नेभिगेशन
कला/शैली

निसान भट्टराई र मिलन अमात्य सिड्नीमा

सिड्नी। रुपन्देही सामाजिक संजालले यहि सेप्टेम्बर २२ तारिख शनिबार साझ गर्ने मल्टी डायानामिक सांगेतिक साँझमा आफ्नो सांगेतिक प्रस्तुति दिन नेपालका चर्चित युबा कलाकारहरु निसान भट्टराई र मिलन अमात्य सिड्नी आइपुगेका छन् । कलाकारहरुलाई सिड्नीको अन्तरास्ट्रिय बिमानस्थलमा आयोजक सस्थाका अध्यक्ष कृष्ण गैरे लगायतका पदाधिकारीहरुले स्वागत गरेका थिए । सिड्नी ओर्लिएपछि संचारकर्मीहरुसंग कुरा गर्दै कलाकारद्वयले सिड्नीबासि नेपालिहरुलाई संगीतको माध्यमबाट भरपुर मनोरंजन दिन आफुहरुले सक्दो प्रयास गर्ने बताए। उनीहरुले नितान्त सामाजिक कल्याणका लागि हुन लागेको यो सांगेतिक कार्यक्रममा उपस्थित हुन पनि सिड्नीमा रहेका नेपालीहरुलाई अनुरोध गरे। सिड्नीको रक्डेल स्थित इद्रेणी फंसन सेन्टरमा साझ ६ बजेदेखि सुरु हुने उक्त सांगेतिक साँझमा स्थानिय कलाकारहरु समिर आचार्य ,रमण रेग्मी र रीना अधिकारीले समेत आ आफ्नो सङ्गीत प्रस्तुत गर्नेछन् । पहिलो नेपाल आइडल प्रतियोगिताका फस्ट रनर अप उपाधी बिजेता निसान भट्टराई नेपाली युबा पुस्ताका अत्यन्त लोकप्रिय कलाकारको रुपमा स्थापित हुदैछन्। नेपालका विभिन्न भागमा रहेका अपाङ्ग बालबालिकाको सिक्षा र स्वास्थ्य सेवाको लागि सहयोग गर्ने उद्देश्यका साथ हुन लागेको यो सांगेतिक कार्यक्रमको टाइटल स्पोन्सर मल्टी डायनामिक रियल स्टेटले गर्दैछ। डिनर सहितको उक्त सांगेतिक कार्यक्रमको प्रबेस शुल्क भीआइपी ७५ र जनरल ४० डलर शुल्क तोकिएको छ। सस्थाका अनुसार सेप्टेम्बर २१ तारिख शुक्रबार साझ इन्गलाबन स्थित मल्टी डायनामिकको कार्यालयमा आयोजक सस्था ,टाइटल स्पोंन्सर, कलाकार र संचारकर्मीहरुबिच मिट एंड ग्रिट कार्यक्रम हुनेछ। त्यसैगरि सेप्टेम्बर ३० तारिख आइतबार साझ रक्डेल स्थित थर्ड आइ बारमा सांगेतिक कार्यक्रमलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्न सहयोग पुर्याउने हरुलाई धन्यबाद सहित सम्मान गरिने छ। सन् २०१५ मा स्थापना भएको यो सस्थाले आफ्नो स्थापना कालदेखि नै अस्ट्रेलियामा रहेका रुपन्देहिबासी हरुलाई एकत्रित गरि जिल्लाको सामाजिक ,स्वास्थ्य ,सिक्षा लगाएतका विभिन्न क्षेत्रमा कल्याणकारी काम गर्दै आएको छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्