नेभिगेशन
नेपाल समाचार

नेपाल फेस्टिभलको तयारि पुरा भोली सिड्नी नेपालमय हुने

सिड्नी । नोभेम्बर २४ तारिख शनिबार सिड्नीको डार्लिंग हार्बरमा गरिने नेपाल फेस्टिभलको सम्पूर्ण तयारि पुरा भएको आयोजक सस्थाले जनाएको छ । फेस्टिभल समन्धी जानकारी दिने उद्देश्यले २२ तारिख बिहिबार साँझ सिड्नीको मेरिल्यान्ड्सस्थित रेस्ट फंसन सेन्टरमा आयोजित पत्रकार सम्मेलनमा एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष एबम महोत्सब तयारि समितिका संयोजक नन्द गुरुङले फेस्टिभलको सम्पूर्ण तयारि पुरा भएको जानकारी गराए । उनले यो महोत्सबलाइ भब्य र सभ्य बनाउन कुनै कसर बाकि नराखिने बताउदै यसका लागि यहाको नेपालि समुदायले पुर्याउदै आएको सहयोग र साथ प्रसंसनिय रहेको उल्लेख गरे । उनले बिगतको भन्दा यसपटकको फेस्टिभल तुलनात्मक रुपमा फरक हुने बताए । पत्रकार सम्मेलनमा सस्थापक अध्यक्ष मन के सीले सन् २००६ देखि हरेक दुइदुइ बर्षमा गरिदै आएको नेपाल महोत्सबले ब्यापकता पाउदै गएकोमा खुसि ब्यक्त गरे । उनले सुरुका महोत्सबमा प्रायोजक पाउनै कठिन रहेको स्मरण गर्दै अहिले महोत्सवलाई सफल बनाउन सहयोग गर्ने हरुको संख्या बढ्नु हाम्रो समुदायको लागि गर्वको बिषय रहेको उल्लेक गरे । एनएसडब्लुका लागि नेपालि महाबाणिज्यदुत दिपक खड्काले महोत्सवलाई भब्य र सभ्य रुपमा सफल बनाउन सबैको उत्तिकै भुमुका रहेको बताउदै विदेशीलाई नेपालको बारेमा जानकारी गराउन महोत्सब कोशेढुंगा हुने बिस्वास ब्यक्त गरे । पत्रकार सम्मेलनमा एनआरएनएएका संरक्षक भवानी ओलीले नेपाल र नेपालीको प्रतिष्ठाको बिषय बनिसकेको नेपाल फेस्टिभललाई सफल बनाउन समुदायका सबै वर्ग र तह एकजुट भएर लाग्न आग्रह गरे । फेस्टिभल टाइटल स्पोन्सर मल्टी डायनामिकका सीइओ मेघराज पौडेलले अस्ट्रेलियाको नेपालि समाजमा आफ्नो बिशिस्ट पहिचान बनाउन सफल नेपाल फेस्टिभलको यसपटकको मुख्य प्रायोजक बन्ने अवसरर जिम्मेवारी पाएकोमा खुसि ब्यक्त गरे । एन एस डब्लूका लागि नेपाल पर्यटन बोर्डका पर्यटनदूत बद्रि अर्यालले नेपालको पर्यटन प्रबर्धनमा महोत्सबले सहयोग पुर्याउने बताए । एनआरएनए अस्ट्रेलियाका सचिब देब गुरुङद्वारा संचालित उक्त कार्यक्रममा पूर्व अध्यक्ष ध्रुब सुबेदी ,पूर्व उपाध्यक्ष दिनेश पोखरेल ,नारि निकुञ्ज कि संयोजक प्रतिज्ञा अधिकारी ,एन आर एन ए ओसियाना का पूर्व संयोजक बिष्णु हमाल र महोत्सब सफल बनाउन गठित विभिन्न समितिका संयोजकहरु र नेपाल बाट आएका कलाकारहरुले महोत्सवका बिबिध पक्षका बारेमा आ आफ्नो धारणा राखेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्