नेभिगेशन
व्यक्ति/व्यक्तित्व

कर्मभूमिमा रमाएका अशोक ओली

आजभन्दा करिब सत्र वर्ष आगाडिदेखि अस्ट्रेलियालाई कर्मथलो बनाउँदै आएका अशोक ओली नेपाली समुदायमा नौलो नाम भने होइनन् । उच्च शिक्षाको अभिलाषा अनि सुनौलो सपना बुन्दै अध्ययनको क्रममा अस्ट्रेलियामा पाइला टेकेका ओलीले सायदै सोचेका थिएनन कि अस्ट्रेलिया नै कर्मभूमि बन्ला भन्ने । तर जीवनमा लेखेको पाइन्छ देखेको पाइदैन भने झैं ओली अस्ट्रेलियामा नै रम्न र रमाउन थाले । समयले भ्याएसम्म नेपाली समुदायका कार्यक्रमहरुमा सामेल हुन रुचाउने ओली फुटबलका पारखी पनि हुन् । पदमा बसेर भन्दा पनि पद बाहिरैबाट संघ संस्थामा काम गर्न रुचाउने ओलीले विदेशमा आफुले आर्जन गरेका ज्ञान, सीप र अनुभवलाई साटासाट गर्न औधी मन पराउँछन् । ओली झण्डैं १२ वर्षदेखि ओली एण्ड एसोसियटस् शैक्षिक परामर्श केन्द्रमा व्यवस्थापिक जिम्मेवारी सम्हाल्दै आएका छन् । करिब ३७ वर्ष अगाडि झापाको धाइजान गाविसमा (हाल मेची नगरपालीका) मध्यम परिवारमा जन्मेका उनी बुवा डिल्लीराम तथा आमा निर्मलादेवीका तीन छोराहरु मध्ये जेठो छोरा थिए । ओलीको पारिवारिक पृष्ठभूमि मध्यम वर्गीय नै थियो । सामान्य खेतीपाती तथा स्थानिय गाउँमा सानोतिनो व्यापार व्यवसायसंगै बुवा स्थानिय विद्यालयका शिक्षक थिए । ओलीले अध्ययनको लागि घरपरिवारमा राम्रैं वातावरण पाए । प्रारम्भिक शिक्षा मोरङको ज्ञानोदय हाइस्कुलबाट सके भने एसएलसीसम्मको अध्ययन धुलावारीस्थित शारदा शिशु सदन इंग्ङलिसबाट । पढाईमा ओली मेधावी छात्रमा गनिन्थे कक्षामा कहिले प्रथम त कहिले दोस्रा । स्कुलले जीवनमा ओलीले अध्ययन बाहेक घरायसी कार्यमा खासै ध्यान दिनु परेन् । वाल्यकालमा डाक्टर बन्ने उनको ठूलो चाहना थियो । एलएलसीमा राम्रैं अंक हासिल गरेका ओली विज्ञान विषयतिर लोभिए अनि काठमाडौको अस्कल क्याम्पसमा भर्ना भए । अस्कलबाट आइएस्सी सकेका ओलीले क्याम्पसमा भनेजस्तो नम्बर ल्याउन भने सकेनन् । सरकारी बाहेक नीजि कलेजमा डाक्टर पढ्न उनको आर्थिक अवस्था बाधक बन्यो । अनि उनी बानेश्वर क्याम्पसमा बिबिएसमा भर्ना भए । अस्ट्रेलियाको यात्रा उनका आफन्त विदेशमा उच्च शिक्षाका लागि अस्ट्रेलिया आइसकेका थिए । ओलीले पनि विदेश जाने सोच बनाउन थाले । आजभोली जस्तो इन्टरनेटको जमना पनि थिए सूचनाका लागि । ओलीले आफ्नै ठूलीआमाको छोरा मधूर मिश्र मार्फत अस्ट्रेलियाका बारेमा जानकारी लिन पुगे । अस्ट्रेलियामा अध्ययन गर्न राम्रो भन्ने जवाफ पाएपछि ओलीले मिश्रकै सहयोगमा अस्ट्रेलिया आउने तयारी थाले । सन् २००१ मा उनी डिप्लोमा इन आइटी अध्ययनका लागि सिड्नी आइपुगे । नेपालमा रहँदा खासै काम नगरेका ओलीलाई शुरुमा दिनमा अस्ट्रेलिया चुनौतिपूर्ण नै रह्यो । तर उनले हरेश खाएनन् आफ्नो अध्ययनलाई निरन्तरता दिदै कामको खोजीमा लागे । २० वर्षे लक्का जवान ओली सपनाको शहरमा हराउन थाले । कामको लागि आजभोली जस्तो नेपालीहरुको नेटवकिङ अलि कमै थियो । ओलीले अध्ययन खर्च र खानबस्नको जोहो जुटाउन क्लिनिङ काम पाए । साँझको सरसफाई कामले जीवन गुजारा गर्न केही राहत भयो । पछि कोल्स सुपरमार्केटमा सेल्सम्यानको काम पाए । केही वर्ष त्यही काममा रमाए । कोल्समा सुपरभाइजरसम्म भए । उनले बिजनेसमा डिप्लोमा पनि सके । पछि सेन्ट्रल क्वीन्सल्याण्ड विश्वविद्यालयबाट एकाउन्टिङमा व्याचलर्स सके । आफ्नो विधामा थप ज्ञान हासिल गर्ने तर्फ ओली लागे । सन् २०१२ मा म्याक्वायरी विश्वविद्यालयबाट एकाउन्टिङ र फाइनान्समा माटर्स सके । ओली आइपिएको सदस्य समेत छन् । सन् २००६ देखि उनी ओली एण्ड एसोसियटस्मा आबद्ध छन् । क्वालीफाइड एजुकेसन एजेन्ट काउन्सिलर समेत रहेका ओली बिजनेस म्यानेजरको रुपमा कार्यरत छन् । अध्ययन पश्चात आफ्नै क्षेत्रमा काम गर्ने हेतुले उनले धेरै ठाउँमा जागिरको आवेदन दिए । सिड्नीमा नै ओली एण्ड एसोसियटस्का सिइओ भवानी ओलीसंग चिनजान भयो । आफ्नै क्षत्रेमा काम गर्ने इच्छा जनाएपछि भवानीले अन्तरवार्ताको लागि वोलाए । अन्नतः उनी छनौट पनि भए । सन् २००६ बाट उनको यात्रा ओली एण्ड एसोसियटस्मा निरन्तर सुरु भइरहेको छ । सन् २००२ बाट संचालनमा आएको संस्थामा काम गर्न पाउँदा उनी खुसी छन् । जतिवेला नेपालीहरु निकै नगण्य मात्रामा अस्ट्रेलिया आउनेक्रम थियो । निकै नाम कहलिएको र विश्वसनिय ओली एण्ड एसोसियट्सले त्यहि आफ्नो पुरानो साखलाई जोगाउदै ओली एण्ड एशोसियट्सले आफ्नो सेवाहरु सर्वसुलभ अनि सजिलो बनाउन विभिन्न ठाउँमा समेत शाखा विस्तार गरेको छ । काठमाडौं लगायत चितवन, पोखरा, बुटबल, विर्तामोड, इटहरी दमकमा समेत आफ्ना शाखा विस्तारका कामहरु गरिसकेको छ । त्यस्तै अस्ट्रेलियामा सिड्नी लगायत मेलवर्न, ब्रिसवेन, पर्थ र डार्विनबाट समेत शैक्षिक परामर्श सेवाहरु विस्तार भैसकेका छन् । लामो समयदेखि शैक्षिक परामर्श केन्द्रमा व्यवस्थापिक काम गरेका ओली नयाँ विद्यार्थीहरुलाई रिसर्च गरेर करियर भएको विषयमा अस्ट्रेलिया आउन सुझाव दिन्छन् । भन्छन्– अस्ट्रेलियामा अवसर र चुनौति दुबैं छ । अवसरलाई चिन्न सके यहाँ धेरै प्रवासी नेपालीहरुले प्रगति गरेका छन् । समाजसेवा र जीवन समयले भ्याएसम्म सामाजिकका कार्यमा सरिक हुन रुचाउँछन् उनी । तर कहिलेकाही घरपरिवारका कारण आफुले चाहेर पनि नेपाली समुदायका कार्यक्रमहरुमा जान भ्याउदैनन् । ओली झापाली समाज अस्ट्रेलियाका संस्थापक कोषाध्यक्ष हुन् । दुई कार्यकाल उनले कोषाध्याक्षको रुपमा संस्थामा बसेर आफुले आर्जन गरेको सीप, ज्ञान र अनुभवलाई साटासाट गरे । त्यसो त उनी एक कार्यकाल एनआरएन अस्ट्रेलियको सदस्य पनि भए । फुटबलका पारखी ओली नेप्लीज रिक्रियसन क्लबका सदस्य पनि हुन् । हाल झापाली समाज अस्ट्रेलियाका सल्लाहकार रहेका ओली पारा पार्क फुटबल क्लबसँग आवद्ध छन् साथै क्लबका पब्लिक रिलेसन अफिसर । पहिला ओली झण्डै चार वर्ष हिमालयन यूथ क्लबबाट फुटबल खेल्थ्ये । जीवन भनेको संघर्षको यात्रा बताउँछन् उनी । जीवनमा कर्म गर्दै अगाडि बढ्दा फल पाइने विश्वास राख्छन् । सकारात्मक सोचका साथ जीवनको लक्ष्यमा अगाडि बढेमा जस्तो सुकै कठिनाइको पनि सामना गर्न सकिने उनको अनुभवले सिकाएको छ । अस्ट्रेलियालाई कर्मभूमि बनाएपनि उनको मन भने नेपालतिर घुमिरहन्छ । आफ्नो व्यक्तिगत तवरबाटै पनि ओलीले स्थानिय समाजसेवी कार्यका लागि केही रकम सहयोग पु¥याएका छन् । भन्छन्– समाजसेवा गर्न भित्री मनबाट आउनुपर्छ । स्थानिय गाउँमा शिक्षा स्वास्थ्य लगायत मठमन्दिरकालागि धेरै गर्न नसकेपनि आफ्नो सनोतिनो सहयोग गर्न पाउँदा मन फुरुङ हुने ओली बताउँछन् । सन् २००८ मा झापा निवासी अमृता प्रसाईसँग मागी विवाह गरेका ओली परिवारमा दुई छोराहरु आदिश र आरवीन छन् । फुसर्तको समयमा पत्रपत्रिका पढ्दैं घरपरिवारसँग समय विताउन चाहँछन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्