नेभिगेशन
नेपाल समाचार

नेपालमा लगानी सम्बन्धि गोस्टी सम्पन्न

नेपाल र अस्ट्रेलियाबिच ब्यापारघाटा बढिरहेको अवस्थामा त्यासलाई कसरि कम गर्न सकिन्छ र अस्ट्रेलिया बाट नेपालको आर्थिक ,सामाजिक तथा औधोगिक क्षेत्रमा लागनी भित्र्याउन कसरि सकिन्छ भन्ने बारेमा अस्ट्रेलियाको मेलबर्नमा एक दिने नेपाल अस्ट्रेलिया बिजनेस फोरम २०१८ सम्पन्न भएको छ । अस्ट्रेलिया स्थित नेपाली राजदुताबास र भिक्टोरिया स्थित नेपालि कन्सुलेट जनरलको कार्यालयको संयुक्त आयोजनामा सम्पन्न उक्त गोष्ठीका सहभागीहरुले नेपालमा हालै सम्पन्न तिन चरणका निर्बाचनले स्थिर सरकार दिएको बताउदै मुलुक राजनैतिक स्थिरता तर्फ गइसकेकोले लगानीको बाताबरण बन्दै गएको उल्लेख गरे । कार्यक्रमको उद्घाटन गर्दै अस्ट्रेलियाका लागि नेपाली राजदुत लक्की शेर्पाले -सरकारले अगाडी सारेको "सम्बृद्ध नेपाल सुखी नेपालि " को नारालाई कार्यान्वयन गर्न हामि प्रबासमा रहेका नेपालि हरुले आर्जन गरेको सिप, दक्षता र ज्ञान लाइ स्वदेसमा भित्र्याउनु पर्ने खाचो औल्याइन । उनले भनिन् - अब नेपाल संक्रमणको अवस्थामा छैन देशले एउटा ट्रयाक लिईसकेको छ त्यसैले निर्धक्क साथ नेपालको पर्यटन ,जडिबुटी ,जलस्रोत ,कृषि लगाएतका क्षेत्रमा लगानी गर्न आग्रह गरिन । राजदुत शेर्पाले नेपाल र अस्ट्रेलिया बिचको कुटनैतिक सम्बन्ध आउदा दिनमा अझ सुदृढ हुने बिस्वास गर्दै सरकार सरकार र जनता जनताबिचको आपसी समन्धले दुई देशको समन्धमा नयाँ आयाम थप्दै आएको उल्लेख गरिन । नेपाल लगानी बोर्डका अध्यक्ष महाप्रसाद अधिकारीले नेपालमा लगानी का सम्भाबना हरु उछ रहेको बताउदै निर्धक्कका साथ आर्थि लगानी गर्न समन्धित पक्षलाइ अनुरोध गरे । एनआरएनएका अध्यक्ष भवन भट्टले मातृभूमिको आर्थिक तथा सामिजिक बिकासको लागि प्रबासी नेपालीहरुले सहयोग गर्दै आएको बताए । पूर्व अध्यक्ष एबम अस्ट्रेलिया का धनाढ्य शेष घलेले देशको आर्थिक बिकास र ब्यापार ब्याबसायाको विस्तारीकरण का लागि अन्तरास्ट्रिय मूल्य र मान्यतालाई आत्मसाथ गर्नुपर्ने खाचो औल्याए । भिक्टोरिया राज्यका फाइनान्स मिनिस्टर रोबिन स्कटले नेपालको आर्थिक बिकासमा अस्ट्रेलिया सरकारले सिक्षा ,स्वास्थ्य ,बन लगाएतका क्षेत्रमा सहयोग पुर्याउदै आएको बताए । उनले भिक्टोरियामा नेपालि समुदायको संख्या बर्सेनि बढ्दै जानु हाम्रालागि खुसीको कुरा भएको बताउदै राज्य सरकार नेपालि समुदायसंग हातेमालो गर्दै अगाडी बढ्न चाहेको उल्लेख गरे । भिक्टोरियाका लागि नेपालि महाबाणिज्यदुत चन्द्र योञ्जनले नेपालमा बैदेशिक लगानी भित्र्याउने सानो प्रयासको रुपमा यो कार्यक्रम गरिएको बताउदै अहिले देशमा लगानीको बाताबरण बन्दै गएको धारणा व्यक्त गरे । कार्यक्रम मा मेलबर्न ,सिड्नी , क्यानबेरा ,साउथ अस्ट्रेलिया ,ब्रिसबेन ,पर्थ लगायतका सहरमा बसोबास गर्ने नेपालि हरुको सहभागिता रहेको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्