नेभिगेशन
कला/शैली

सिड्नीमा राप्ती अन्तरास्ट्रिय म्युजिक अवार्ड सेप्टेम्बर ८ मा

सिड्नी । नेपाली, कला, भाषा, सस्कृतिलाई बिश्वोब्यापी करण गर्ने उदेश्यका साथ अस्ट्रेलियामा पहिलो पटक राप्ती अन्तरास्ट्रिय म्युजिक अवार्ड हुने भएको छ । बाबा एजुकेसन कन्सुल्टेन्सिको प्रायोजन मा हुन लागेको म्युजिक अवार्ड राप्ति समाज अस्ट्रेलिया ले आयोजना गर्न लागेको हो । कार्यक्रम यहि आउने सेप्टेम्बर ८ तारिखको दिन बेलुका ६ बजे देखि इन्द्रेणी फन्क्चन सेन्टर , रकडेल मा हुने भएको छ । यस अवार्ड कार्यक्रममा, यतिबेलाका चर्चित नायक पल शाह, लोकप्रिय गायिका राधिका हमाल, सिन्धु मल्ल, गायक कृष्ण रेउले र प्रकाश रेग्मीको सहभागिता हुनेछ । सम्पूर्ण नेपाली कलाकार लाई प्रोत्सहन र राप्ति अञ्चलमा जन्मेका कलाकारहरुलाई सम्मान सोरुप आयोजना हुन लागेको राप्ती अन्तरास्ट्रिय म्युजिक अवार्डको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी राप्ती समाज अष्ट्रेलियाका अध्यक्ष नरेश रेग्मीले बताएका छन । कार्यक्रमको शुल्क ३५ डलर रहेको र साथ साथै डिनरको पनि राम्रो ब्यबस्ता रहेको छ। नेपालबाट आँउनु हुने कलाकारहरुले आम दर्शकलाइ भरपुर मनोरंजन प्रदान गर्नु हुने राप्ति समाज अस्ट्रेलियाले जानकारी दिएको छ। सिड्निमा आयोजना हुने अधिकाङ्स साङ्गितिक-सांस्कृतिक कार्यक्रमहरुमा मुख्य प्रायोजन गर्ने “बाबा एजुकेसन कन्सल्ट्यान्सी” र "आर के एस अस्ट्रेलियाले यो कार्यक्रमलाई प्रायोजन गरेको छ । बाबा एजुकेसन कन्सुल्टेन्सिका सी ई ओ रबिन्द्र कुमार शर्माले यस्ता कार्यक्रमहरुलाई प्रोमोट गर्न पाउनु गर्वको बिसय रहेको बताउछन् । विदेशमा रहेर पनि नेपाली कला- सस्कृतिलाई लाई जगेर्ना गर्न आफुहरुको यो कदमले केहि टेवा पुग्ने बाबा एजुकेसन कन्सुल्टेन्सिका मार्केटिंग म्यानेजर अमृत शर्माले बताए । अस्ट्रेलियाको सिड्नीमा अवस्थित बाबा एजुकेसन कन्सुल्टेन्सिले सिड्नीमा आयोजना हुने विभिन्न कार्यक्रमहरुमा हातेमालो गर्दै आएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्