नेभिगेशन
मोडल

सुजाता उपाध्याय मानन्धर

सुजाता उपाध्याय मानन्धर सिड्नीको नेपाली समुदायमा चिरपरिचित नाम । सानै उमेरदेखि नेपालि गीत संगीतमा लाग्दै आएकी सुजाता अस्ट्रेलियाको ब्यस्त जीवनको बाबजुत पनि नेपाली गीत संगीतको प्रबद्र्धनमा लागिपरेकी छिन् । काठमाडौंको नयाँबजारमा जन्मिएर लैनचौरस्थित कन्या हाइ स्कुलबाट एसएलसी गरेकी उनले बिद्यालय जीवनमै रेडियो नेपालको स्वर परिक्षा पास गरी संगीत क्षेत्रमा होमिएकी हुन् । आफ्नो स्कुले जीवन सम्झदै कुराकानीको क्रममा उनले भनिन् – “हामी त्यो बेला रेडियो नेपालबाट प्रसारण हुने बाल कार्यक्रममा भाग लिन प्रायः जान्थ्यौ, त्योबेला बासुदेब मुनालले बाल कार्यक्रम चलाउनुहुन्थ्यो । घरमा पनि सांगीतिक माहोल भएकोले उनलाई यो क्षेत्रमा लाग्न हौसला मिल्यो ।” नेपालि गीत संगीत क्षेत्रकी प्रख्यात भारती उपाध्यायकी छोरी सुजाताले हालसम्म करिब बीसवटा गीत रेकर्ड गराइसकेकी छिन् । कुनै जमानामा हरेक नेपालीको मुखमा गुनगुनाउने “मै छोरि सुन्दरी, कसले भर्ने पानि” गीत गाएर नेपालीको मन जित्न सफल भारती उपाध्यायले छोरी सुजातालाई पनि यो क्षेत्रमा पाइला सार्न हरहमेसा साथ्, सहयोग र हौसला प्रदान गरिरहिन् । त्यही पारिवारिक माहोल अनि हौसलाकै कारणले गर्दा सुजाताको लागि गीत संगीत आत्मसंतुष्टिको बिषय बन्न पुगेको छ । विशेष गरी आधुनिक र सुगम संगीत गर्न मन पराउने सुजाताले अस्ट्रेलिया आएपछि राजेस केसी र दिल तामाङ्गसँग मिलेर तीन तारा एल्बल बजारमा ल्याइन् । उक्त एल्बममा उनको तीनवटा गीत समाबेस गरिएको छ  । त्यसैगरी सन् २०१५ ताका आनन्द राईको संगीतमा उनको दोश्रो एल्बम “मौन इसारा” आयो । त्यसैगरी उनले यहाँ रहेका नेपाली कलाकारहरुसंँग मिलेर तयार पारिएको “उडान” एल्बममा आफ्नो गीत रेकर्ड गरेर बजारमा ल्याइन् । “उडान” को दोश्रो सस्करणको अन्तिम तयारीमा यहाँ रहेका क्रियाशिल कलाकारहरु जुटिरहेका छन् । संगीत क्षेत्रमा लाग्न चाहनेहरुले राम्रोसँग बुझेर मात्र आफ्नो गीतको रेकर्ड र म्युजिक भिडियो बनाउन सुझाब दिदै उनले अगाडि भनिन् – “संगीत प्रतिको तपाइको लगाव र प्रतिभालाई मर्न नदिन लगतशिलताका साथ लाग्नुपर्दछ ।”
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्