नेभिगेशन
अस्ट्रेलिया समाचार

सिड्नीको स्थापित ब्रान्ड बन्दै "मिर्ची" रेस्टुरेन्ट

मिहिनेत र परिश्रमले मानिसलाई सफलताको बटोमा नडोहराउने कुरै हुदैन । यस्तै परदेशी भुमिमा सफलताको कथा जोड्ने पात्र हुन चितवनको दिपराज सापकोटा र बिषयबस्तु हो यहाँंको मिर्ची रेस्टुरेन्ट । अस्ट्रेलियाको सीड्नी वरपर नेपाली तथा भारतीय समाजमा पनि लोकप्रिय बनेको एउटा नाम छ त्यो हो मिर्ची । हुन त झलक्क सुन्दा यो नाम कताकता हामीले सुनेको जानेको जस्तो लागिहाल्छ । अझ तराइ मधेशवासीहरुको लागि त यो अपरिहार्य भोजन नै हो । र्मीर्ची अथवा खुर्सानी या पीरोको द्योतक बन्ने कुरो नेपाली र भारतियले सहजै बुझीहाल्छन । तर यो नेपाली तथा भारतिय खानाको फ्युजनको रुपमा अगाडि बढाइएको एउटा भोजनगृहको नुमना पनि हो । सिड्नीमा भबिष्य खोज्न आएका दिपराजले यो क्षेत्रमा लामो समय अनुभव बटुले र पछि यसमा हात हाले । अहिले उनको अनुभवले परिपक्क मात्र हैन परिवर्तन पनि ल्याएको छ उनको जिवनमा । प्रारम्भमा यसै हस्पीट्यालीटी बिजनेशमा काम गरेका दिपराजको यतखिेर सिडनी वरपर सातवटा मिर्ची रेस्टुरेन्ट सन्चालनमा छन । उनले यसै हप्ता कोग्राहमा मिर्चीको नया शाखा खोले । यो सहित दिपराजको टाउन हल, हर्षभिल , कोग्राह लगायत सातवाट मिर्ची रेष्टुरेन्ट सन्चालनमा आएका छन । सपरिवार सिडनीमा रहेको दिपराज अझै पनि दिनको १०, १२ घन्टा खट्छन्, मिहिनेत र परिश्रमले नै उफल भइएको कुरा उनले भुलेका छैनन् । स्पष्ट बोली, साथीभाइका प्यारा दिपराज सिड्नीका सामाजिक कार्यक्रम पनि भ्याउन पछि पर्दैनन् । स्थापितको क्रममा भएकोले मन भएकोले पनि तन उपस्थित गराउन कठिन भैरहेको छ तर सहयोग र सद्भाव भने सबैखाले सामाजिक काममा अगाडि सरेरै गर्ने गर्छन् उनी । मिर्ची एएटा स्थापित ब्रान्ड बनेकोमा खुसी र गर्व लाग्छ, मेरो महिनेत र परिश्रमको फल पाएजस्तो लाग्छ, दिपराज सफलताको कथा यसरी सुनाउछन् । हुन पनि सिड्नीको बजारमा सस्तो र मिठो नेपाली परिकारका लागि मिर्ची लोकप्रिय पनि छ । केही भारतीय स्वाद र धेरै नेपाली खानाको मिश्रणले उनको यो नामलाई पनि असल कामका रुपमा चित्रण गरेको छ । परिवारजनको सहयोग नै सफलताको अर्को पाटो भन्न रुचाउने दिपराज श्रीमती अमृता र छोरा सुवास अनि छोरी अन्जली र भाई बीष्णु सापकाेटाको माया ममता र हौसला आफ्ना लागि नया काम गर्ने हौसलाका रुपमा रहेको बताउछन । उनको सातौ कोग्राह ब्रान्डको उद्घाटनका अवसरका आइसीसी सदस्य दिनेश जोशी, पुराना सन्चारकर्मी डिल्ली ढकाल, समाजिक अभियन्ताहरु पुर्णनाथ घिमिरे, सुदुर पश्चिम समाजका अध्यक्ष केशव जोशी, स्थानीय युवाहरु थानु शाक्य लगायतले सफलताको शुभकामना प्रदान गरेका थिए । जे होस् छोटो समयमा सिड्नीको रेस्टुरेन्ट व्यबशायमा एउटा नाम र ब्रान्ड स्थापित गर्न सफल दिपराज र मिर्चीलाई सफलताको शुभकामना
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अस्ट्रेलिया समाचार
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।