नेभिगेशन
अस्ट्रेलिया समाचार

सिड्नीमा गजल मुशायरा सम्पन्न

सन् २०१४ देखि हरेक वर्ष मोती जयन्तीको अवसरमा सिड्नीमा आयोजना गरिंदै आएको सम्पूर्ण गजल कार्यक्रम “गजल मुशायरा” को पाँचौ श्रृंखला “गजल मुशायरा २०१८” यही २३ सेप्टेम्बर आइतबारका दिन गजल मुशायरा परिवारको आयोजनामा र बाबा एजुकेशन कन्सल्टेन्सीको टाइटल स्पोन्सरसिपमा सिड्नीको हर्सभिलस्थित सिभिक थिएटरमा सम्पन्न भयो । गजल कार्यक्रममा अष्ट्रेलियामा रहेका २५ जना गजलकारहरूले दुई÷दुई वटा गरी ५० वटा गजल वाचन गरेका थिए । साहित्यप्रेमी अनुरागीहरूबीच सम्पन्न गजल कार्यक्रममा केही गजलकारहरूले निकै उत्कृष्ट गजल प्रस्तुत गरेका थिए । ‘गजल मुशायरा परिवारका कार्यक्रम र नियमित गतिविधिलगायत सिड्नीमा हरेक वर्ष आयोजना हुने ‘गजल मुशायरा’को संयोजन हाल अष्ट्रेलियाको सिड्नीमा रहँदै आएका गजलकार जितेन्द्र मल्लले गर्दै आएका छन् । गजल मुशायरा २०१८ मा सहभागी हुने गजलकारहरूमा सिड्नीबाट गणेश गौतम, गणेश कँडेल, शिवजी भण्डारी, गोविन्द दवाडी, निष्प्रभ सजी, नैना निर्झरा, सजल नयन, दिपक निरौला, राज गुरुङ, सिर्जना थापा, सुशील शर्मा सापकोटा, बुद्धिसागर दवाडी, निमेष भण्डारी, प्रेम अधिकारी, जितेन्द्र मल्ल, आदर्श खत्री, ओमकार अधिकारी र विष्णु प्रसाद अधिकारी, न्यू साउथ वेल्सबाट निरज जोशी, अल्बेरी न्यू साउथ वेल्सबाट दुर्गा प्रसाद रिमाल, क्यानबेराबाट विनायक अधिकारी, ब्रिसबेनबाट केशव शर्मा र मन्दिरा सापकोटा, क्विन्सल्याण्डबाट सन्तोषी लामिछाने, र एडिलेडबाट प्रकाश धमलाले आआफना गजल वाचन गरेका थिए । कार्यक्रममा गजल वाचनको अतिरिक्त निखिला चापागाईं, मनिषा न्यौपाने र शमिका जिसिको गजल नृत्य एवम् निशान ढकाल रियाजको गजल गायन पनि समावेश गरिएको थियो । कार्यक्रमको अन्तमा गजलकार तथा सहयोगीहरूलाई एनआरएन ओसेनिया संयोजक धर्मराज अधिकारी, बाबा एजुकेशनका रविन्द्र कुमार शर्मा र नारी निकुन्ज न्यु साउथवेल्सकी संयोजक सन्ध्या शाहले प्रमाणपत्र प्रदान गरेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अस्ट्रेलिया समाचार
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।