चुरोटको धु“वा

-डिल्लीराज पाण्डेय
व्यवसायिक फुटबलको आकाशमा प्रतिभावान् फुटबल खेलाडीहरूको चर्चा, लोकप्रियता, क्षमता र रोमाञ्चकता जसरी आकाशिएको छ, व्यवसायिक फुटबल प्रशिक्षकहरूको चर्चा ठीक त्यसैगरी चुलिएको छ । आज कलम चेल्सीका प्रशिक्षक माउरिजियो सारीका सन्दर्भमा समष्टीमा चर्चा गर्दछ । चुरोटका अम्मली धेरै हुन्छन् संसारमा । तर इंगलिस क्लव चेल्सीका प्रशिक्षक माउरिजियो सारीजस्ता कमै होलान् । उनी चुरोटको धुँवा मात्र उडाउँदैनन्, उस्तै परे चपाएर समेत खाइदिन्छन् । सुन्दा अचम्म लाग्न सक्छ तर सारीको चुरोट मोह साँच्चै अनौठो छ । चुरोटविना उनको तस्वीर पाउनै मुश्किल छ । उनी चेन स्मोकर नै हुन् । इटालियन क्लब नापोलीमा रहँदा खेल भइरहेको वेला पनि चुरोट पिउने छुट थियो । मैदानको बाहिरी लाइनमा बसेर धुँवा उडाइरहेका भेटिन्थे । अहिले प्रिमियर लिगमा भने त्यो छुट छैन । आफ्नो प्रशिक्षणको १९ औं क्लब चेल्सीमा रहेका सारीलाई यस्तो अप्ठ्यारो यसअघि थिएन । नापोलीअघि अर्को इटालियन क्लव इपोलीमा रहँदा पनि उनी उसैगरी मनमौजी धुवाँ उडाइरहेका हुन्थे । पछि धेरै नै आलोचना हुन थालेपछि नापोलीले मैदानमैँ धुँवा उडाउन प्रतिबन्ध लगायो । तर सारीका लागि मैदान छेउमैँ चुरोट खाने एउटा विशेष स्थान नै छुट्याइयो । यस्तो स्थान चेन्जिङ रुममा पनि थियो । कतिसम्म भने टिम अवे खेलका लागि प्लेनमा जाँदा उनी भने एक्लै रेल चढेर जान्थे । त्यसको एउटै कारण थियो –बीचबीचमा चुरोट खान पाउने लोभ । उनले दिनमा पाँच बट्टासम्म चुरोट सिध्याउने गरेको उनको नजिकै रहेर काम गरेकाहरू सुनाउँछन् । “सारी चुरोटमा असाध्यै डुब्छन् । त्यो एकदमै अविष्मरणीय छ ।”– नापोलीका कप्दान मरेट ह्यामसिक भन्छन् । त्यस्तो चुरोट खाने मैले अरूकोही देखेको छैन तर त्यसरी चुरोटमा डुबेर पनि उनको सोंच खेलभन्दा बाहिर कहिल्यै गएन । सारी र चुरोटको सम्बन्धमा एउटा रोचक घटना छ– “इटालियन ¥यापर नास्टाले जस्ट लाइक माउरिजियो सारी” बोलको एउटा गीत नै बजाए जुन गाएर उनले सारीसँग भेट पक्का गरे । नास्टाले सारीसँगको भेटमा तस्वीर खिचाए र एउटा चुरोटको खिल्लीमा अटोग्राफ समेत लिए । उनी भन्छन्– “म्याराडोनालाई भेट्दा फुटबलमा अटोग्राफ लिएजस्तै हो, सारीसँग चुरोटमा लिनु ।” चेल्सीले सारीलाई क्लबमा ल्याउने कुरा चलेसँगै उनका लागि नापोलीमा जस्तै चुरोट खान मिल्ने ठाउँ बनाइदिने बहस पनि चलेको थियो जस्मा क्लब सकारात्मक रहेको खबरहरू बाहिरिएको थियो तर पछि कुरा उठ्यो बृटिश एटिच्युडको । सारीको सम्बन्धमा बेलायती मनोवृत्तिको कुरा चेल्सीका मालिक रोमन इब्राइमोभिच नै उठाएका थिए । सारीले बेलायती मनोवृत्तिलाई स्वीकानुपर्ने उनले सार्वजनिक रूपमा नै बताएका थिए । मैदानमा चुरोट खाने वानी छाड्न मात्र होइन, कोट लगाएर आउन पनि इब्राइमोभिचको सुझाव थियो । सामान्यतयाः मैदानमा टिसर्ट, ट्राउजरमा देखिने सारीले अहिलेसम्म कोट लगाइसकेका छैनन् र चुरोट पनि छाडेका छैनन् । प्रिमियर लिगमा मैदानछेउ चुरोट खान लागेको प्रतिबन्धलाई उनले आफ्न्र तरिकाले जवाफ दिए । चुरोट सल्काएर होइन, चपाएर खाइदिए । प्रिमियर लिगमा हडर्स्फिल्डसँगको खेलको दौरान निकोटिनको साह्रै तलतल लागेर होला सारीले चुरोटको फिल्टरपट्टिको भाग चुइंगम चपाएजस्तै चपाइरहेका थिए । चुरोट खाँदा पनि धेरै जसो फिल्टरसम्म नै खाने उनले त्यसको लत मेट्न फिल्टर चपाइरहेको फोटो भाइरल नै बनेको थियो । लिगको दोश्रो खेलमा चेल्सीले आर्सनलका विरुद्ध गोल गर्दा खुशी मनाइरहेका वेला सारीको हातमा चुरोटको बट्टा थियो । चेल्सीले पहिलो हाफमा २ गोल गरेपछि पहिलो हाफमा नै आर्सनलले २ गोल फर्काएको थियो । खेल निकै रोमाञ्चक भइरहँदा प्रशिक्षक सारीलाई केही समय निकोटिनको तलतलले अत्यायो । “पहिलो हाफको अन्तिम १५ मिनेट त निकै तनावपूर्ण थियो । बाँकी ७५ मिनेट मैले खेल निकै रमाइलो मानें तर त्यो १५ मिनेटमा मैले चुरोट खान पाएको भए निकै राम्रो हुने थियो ।” खेलपछि सारीले भनेका थिए । “म बेलुका मात्र चुरोट खाने प्रयासमा छु । त्यो नसके पनि खेलको वेला नखाने धेरै मिहिनेत गरिरहेको छु । कम्तिमा २ वर्ष नखान सक्छु भन्ने लागेको छ ।” उनले भनेका थिए । त्यसका लागि उनले आफ्नो बुबामार्फत् प्रेरणा पनि पाएका छन् । यदि कसैले सारीको चुरोट खान वानीमा नियन्त्रण गर्न सक्छ भने त्यो उनको बुबा नै हो । चेल्सीबाट बोलावट आएपछि जान सुझाव दिएका उनको बुबाले नै चुरोट कम गर्न पनि सल्लाह दिएका थिए । “जब चेल्सीबाट मलाई लैजान खोजेको खबर बुबाले थाहा पाउनुभयो, उहाँले जाने सल्लाह दिनुभयो साथै कम्तीमा चेल्सीमा २ वर्ष चुरोट नखाने सल्लाह पनि दिनुभयो ।” सारीले डेली मेललाई भनेका छन् । यो सबैले सारीको मोह फुटबलमा बढी छ भन्ने लाग्ला तर कुरा त्यस्तो होइन । सारी फुटबलमा सिद्धान्त र मनोरञ्जनलाई एकसाथ लैजान्छन् । उनी भन्छन्– “तपाईले फुटबललाई रमाइलोसाथ अगाडि बढाउनुभयो भने मिहिनेत कम गर्दा पनि राम्रो नतिजा देखिन्छ ।” सारी भलाद्मी छन्, धेरै बोल्दैनन् । पत्रकारका प्रत्येक प्रश्नमा “आई डन्ट नो”बाट शुरु गर्छन् र आश्चर्यजनक ढंगले जवाफ दिन्छन् । यहाँ हेक्का राख्न के जरुरी छ भने अंग्रेजी उनको पहिलो भाषा होइन । सारी बजारमा त्यति विश्वास गर्दैनन्, व्यवहारमा विश्वास गर्छन् । फुटबलदर्शन उनको सबैभन्दा महत्वपूर्ण पक्ष हो । यतिवेला धेरै सफल म्यानेजरहरू चेकबुक हुन् जो मैदानमा पैसाको परेडमा विश्वास गर्छन्, सारी त्यो होइनन् शायद – What a Manager !
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
साफ यू २० मा नेपालको विजयी सुरुवात

साफ यू २० मा नेपालको विजयी सुरुवात

साफ यू-२० च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलमा नेपालले श्रीलंकालाई पराजित गरेको छ।
काभा महिला भलिबल : इतिहास रच्नबाट चुक्यो नेपाल, भारत च्याम्पियन

काभा महिला भलिबल : इतिहास रच्नबाट चुक्यो नेपाल, भारत च्याम्पियन

काभा महिला भलिबल नेसन्स लिगको उपाधि भारतले जितेको छ । फाइनल खेलमा घरेलु टिम नेपाललाई ३-२ को सेटमा हराउँदै भारत च्याम्पियन बनेको हो ।
पेरिस ओलम्पिकको १२औं दिन अमेरिका २७ स्वर्णसहित पदक तालिकाको शीर्ष स्थानमा

पेरिस ओलम्पिकको १२औं दिन अमेरिका २७ स्वर्णसहित पदक तालिकाको शीर्ष स्थानमा

पेरिस ओलम्पिक २०२४ अन्तर्गत १२औंं दिनको समाप्तीमा अमेरिका २७ स्वर्ण पदक सहित शीर्ष स्थानमा कायम छ ।
टेनिस स्टार जोकोभिचले पेरिस ओलम्पिकमा जिते स्वर्ण

टेनिस स्टार जोकोभिचले पेरिस ओलम्पिकमा जिते स्वर्ण

टेनिस स्टार नोभाक जोकोभिचले पेरिस ओलम्पिकमा स्वर्ण जितेर करिरसको गोल्डेन स्लममा पनि पूर्णता दिएका छन् । ३७ वर्षे यी खेलाडीलेफाइनलमा स्पेनिस खेलाडी कार्लोल अल्काराजलाई हराएका हुन् ।