नेभिगेशन
सम्पादकीय

सामाजिक सद्भाव र जिएनसी कप

अस्ट्रेलियाको नेपाली समुदायमा गोर्खाज नेप्लिज कम्युनिटी (न्ल्ऋ)ले आफ्नो विशिष्ट पहिचान बनाएको छ । नेपालीहरुको पुरानो यही संस्थाको आयोजनामा यतिखेर सिड्नीमा फुटबल खेल भैरहेको छ । नोभेम्बेर ४ तारिखदेखि सुरु भएको यो फुटबल लिग प्रतोयोगिता हरेक आइतबार बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म संचालन भैरहेको छ । सिड्नीको अबर्नस्थित वेब्स एभिन्युको खेलमैदानमा यो प्रतियोगिता हुँदैछ । यसपटकको प्रतियोगितामा खेललाई प्रिमियर, माइनर र भेट्रान ३५ गरी तीन समूहमा बाँडिएको छ । यी समूहमा क्रमस बाह्र, नौ र छ टिमले भाग लिएरहेको छ । यो लिग प्रतियोगिता जिएनसीको २० औं सेरिज हो । प्रबासमा रहेर पनि खेलकुदको माध्यामबाट समाजलाई जोड्ने एउटा गतिलो कार्यका रुपमा यो प्रतियोगितालाई लिन सकिन्छ । बिगतका बर्षहरुको तुलनामा यो वर्ष प्रतियोगितामा भाग लिने प्रतिस्प्रधी टिमको संख्या बढेको छ । यो वृद्धि हाम्रो समाजको लागि खुसीको कुरो हो । यहाँको ब्यस्त दैनिकीको बाबजुद पनि खेलको लागि आफुलाई मैदानमा उतार्ने खेलाडीहरु बास्तबमै धन्यबादका पात्र हुन् । त्यति मात्र होइन खेलकुदको माध्यमबाट यहाँको नेपाली समाजलाई जोड्ने यो संस्थाको अभियानलाई होस्टेमा हैसे गर्ने ओली एण्ड एसोसिएटेडको योगदानलाई कसैले पनि बिर्सनु हँुदैन । बिगत लामो समयदेखि माइग्रेसन र शैक्षिक परामर्सको सेवा पु¥याउँदै आएको ओली एण्ड एसोसिएटेडले यहाँको नेपाली समुदायले अगाडि बढाएका सामाजिक कार्यमा पु¥याउँदै आएको साथ र सहयोग बास्तबमै प्रसंसनीय छ । अस्ट्रेलियामा नेपालीको आगमान बर्षेनी बढिरहेको र हाम्रो सामुदायिक गतिबिधि एबम सस्थाहरुको संख्या पनि त्यही अनुपातमा बढिरहेको यथार्थता हाम्रो सामु छ । सामाजिक सस्थाको संख्या बढेसँगै कार्यक्रमहरुको संख्या पनि बढ्दै जानुलाई अस्वभाविक मान्नु हुँदैन । मात्र, के कस्ता कार्यक्रम हुन् त्यसले हाम्रो समुदायलाई कति र कस्तो प्रभाब पार्छ भन्ने कुराले बढी महत्व राख्दछ । त्यतै हाम्रो समाजमा धेरै महत्व राख्ने कार्यक्रम गर्ने संस्थाहरु मध्येमा आफूलाई उभ्याउन सफल जिएनसीले आफ्नो उद्देश्य र लक्ष्य प्राप्तिका लागि खेल्दै आएको भूमिकालाई यहाँको हाम्रो पुरानो र नयाँ दुवै पुस्ताले कदापि भुल्न सक्दैन । सन् १९९५ मा स्थापना गरिएको यो संस्थाले यहाँसम्म आइपुग्दा विभिन्न आरोह अबरोह पार गरिसकेको छ । समयको गतिसंगै यसले अगाडी सारेका सामाजिक कार्यहरुलाई अझ व्यापक र प्रभाबकारी बनाउन हामी सबैले आआफ्नो ठाउँबाट सक्दो साथ र सहयोग जुटाउन सक्नु परेको छ । जसबाट लामो इतिहास बोकेको यो सस्थाको आगामी दिनहरुमा महत्व मात्रै होइन कि गरीमा पनि अझ बढ्न सकोस् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय