एनआरएनए अस्ट्रेलिया ले नेपाली दुताबास क्यान्बेरा, नेपाल पर्यटन बोर्ड र नेपाली ब्यबसायी एबम प्रबासी नेपाली समुदायसँगको हातेमालोमा हुने ब्राण्डेड मेगा ईभेन्ट नेपाल फेस्टिभलमा सहभागी हुन एनआरएनए कुईन्सल्याण्ड राज्य समितिले सबैसंग अनुरोध गरेको छ । नेपाली भेषभूसा ,रिती रिवाज ,घरेलु शिप र उत्पादनको प्रबर्दन गर्ने उद्देश्यले हुन लागेको यो महोत्सबमा स्थानीय र नेपालबाट आएका कलाकारहरुको बेजोड प्रस्तुति , लोकप्रिय लाखे नाच, झांक्री र कुमारीको प्रस्तुती हुने छ । त्यसैगरी लोकप्रिय कलाकारहरु राजेश पायल राई,सुगम पोखरेल, तृष्णा गुरुङ, बिश्व नेपाली, शिव हमालसँग आधुनिक, पप र लोक गितमा नाच्न र गाउन पनि अवसर जुर्ने भएको छ । महोत्सबमा नेपाल झल्काउने सरसामानले सजाएर प्रदर्शन गरिने नेपाल हाउस(नेपाली घर) ले पनि सबैलाई आकर्षण गर्ने बिस्वास गरिएको छ ।
ब्रिसबेन शहरको केन्द्र King George Square मा नोभेम्बर १७, शनिबारका दिन हुने नेपाल फेस्टिभलको अवसरमा सोही दिन बिहान १० बजे नेपाल फेस्टिभल परेड गरिने छ । तपाईं मात्र होइनआफु संग एकजना स्थानिय अष्ट्रेलियन साथीलाई पनि महोत्सबमा सहभागी गराउन स्थानिय नेपालि संघ सस्थाले आग्रह गरेका छन् ।
अस्ट्रेलियामा नेपालीको आगमन भएको करिब चार दशक भन्दा लामो प्रबासी नेपालीको ईतिहासलाई जिबन्त ढंगले निरन्तरता दिँदै हुन लागेको नेपाल फेस्टिभल, नेपाल परेड र साँगितिक रमझम नेपाली समाज र एन आर एनले गरेको सबैभन्दा प्रभाबकारी र ब्यबस्थित रुपले सम्पन्न गर्ने दायित्व हामि सबैको हो । जनसंख्याको अनुपातमा तेस्रो धेरै नेपाली बसोबास गर्ने राज्य भएर पनि QLD को राजधानी ब्रिसबेनले अघिलो पटक पनि एकै चोटी ३ ,३ वटा ठुला ईभेन्ट गरेर शहरको केन्द्रदेखी नजिकका सबर्ब र काउन्सिलमै ल्याएको नेपालमय चहलपहलका कारण नेपालबारे जान्न बुझ्न चाहने बहुसाँस्कृतिक समाजको ठुलो हिस्सालाई प्रभाबित र आकर्षित गर्न सफल भएको थियो । नेपाल महोत्सब कुनै एक ब्यक्ति समुह वा बर्गका नेपालीले मात्र सम्पन्न गर्ने नभई सबै प्रबासी नेपाली समाज, अग्रज विद्वान ,ब्यबसायी, कम्युनिटी लिडर,बिध्यार्थी र नेपाललाई माया गर्ने अष्ट्रेलियालीले भब्यतापुर्बक पार लगाउन गरेको मेहनतको प्रतिफल हुनेछ र यसलाई ब्यबस्थित र सभ्य नेपाली समाजको परिचायक बनाउन सकिनेमा पूर्ण बिश्वास छ । नेपाली कला र संस्कृतीको अभुतपूर्व मेलाले दोस्रो पुस्ताका नेपालीको मन र मतिष्कमा नेपाली सँस्कृती,परम्परा र परिबेसको झल्को दिलाउन सक्नु पर्दछ । यो पटक NRNA ले नेपाली ब्यबसायी, अष्ट्रेलियाली तथा नेपाली समाजसँग मिलेर नेपाल प्रबर्दनका निम्ती एकै समयमा नेपालबारे धेरैभन्दा धेरै जान्न बुझ्न र अनुभुती गर्न पाईने अबसरका रुपमा महोत्सवलाई लिइएको छ ।
उज्ज्वल भविष्यको लागि आएका हजारौँ नेपालीको घर बनिसकेको अष्ट्रेलियाले नेपालसँग साईनो गाँसेको ६ दशक भै सकेको छ । आफु जन्मेको वा आफ्ना पूर्खाको थलो नेपाल र नेपाली बारे बर्षका ८-१० वटा ठुला महोत्सब गरेर सँसारलाई जानकारी दिने मात्र कुरा होइन हामी यहाँको बहुसाँस्कृतिक समाजमा कसरी मिलेर बसेका छौं । हाम्रो पहिचान के हो? भन्ने बारेमा यस्ता महोत्सवबाट जानकारी दिन सकियो भने अझ प्रभाबकारी बन्न सक्दछ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०७५