नेभिगेशन
सम्पादकीय

पुष्कर शाहहरू विदेशिनु नपरोस्

विश्व साइकलयात्री पुष्कर शाहले नेपालको राष्ट्रिय झण्डा बोकेर विश्वमा नेपाल चिनाए । साइकल चढेर विश्वलाई नेपाल चिनाएका पुष्कर यतिबेला कहाँ के गर्दैछन् ? पर्यटन बोर्डले करौडौं खर्च गरेर गर्न नसकेको देशको प्रचार यिनले पटकपटक गरे अनि पहीचान बनाइरहे । साइकलमा नेपालको राष्ट्रिय झण्डा बोकेर विश्वमा शान्तिको शन्देश फैलाउँदै नेपाल चिनाए । साइकल चढेर विश्वलाई पाँच फन्को मार्ने यिनै पुस्कर शाह यतिखेर कहाँ के गर्दैछन् न मुलुकलाई थाहा छ न त राज्यसत्ताका साझेदारलाई । यिनले जे गरे देशका लागि गरे, दुई लाख एक्काईस हजार किलोमिटरको दुरी नेपालको झन्डा बोकेर साइकलमा छिचोले । नेपाल चिनाउने पुष्पर यतिबेला कहाँ के गर्दैछन् ? यो आम नेपालीको चासोको बिषय हो । उनी केही समययता गुमनाम जस्तै भएका छन् । गत हप्ता पुस्करले जीवन जगत्लाई तिखो रूपमा ब्यग्य गर्दै अस्ट्रेलियाको अल्बरीबाट यथार्थलाई मार्मिक रुपमा फेसबुक पेजमा आफ्नो पछिल्लो पीडा पोखे । चार हजार पन्ध्र दिनको साइकल यात्रा अनि दुई लाख एक्काइस हजार किलोमिटरको यात्रा एक सय पचास देश, संसारलाई पाच फन्को मार्दा पनि पीडा बदिलिएनन् र दोलखाको पुष्करको समस्या ज्यँु को त्युँ रहे । पुष्करले आफ्नो पीडा पोख्दै भने, साइकलको पाँग्रामाथि जीवन दाउमा राखेर राष्ट्रिय झन्डा बोकेको दुई दशक बित्यो तर राज्यले न कुनै स्थायित्वको टेवा दियो न बसोबासको सेवा नै । त्यसैले घर परिबार जिम्मेबारी सोंचेर अस्ट्रलियामा भाँडा हान्दैछु । उनले अस्ट्रेलियामा भाँडा माझेका होइनन् तर पीडामा जीवनको पछिल्लो कर्मका बारेमा उजागर गर्द उनले भने– “सगरमाथा चढें अनि रेकर्ड बनाएँ । २०४६ सालको जनआन्दोलनमा बहुदलबादको समर्थनमा आन्दोलनमा होमिंदै गर्दा घाइते पनि भएँ । म कुनै दलको परिनँ, मुलुकको नाम जोड्ने कामसम्म मात्र लागिरहें, कुनै पार्टीको सदस्य नहुँदा फलस्वरुप मेरो योगदानको कुर्नै कदरै भएन ।” देशको झन्डा बोक्नेले पार्टीको झन्डा बोक्दैन । यही कारण पनि हुनसक्छ, पुष्कर शाह रोजीरोटी खौज्दै बीदेस भौतारिनु परेको । देशको झन्डा बोकेर संसारलाई फन्को मार्ने यी देशका सपूत पुष्करहरु फेरि पनि परदेशमा परिबन्दमा नपरुन् भन्ने हाम्रो कामना ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय