नेभिगेशन
अस्ट्रेलिया समाचार

साम्राज्ञीसहित सात सहरमा शैक्षिक मेला

एजुकेशन एन्ड माइग्रेशन कर्नरले नेपालका सात शहरहरुमा उच्च अध्यनमा अस्ट्रेलिया आउन चाहने नेपाली बिध्यार्थीको लागि निशुल्क शैक्षिक परामर्श मेलाको आयोजना गर्ने भएको छ । आइतबार सीडनीमा रहेको केन्द्रिय कार्यलयमा कुराकानी गर्दै यसै महिना अगष्ट १८ देखि ३ सेप्टेम्बरसम्म नेपालका बिभिन्न शहरहरुमा कर्नरले शैक्षिक मेला आयोजना गर्न लागेको यसका निर्देशक सुनिल उप्रेतीले बताए । यतिखेर अस्ट्रेलियामा नेपाली बिध्यार्थीको निकै बढि चाप रहेको छ । अस्ट्रेलियामा आएर मात्र हैन यहा के पढने ,कसरी बिध्यार्थी जिवनलाई अगाडि बढाउने , कस्ता कस्ता बिषय महत्वपुर्ण छन भन्ने बिषयमा ज्ञान नुहँंदा धेरै बिध्यार्थी मर्कामा परेका छन । हामी उनिहरुको उच्च अध्यनका संभावना कठिनाइ र भबिष्यको स्थायीत्वको बिषयमा समेत महत्वपुर्ण सुझाब प्रदान गर्ने छौ, उप्रेतीले बताए । कतिपय नुबुझीकन अस्ट्रेलिया आउदाँ बिध्यार्थीहरुमा विबिध समस्या देखिएको हुँंदा अभिभावक र बिध्यार्थीहरु बिच यहाको परिस्थीती ,पढाइ र बाताबरण , कमाइ अनि पढाइका बारेमा स्पष्ट जानकारी दिनुपर्ने अवस्था पनि आएको छ । हामी त्यस कुरामा बढी सजग छौ,उप्रेतीको कथन थियो । छोरा छोरी बिदेश पढन पठाउने अभिभावकले पनि यहाको बिषयमा जान्न र बुझन आवश्यक भएकोले सेमिनारहरुमा अभिभावकको उपस्थीती पनि महत्वपुर्ण रहने उप्रेतीले बताए । कर्नरले अगष्ट १८ मा काठमाडौको अन्नपुर्ण होटलमा ,अगष्ट २० मा चितवनको भरतपुर गार्डे रिर्साेटमा र अगष्ट २१ तारिख हेटौडामा शैक्षिक सेमिनारको आयोजना गर्ने छ । यसैगरी एजुकेशन एन्ड माइग्रेशन कर्नरले २७ अगष्टमा पोखरामा एक सेप्टेम्बरमा बिर्तामोड , २ सेप्टेम्बरमा दमक र तिनमा इटहरीमा शैक्षिक परामर्श सेमिनारको आयोजना गर्ने उप्रेतीले बताए । उनले उच्च शिक्षाको आकर्षण मात्र हैन यहा देखिएका अप्ठ्यारा पाटाहरुलाई समेत अभिभावकबिच बसेर छलफल चलाउनुका साथै बिभिन्न बिश्वबिद्यालयद्धारा प्रदान गर्ने छात्रबृतीका बिषयमा समेत बिध्यार्थीलाई अवगत गराउने योजना रहेको सुनाए । उप्रेतीले समिनारमा अस्ट्रेलियाका कलेज र बिश्वबिद्यालयका प्रतिनिधीहरुसँंग समेत सिधा कुरा गर्न सकिने र प्रकृया अगाडि बढीसकेपछि निशुल्क बारिस्टा लातिम दिइने बताए । त्यस बाहेक सेमिनारमा ब्रान्ड एम्बेसडर साम्राज्ञी राज्य लक्ष्मी शाह र उत्प्रेरक सुदन ज्ञवालीले कसरी सफल योजना बुन्ने बिषयमा प्रवचन पनि दिने कार्यक्रम रहेको बताए । यती मात्र नभइ सेमिनारमा सहभागिहरुलाई बिभिन्न आकर्षक उपहारको ब्यवस्था पनि गरिएको उप्रेतीले सुनाए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अस्ट्रेलिया समाचार
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।