नेभिगेशन
LEADING_MAIN

हरितालिका तीज: सात समुद्रपारि सारीमा नारी

हिजो मलाई छोराले सोध्यो “होइन यो तीजको कुनै निश्चित मिति हुँदैन ?” दशैं वा तिहारजस्तै । मैले भने – “हुँदैन ।” छोराले फेरि सोध्यो – “गइसक्यो कि आउँदैछ ?” म त अलमल । सेप्टेम्बर ४ तारिखका दिन सिड्नीनिवासी पूर्णनाथ घिमिरेले आफ्नो फेसबुक स्टाटसमा लेखेको यो स्टाटसले यहाँको नेपाली समुदायलाई तीजको रौनकले कति छोपेको रैछ भन्ने कुराको उजागर गर्दछ । तीज आउनुभन्दा एक डेढ महिना अगाडिदेखि नै नेपाली चेलीहरू आफन्त, साथीभाइ र संगीहरुसँग भेटघाट गर्ने र मिठो मसिनो खाने प्रक्रियामा सामेल हुने गर्दछन् । तयति मात्रै होइन गीत गाउने र नाँच्ने गरेर आफ्नो माइतीको तिर्सना मेटाउने गर्दछन् । प्रवासमा भएरै होला काम, पढाइ अनि परिवारलाई दिनुपर्ने समयलाई भरपुर उपयोग गर्दै उब्रेको समयलाई तीज पर्वको रमाइलोगसँग साट्नुपर्ने बाध्यताले नै तीजको रौनक एक डेढ महिना अघिदेखि नै देखिने गरेको छ । खासगरी सन् २०१० देखि नारी निकुञ्ज अस्ट्रेलियाले अस्ट्रेलियामा रहेका नेपाली चेलीहरूलाई तीजको तिर्सना मेटाउन तथा माइतीको अभावमा चेलीहरूलाई छमछम नचाउने र रमाइलो वातावरणमा दर खुवाउने परम्पराको सुरु गरेको हो । च्यारिटी कार्यक्रमको रुपमा सुरुमा ग्रानभिलमा रहेको एउटा सानो हल जस्मा ७०÷८० जनाको सहभागिताबाट प्रारम्भ भएको नारी निकुञ्ज अस्ट्रेलियाको यो च्यारिटीमूलक तीज कार्यक्रममा आजसम्म आइपुग्दा सिड्नीमा मात्रै करिब ५ सयभन्दा बढीको सहभागिता हुने गरेको छ । यो अभियान अस्ट्रेलियाको अन्य राज्यहरुमा समेत विस्तार हुँदै गएको छ । विशेष गरी नेपाली आमा, दिदीबहिनीहरूको उपचार गर्न, बेरोजगार तथा गरीव महिलाहरूलाई सिलाइबुनाइ, बाख्रापालन लगायतका स्वरोजगारका क्षेत्रमा सहयोग पु¥याउँदै आएको नारी निकुञ्जले आफ्नो यो सामाजिक कार्यलाई तीजको कार्यक्रममार्फत् बर्षेनी विस्तार गर्दै लगेको छ । समयको परिवर्तन सँगसँगै तीजको अवसर पारेर अस्ट्रेलियामा विभिन्न सामाजिक संघसंस्थाहरूले तीज कार्यक्रम गरेर नेपाली समुदायलाई भरपुर मनोरञ्जन दिलाएका छन् । प्रवासमा बसेर पनि हामीले हाम्रो भाषा, संस्कृति एवं पर्व र परम्परालाई निरन्तरता दिन सक्नु नै समाजका लागि ठूलो उपलब्धी हो । हामीले तीजलाई डेढ महिनाअघिदेखि मनायौं तर त्यसको धार्मिक महत्व र अन्य पक्षका बारेमा हाम्रा सन्ताहरुले (जो यहाँ जन्मेर हुर्कदैछन्) उनीहरुले थाहा पाए कि पाएनन् भनने कुराले विशेष महतव राख्दछ । त्यसैले हामीले हाम्रो भाषा धर्म, पर्व र परम्परालाई जीवन्त राख्नका लागि पर्व मनाउँदै गर्दा त्यसको बारेमा दोश्रो पुरुतालाई यसको महत्वका बारेमा बुझाउन सक्नु पर्दछ । अस्ट्रेलियाको सिड्नीमा रहेका आफ्ना छोरा बुहारी र नातिलाई भेट्न पाँच महिनाअगाडि यहाँ आएकी चितवन भरतपुर १३ की मायादेवी दवाडी परदेशमा आएर यो ब्यस्त समयको बाबजुद नेपालमा मनाइने पर्व र उत्सव यहाँको नेपाली समुदायले मनाएको देख्न पाउँदा आफूलाई सिड्नी होइन कि नेपालमै भएको जस्तो लागेको बताउछिन् । नेपाली नारीहरुको महान् पर्व हरितालिका तीजलाई यहाँका नेपाली दिदीबहिनीसँग मनाउन पाउँदा धेरै नै खुसी लागेको छ । अझ त्यसमा नेपालका प्रख्यात कलाकारहरूद्वारा प्रस्तुत गरिएका तीजका गीतहरूमा रातो सारीमा सजिएर नाच्न पाउँदा तीजको रौनक नेपालमा भन्दा विदेशमा पो बढी छ कि जस्तो लग्यो । भिन्नभिन्न राष्ट्रका फरकफरक अनुहार भएका नागरिकहरुको सामुन्ने हाम्रो आफ्नै नेपाली सभ्यता र चाडपर्वलाई पस्किएर नेपाली नेपाली बीचको हार्दिकता र भाइचारालाई अझ बलियो बनाउन हाम्रा पर्वहरुले ठूलो भूमिका खेल्दै आएको देख्छु । बबिता श्रेष्ठ नेपालमा रहँदा तीज पर्वका बारेमा खासै चासो नराख्ने बबिता अस्ट्रेलिया आएपछि भने तीजको रौनकले छुने गरेको बताउछिन् । उनी भन्छिन् – “तीजमा ब्रत त बस्ने गर्दिन तर साथी संगीहरूसँग भेटघाट एवम् खानपिन गरेर रमाइलो गर्दै आएकी छु । एनआरएनए अस्ट्रेलिया नारी निकुन्जकी पूर्व संयोजक समेत भैसकेकी बबिता तीज पर्वको अवसरमा यहाँको नेपाली समुदायमा हुने गरेका गतिविधिले यहाँको नेपाली समुदायलाई बलियो मात्रै होइन आपसी सद्भाव र भाइचाराको विकास गर्न ठूलो योगदान पुर्याउदै आएको छ । त्यति मात्रै होइन रीति, थिति र पर्व परम्पराका सम्पन्नशाली हामी नेपालीको कला र संस्कृतिको प्रबद्र्धन गर्न समेत ठूलो अवसर मिल्दै आएको छ । उनले भनिन् – वास्तावमंै तीजको वेलामा यहाँ नेपालीद्वारा संचालन गरिएका बिशेष गरी रेस्टुरेन्ट, फङ्सन हल, गरगहना र फेशन सेन्टरको व्यावसायलाई ठूलो राहत पुग्दै आएको छ । नेपालबाट कलाकार ल्याएर सिड्नीमा तीज कार्यक्रम गर्ने आफू नै पहिलो भएको बताउने वीरेन्द्रदीप मल्लले सन् २०१६ मा कलाकारहरु मन्जु पौडेल र पशुपति शर्मालाइ ल्याए । सिड्नीको हर्सभिलमा रहेको सिभिक थिएटरमा गरेको तीज कार्यक्रममा प्रबेस शुल्क निकै कम भएको र पहिलोपटक त्यो पनि प्रख्यात नेपाली कलाकारहरुले विदेशी मन्चमा तीज गीत गाउने भएपछि सिड्नीमा बसोबास गर्ने नेपालीको ओइरो नलाग्ने कुरै भएन । उनले बिगत सम्झदै भने – “हामीले नेपालबाट आउनुभएको अभिभावकहरुका लागि विशेष सहुलियत दरमा टिकटको ब्यबस्था गरेका थियौं त्यसैले पनि त्यो कार्यक्रममा बाआमाहरुको बाक्लो उपस्थिति थियो । त्यसपछि हामीले हरेक वर्ष तीज कार्यक्रम गर्दै आएका छौं ।” विदेशमा समयको व्यवस्थापनको समस्या हुने भएकोले तीज आउनुभन्दा करिब एक महिना अगाडि देखि नै तीज कार्यक्रम गर्नु परेको बताउने मल्ल तीजको हप्ता दिन अगाडि त आफन्त र साथीभाइ र आफन्तकोमा जमघट गरेर तीज मनाइ हालिन्छ नि । उनले अगाडी भने – “तीजको बेलामा राजेश हमाल र रामकृष्ण ढकाललाई ल्याएर त भयन नि, दर्शक श्रोताको माग र चाहना अनुसार आफूहरुले नेपालबाट कलाकार ल्याउने गरेका हौं । हाम्रो कार्यक्रम पूर्ण त मनोरन्जनात्मक दृष्टिकोणले गर्दै आएका छौ । आशा छ आगामी दिनमा पनि यहाको नेपाली दाजुभाइ र समुदायको सहयोग र साथ रहने नै छ ।” हरितालिका तीजको अवसरमा हिन्दू सोसाइटी अफ अस्ट्रेलियाले १२ सेप्टेम्बर सन् २०१८ का दिन हर्सभिलस्थित अलावा पार्कमा अस्ट्रेलियाकै इतिहासमा पहिलोपटक पशुपतिनाथ मन्दिरमा हुने शिव पूजाअर्चना एवं आरतीसहित धार्मिक विधि र प्रक्रिया पु¥याएर तीजको मैजारो गरियो । बिहान ६ बजे आराध्यदेव श्री पशुपतिनाथको रुद्राभिषेक, ८ः०० बजे श्री पशुपतिनाथ आरति ८ः३० देखि मध्यान्ह १२ः०५ बजेसम्म संकल्प सहित शिव पुजा अर्चना, १२ः०५ बजे मध्यान्ह आरती मध्यान्ह १२ः३० बजेदेखि साँझ ५ः३० बजेसम्म संकल्पसहित शिव पूजा अर्चना साँझ ६ः०० बजे प्रत्यक्ष श्री पशुपतिनाथ एवं गंगा आरती गरिएको थियो । उक्त धार्मिक अनुष्ठानमा सयौं नरनारीको सहभागिता रहेको थियो । कार्यक्रममा भजन कीर्तनको साथै तीजको गीत र नृत्यसमेत प्रस्तुत गरिएको थियो । यशोधा पोखरेल अस्ट्रेलियामा चारवटा तीज मनाइसकेकी यशोधा पोख्रेल यसपटकको तीज बिगतको भन्दा भिन्न रुपले मनाएको बताउँछिन् । “पहिलेपहिले त मिन्टो मन्दिर गइन्थ्यो तर यसपटक भने आफ्नो बस्तीनजिकै हर्सभिलस्थित अलावा पार्कमा भएको तीज कार्यक्रममा गएर तीज मनाइयो । यसपटक पेन्सर्स नेप्लिज सोसाइटीले आयोजना गरेको तीज पनि राम्रैसँग मनाइयो” – कुराकानीको क्रममा उनले भनिन् । अलावामा भएको तीज कार्यक्रमले पशुपतिनाथ मन्दिरमा गएर तीज मनाएको झझल्को दिएको बताउने पोखरेल आयोजकले ब्रतालु महिलाहरुको लागि त्यहाँ प्रतिस्थापन गरिएको शिवलिंगमा पञ्चामृत, दुध र बेलपत्र चढाउने तथा आरती बाल्ने ब्यबस्था गरेर तीजको धार्मिक महत्वलाई उजागर गरेको उल्लेख गरिन् । यसपालिको तीज मल्टी डाइनामिक मय अगस्त ४ बिहान ८ः३४ बजे सिड्नीका इथान शाक्यले तीजको कार्यक्रमका बारेमा आफ्नो फेसबुक स्टाटसमा लेखे – एक महिनामा १७ ओटा तीजको कार्यक्रम ९ ओटा फिल्म प्रदर्शनी, सक्ने हुन् हाम्रा नेपालीले पैसा तिरेर स्पोंसोर गर्न । यस पालिको तीजमा मल्टीडायनामिक रियल स्टेटले करीब एक दर्जन तीज कार्यक्रममा मुख्य प्रायोजक बन्यो । यो रियल स्टेटले तीजको दिन दिन मिन्टो ट्रेन स्टेसनदेखि मिन्टो मन्दिरसम्म सटल बसको व्यबस्थाको लागि सपोर्ट, साउदर्न हाइल्याण्ड नेपाली कम्युनिटीद्वारा सेप्टेम्बर १ तारिखमा सम्पन्न तीज धमाका कार्यक्रममा प्रमुख स्पोंसोर, अगस्त २६ तारिख गोर्खा समाज अस्ट्रेलियाले टेम्पे पार्कमा आयोजना गरेको गाइजात्रा तथा जनैपूर्णिमा कार्यक्रमको टाइटल स्पोंसोर ग¥यो जुन कार्यक्रममा बल्छी धुर्बे र राजु मास्टरले हाँस्य व्यंग्य प्रस्तुत गरेका थिए । अगस्त ११ मै तीज मेला मायालु इभेन्टको आयोजनामा हर्सभिलस्थित केम्ट फिल्ड पार्कमा अगस्त ११ तारिखमा भएको तीज मेलामा कोमल ओली, शान्ति श्री, तेजस रेग्मी खुमन अधिकारीको प्रस्तुती रहेको थियो । त्यसैगरी डाँफे हेयर एण्ड ब्युटीको आयोजनामा सेप्टेम्बर ८ तथा १८ अगस्तमा कँंडेल कन्सल्ट्यान्सीको आयोजनामा भएको तीज मेलाको प्रमुख प्रायोजक बनेको मल्टी डायानामिक रियल स्टेटले आफ्नो नेपाली समुदाय प्रतिको आफ्नो जिम्मेवारी पूरा गरेको छ । मल्टी डायानिमिकका प्रिन्सिपल मेघराज पौडेल हामीले नेपाली कला, संस्कृति, पर्व र परम्पराको प्रवद्र्र्धन गर्ने उद्देश्यले नेपाली समुदायका यस्ता कार्यक्रमलाई सहयोग गरेको बताउँछन् । उनी भन्छन् – “हाम्रो ब्यवसायको पनि प्रचारप्रसार होवोस र हामीले आफ्नो ब्यवसायिक सेवा अझ विस्तार गर्न सकांै भन्ने हेतुले सहयोहगका हातहरु फैलाएका हौ ।”
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्