नेभिगेशन
झटारो

नर्सिङ होम काण्ड: संयमता खोई?

सिड्नीको नोर्थसोर एरियामा रहेको एउटा नर्सिङ्ग होममा भएको घटना सेप्टेम्बर पहिलो साता अस्ट्रेलियामा रहेका केही नेपालीले आफ्नै उमेर घटाउने मसला बनाए  । अस्ट्रेलियन न्युज च्यानलमा आएको समाचारलाई आधार बनाएर फेसबुक र ट्वीटर लगाएतका सामाजिक संजालमा आफ्नो बिगत र बर्तमान परिवेशलाई बिर्सेर कोरिएका निकृष्ट शब्द र बाक्य पढ्दा लाग्दथ्यो कि यहाँ रहेका धेरै नेपाली अस्ट्रेलियाको अदालती काम कारबाहीमा समेत दक्षता देखाउन सक्ने भएछन् । यहाँको न्युज च्यानलले समेत यो देशको नागरिक भनेर समेत किटान नगरी समाचार आएको देख्दादेख्दै पनि हामी नेपालीले फोटो सहितको तीनपुस्ते विवरणसहित सामाजिक संजालका भित्ता र कुनोहरु रंग्याउन समेत बाँकी राखेनौं । आखिर विश्वमाझ वीर गोर्खालीको नामले चिनिएकै त हौ नि । उसको नाम दिंदा उसको परिवारको नाम दिंदा उसलाई र उसको परिवारलाई कस्तो मानसिक तनाव हुन्छ भन्नेतर्फ कसले बाल दिने ? दिन सक्ने भनेको धारे हात र कपटी हाँसो मात्रै त हो, जुन सामाजिक संजालमा छताछुल्ल पारियो । मान्छेले कुन परिवेसमा के ग¥यो, के भएको थियो भन्ने कुराको मिहिन अध्ययन नगरी हावामा गोली ठोक्दाको परिणाम के हुन्छ भन्नेतिर ज्यानको ध्यान गए कति राम्रो हुन्थ्यो । कसले गल्ती ग¥यो, दोषी को हो ? कस्तो सजाय दिनुपर्छ र पाउँछ भन्ने सवालको जवाफ लेखेका केही मनुष्यहरुको कानुनी बौद्धिकताप्रति कसैको दया जागेर आयो भने त्यसलाई अन्यथा मान्नु हुँदैन । घटनाका बारेमा पोस्ट्याइएका कुनै कुनै पोस्ट पढ्दा लाग्थ्यो कि प्रकासको मोर्गेज अनि चुलोचौकोको ब्यबस्थापन उनीहरुले नै गरिदिएका छन् । बस्ने अस्ट्रेलिया तर सोचाइ नेपालीकै राखेर सामाजिक संजालमा आफ्नो गिदीको उपजलाई बिस्कुनको रुपमा सुकाउनेहरु हो यो अस्ट्रेलिया हो, यहाँ कानुनको राज छ, यहा निर्मला पन्तका बाबुआमा आफ्नी छोरीलाई बलात्कार गरी निर्मम हत्या गर्ने हत्यारालाई कारबाही हुनुप¥यो भनेर न्यायका लागि रुँदै र कराउँदै राजधानी काठमाडौं जानुपर्ने जस्तो अवस्था छैन भन्ने कुरोको चुरो बुझ्न प¥यो । यहाँ न्यायका लागि राज्यसँंग भिख माग्नु पर्दैन, पीडित रज्यको पुग्ने होइन राज्य नै पीडित समक्ष पुग्दछ । विधि र विधानले चलेको यो देशमा कुनै पनि दोषी उम्कन पाउँदैन भन्ने थाहा पाउँदा पाउँदै पनि एक नेपालीले गरेको गल्तीका बिरोधमा अर्को नेपाली किन कुर्लिनु पर्छ ? मान्छे हो जान अन्जानमा गल्ती हुन्छ, तर त्यस्ता गल्ती पटकपटक दोहो¥याइयो भने त्यस्ता खालका व्यक्तिको नियतमा शंका सबैले गर्नु अनुचित हुँदैन । टिभी फुटेजमा देखाइए अनुसार प्रकाशबाट गल्ती र कमजोरी भएकोले नै उनलाई अदालत पेश गरिएको हुनुपर्छ । अनुसन्धानको प्रक्रिया अगाडि बढाएको अवस्थामा गल्ती गर्नेले कानुनी सजाय भोग्नै पर्छ तर हामी नेपाली सस्तो लोकप्रियताको लागि आफ्नै समाजको बद्नाम गर्न र असहज स्थिति सृजना हँुदा त्यसको परिणाम हाम्रो समाजले कसरी भोग्नुपर्ने हो भन्नेतर्फ संयमता देखाउनु नै बुद्धिमानी हुन्छ । कानुनी प्रक्रियामा गैसकेको यो विषयका बारेमा अदालतले दोषी सावित नगर्दासम्म ऊ निर्दोष हुन्छ भन्ने सामान्य सिद्धान्तको समेत खिल्ली उडाउँदै गरिएका टिका टिप्पणीहरु कति र कुन धरातलमा छन् र रहने छन् भन्ने कुरो अदालतको निर्यणले तय गर्ने नै छ । नक् नक् ,आइ एम हियर, हाउ आर यु डियर र ब्युटी, गुड मर्निङ्ग सम्बोधनबाट प्रारम्भ हुने एउटा ब्क्ष्ल् को दैनिकी डु यु वान्ट साओर अर वास ? प्रश्नको रेसिडेन्टबाट आउने उत्तरबाट काम सुरु गरेर गुड नाइट, ह्याब गुड स्लिप एंड स्वीट ड्रिममा पुगेर टुंगिन्छ । आर्थिक मन्दीले कहिलै खासै प्रभाव नपार्ने, पे रेट पनि राम्रो अनि एक दुई जना भन्ट्याङ्ग भुन्टुङ्ग भएकालाई त बुढाले कुन समयमा बुढीले कुन समयमा काम गर्न मिल्ने हो त्यो पनि मिल्ने भएकोले पनि यो क्षेत्रमा काम गर्ने नेपालीको संख्या धेरै नै छ । यो क्षेत्रमा काम गर्न कत्तिको चुनौतिपूर्ण र जिम्मेवारपूर्ण रहन्छ भन्ने यथार्थता नर्सिङ्ग होममा काम गर्नेहरुलाई भन्दा अरुलाई थाहा नहुन सक्छ । हरेक कुरा गर्नभन्दा काम गरेर देखाउन गाह्रो हुन्छ भन्ने कुरो सबैले बुझेकै हुन्छ । आफ्ना बाउआमालाई घरमा पाल्न नसकेर होइन समयको अभाव र स्याहारसुसार पु¥याउन नसकेर हो । आफ्ना बाबु आमालाई एज्ड केयरमा राख्नुपर्ने यहाँका नागरिकको यो बाध्यतालाई नबुझ्नेहरु यो क्षेत्रमा धेरै जम्न सक्दैनन् । अरेबियन मुलका ८१ बर्षिय डेभिड नबुल्सिलाई सेवा पु¥याउने क्रममा प्रकासद्वारा हातपात गरिएको भनेर सार्वजनिक गरिएको भिडियो क्लिप्सहरुको जुगाड डेभिडको परिवारले त्यति सजिलैसँग पक्कै गरेन । कानुनत नर्सिङ्ग होमको अनुमति बिना कुनै पनि कोठामा क्यामरा तथा भिडियो क्यामेरा जडान गर्न पाइदैन, त्यो भिडियोको लागि परिवारले नर्सिङ्ग होमको अनुमति लिएको छ कि छैन अहिले छानबिनकै क्रममा रहेको बताइएको छ । डेभिडको कोठामा झुण्ड्याइएको फोटो फ्रेममा कपडा झुन्ड्याउने क्लिपको आकारको त्यो क्यामेरा कहिलेदेखि राखिएको थियो भन्ने कुरो अझै खुल्न सकेको छैन । डेभिड परिवारले दुई÷तीन दिन बिराएर क्यामेराको ब्याट्री चेन्ज गर्ने र हरेक दिनको भिडियो घरमा लगेर संकलन गर्ने गरेको भन्ने जानकारीमा आएको छ । रेसिडेन्ट डेभिड डिमेन्सिया रोगी हुन् भन्ने कुरो आएको छ । यस्ता खालका रेसिडेन्टहरुलाई सेवा पु¥याउदा नर्सहरुले कति सास्ती र दुख खेप्नु पर्दछ त्यो त यो क्षेत्रमा काम गर्नेहरुलाई नै थाहा होला । यो लेखको आसय दोषीले छुटकारा पाउनु पर्छ भन्ने होइन, कोही कसैलाई यो भ्रम छ भने त्यो हटाउँदा नै कल्याण होला । हो प्रकाश अब त्यो घटनाको अनुसन्धानको दायरामा परेका छन्, अदालतले उनलाई दोषी ठह¥यायो भने उनी कारबाहीको भागिदार बन्नुपर्ने छ । जानाजान तथा अन्जानमा हुने यस्ता खालका घटनाले मान्छेको जिवनमा ठूलो शिक्षा दिएको हुन्छ । अहिले प्रकाशलाई चारैतिरबाट बल्ल खायौ, ठीक भयो, यसलाई कारबाही गर्नुपर्छ भन्ने खालका आशय दिने अभिव्यक्तिहरु नदिंदा नै अहिलेको अवस्थामा उनी र उनको परिवार हाम्रो समाजप्रति ऋणी हुनेछ । प्रकाशको सवालमा फेसबुकको भित्ता रंग्याउनेहरु त्यही नर्सिङ्ग होममा काम गर्ने नेपाली चेलीले रेसिडेण्टको कुटाइबाट पेटको बच्चा गुमाउनु परेको घटनाका बारेमा किन बेखबर बने ? खोज्दै र बुझ्दै जाने हो भने सार्बजनिक हुन नसकेका यस्ता धेरै कहानी भेट्टाउन सकिन्छ । तर भेट्टायौ भनेर बिषय बस्तुको गहिराइमा नपुगी गरिएका तर्कहरुले खासै महत्व राख्दैनन् । त्यसले मात्र समाजलाई भाड्न र एक आपसको भाइचाराको सम्बन्धलाई कमजोर बनाउन मात्रै भूमिका खेल्दछ । त्यसैले हामीले एक नेपालीलाई परेको समस्या समाधानमा ऐक्यबद्धता जनाउन सक्नुपरेको छ । प्रवाशमा हाम्रो समुदाय जति बलियो हुँदै जान्छ त्यति नै यहाँको हरेक क्षेत्रमा हाम्रो पहुँच पनि बढ्दै जान्छ । प्रकाशको बारेमा नेपालीहरुद्वारा पोस्टयाइएका स्टाटसबाट उनी र उनको परिवारलाई कस्तो मानसिक असर प¥यो होला ? कसैले कल्पना गर्न सक्छ ? त्यो असरको क्षतिपूर्ति कसैले भर्ना सक्छ ? यस्ता अनेकौं प्रश्नहरु उठाएको यस्ता घटना कहिँकतै नघटून् । आज फेसबुकमा के स्टाटस राख्ने भनेर आखाको चिप्रा पुछ्दै गम्नेहरुले सामाजिक संजालमा लेख्दा सम्बन्धित पक्षलाई कस्तो असर पर्छ भनेर ख्याल गर्दा कसैको कुभलो हुन्थिएन होला ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्