नेभिगेशन
झटारो

व्यवसायमा मेवा, पेवा र सेवा

- माधव गैह्रे हिजोआज सिड्नीको नेपाली बजारमा माइग्रेसन र एजुकेसन कन्सल्ट्यान्सीका बारेमा अनेक थरिका राग र बिलाप सुन्न पाइन्छ । हुन त यस्ता रागहरु नेपालको प्लस टुको परीक्षा सकिने संघारमा बढी सुनिन पाइन्छ । एजुकेसन कन्सल्ट्यान्सीको क्षेत्रमा हात हाल्ने नेपालीहरूको संख्या बर्षेनी बढ्दै गएको छ । हाल नेपाली मूलका ब्यबसायीद्वारा अस्ट्रेलियामा संचालित कन्सल्ट्यान्सीको संख्या करिब चार दर्जन पुगेको छ भने अस्ट्रेलियाभरिको यो संख्या करिब पाँच हजारको हाराहारीमा छ । एक नेपालीले सुरु गरेको ब्यबसाय अर्को नेपालीले सुरु ग¥यो भने करके नजरले हेर्ने नेपालीको नानीदेखि लागेको वानी यो सात समुन्द्रपारि आउदा पनि छुट्न नसक्नुलाई गजप्पै मान्नुपर्छ । स्वस्थ प्रतिस्पर्धा हुन सक्यो भने आफ्ना सेवाग्राहीलाई गुणस्तरीय सेवा र सुविधा दिन सकिन्छ भन्ने सर्वमान्य सिद्धान्तलाई ख्याल नगर्ने कतिपय व्यवसायीहरू सेवाग्राहीको ब्ल्याक लिस्टमा दर्ज हुन पुगेका छन् । कुरा नचपाई भन्नुपर्दा नेपाली र नेपाली मूलका व्यवसायीद्वारा यहाँ संचालनमा रहेका प्रायः व्यवसायको मुख्य आम्दानीको स्रोत भनेको यहाँका नेपाली नै हुन् । चाहे त्यो कन्सल्टेन्सी होओस् या नेपाली रेस्टुरेन्ट या ट्राभल अथवा अरु कुनै व्यवसाय । यी व्यवसायबाट यहाँका नेपाली कुन रूपमा लाभान्वित भएका छन् भन्ने कुरोको चुरो एक दुईपटक सेवा लिने मौका पाएकाहरूले बुझेकै हुनुपर्दछ । खासगरी अस्ट्रेलियामा नेपालीहरुको संख्या बढ्दै गएको छ, यसमा पनि विद्यार्थीको संख्या उल्लेख्य छ । संख्या धेरै भएपछि समस्या र चुनौतीहरु पनि धेरै नै हुन्छ भन्ने कुरोको ख्याल नगर्नेहरूले विद्यार्थीका समस्यालाई अगाडि सारेर यहाँका दुतावासदेखि लिएर संघ सस्थाहरूलाई गाली गर्नु त्यति अचम्म नलाग्न सक्छ । तर बिद्यार्थीले भोग्नु परेको समस्या के र कसका कारणले निम्तियो त्यसको समाधान कसरी र कुन रूपले गर्न सकिन्छ भन्नेतर्फ खासै चासो राखेको देखिँदैन । समुन्द्रको छेउमा उभिएको ओपेरा हाउस, त्यसैको सामुन्नेमा रहेको हार्बर ब्रिज अनि समर सिजनको बोंडाई र मेन्लि बिचमा दुई पिस लगाएर सनबाथ लिएका तन्देरी, तन्देर्नीको फोटो हेरेर अध्ययनको लागि अस्ट्रेलिया आउने सपनाको गोरेटो कोर्नेहरुलाई कसैले पनि घोक्रेठ्याक लगाएर आफ्नो कन्सल्ट्यान्सीबाट स्टुडेन्ट भिसा हालेको छैन । बिद्यार्थी र उनीहरूको अभिभावकहरुको सहमति र सल्लाह गरेरै भिसा प्रोसेस अगाडि बढाइन्छ भन्ने यो स्तम्भकारको ठम्याइँ छ । यतिमात्रै होइन कहाँ, कुन कलेज, युनिभर्सिटीमा कुन, कुन बिषय पढ्ने भन्ने कुरोको छिनोफानो समेत गरिन्छ । आउने आफ्नो खुसी अनि यहाँ कोठा नपाउँदा र काम नपाउँदा कन्सल्टेन्सीलाई नै नानाथरिका गाली र आरोप लागाउने जुन संस्कारको विकास भएको छ त्यो कदापि राम्रो होइन । पहिला अस्ट्रेलिया खछिर्न पाए मात्रै संसारै जितिन्छ भन्ने मानसिकता राखेर अस्ट्रेलिया छिर्नेहरुको संख्या धेरै नै छ । त्यति मात्रै होइन यहाँ के पनि देखिन थालिएको छ भने भिसा झार्नको लागि महँगो कलेज र बिषय छान्ने अनि एक सेमेस्टर पढिसकेपछि सस्तो कलेजमा भर्ना हुने । समग्रमा यस्तो खालको प्रवृत्ति बढ्दै जाँदा एजुकेसन कन्सल्ट्यान्सी व्यवसाय र अध्ययनका लागि यहाँ आएका नेपाली बिद्यार्थी यहाँको सरकार र सरोकारवालामा नकारात्मक प्रभाव पर्ने हो कि भन्ने शंका उब्जिएको छ । कन्सल्टेन्सी व्यवसायी पनि आफ्नो व्यवसायलाई बिश्वसनीय बनाउँदै प्रभावकारी रूपमा गुणस्तरीय सेवा कसरी पु¥याउन सकिन्छ भन्नेतर्फ केन्द्रित हुनुपर्ने देखिएको छ । एजुकेसन कन्सल्टेन्सीले काउन्सिलिङ्ग गर्दा विशेषगरी काम, कमाइ अनि यहाँको कामसम्बन्धी कानुनी प्रावधान, यहाँको स्वास्थ्य विमाको प्राबधानका बारेमा सही सल्लाह दिनुपर्ने खाँचो देखिएको छ । समुन्द्रको बिचमा अवस्थित यो महादेशमा आउनेहरूलाई पौडीको बारेमा सामान्य जानकारी पनि कन्सल्टेन्सीले दिनुप¥यो आफूले कलेज युनिभर्सिटीबाट कमिसन लिने तर काम र कोठाको समेत जुगाड नगर्ने भन्ने मानसिकता बोकेकाहरुलाई टाउको काटेर चढाए पनि गुनासो गर्न छोड्ने वाला छैनन् । त्यसैले यहाँ जो जसले जे व्यवसाय गरेको छ त्यसलाई यहाँको नियम कानुनमा रहेर सेवाग्राहीलाई गुणस्तरीय सेवा र सुविधा दिएर आफ्नो व्यवसायलाई विस्तार गर्दै जानुनै बुद्धिमानी हुनेछ । पढ्न बिद्यार्थी आउ“छ काम खोज्दा पाउन गाह्रो हुन्छ, कोठा खोज्न झन् गाह्रो त्यसमाथि कमाएको पैसो बचाउनै गाह्रो । अलिअलि बचिहाल्यो भने पनि कहिलेकाहीं साथीभाइ मिलेर रंग रमाइलोसँग विकेन्ड मनाउनै प¥यो । अझ गर्लफ्रेन्ड र ब्वाईफ्रेन्ड छ भने त विकेन्डको महत्व र बिशेषताको वयान गरिसाध्ये हु“दैन । यस्तो परिस्थितिमा त्यो दुधेबालख जसले खाएको थालसम्म सारेको हु“दैन कसरी सजिलैस“ग आफ्नो कलेजको फिस तिर्ने बन्दोबस्त गर्न सक्छ ? कुरोको चुरो गम्भीर छ । नेपालीमा जति बुझ्यो त्यति कठिन भनेको यही त होला । कलेजको फि तिर्ने बेला भएपछि उनीहरुको दिमागमा हुटहुटि नबढेर अरु के बढ्छ ? जसको परिणाम उनीहरू पोकर तथा मध्यपानको लततिर लाग्ने गर्छन् । कोहीकोहीले त यो सुन्दर संसारलाई सदाका लागि त्याग्ने प्रयास गरेको कैयन् उदाहरण छन् । हामी एक्काइसांै शताब्दीमा छौ, सूचना र प्रविधिको आजको युगमा संसारका कुनै पनि कुनाको खबर अर्को कुनामा रहेका नागरिकले उत्तिखेर थाहा पाउँछन् । यो प्रविधिको सुविधाबाट नेपालका विद्यार्थीहरू पनि लाभान्भित हँुदै आएका छन् । आजभोलिका विद्यार्थीले सिड्नीको टाउनहलदेखि रक्डेल जान कुन ट्रेन कति प्लेटफर्ममा लाग्छ, बोंडाईदेखि सिड्नी सिटी कति टाढा पर्छ भन्ने कुरोको राम्रोसँग भेउ पाएर मात्र यहाँ आएको हुन्छ । त्यति मात्रै होइन अस्ट्रेलिया एउटा ठूलो महादेश हो यसलाई चारै तिरबाट समुन्द्रले घेरेको छ, ठाउँ ठाउँमा प्रसिद्ध बीचहरु छन् समुन्द्रको छाल ठूलो र डरलाग्दो हुन्छ लगायतका जानकारी इन्टरनेटबाट उनीहरुले नेपालमै पाइसकेका हुन्छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्