नेभिगेशन
कला/शैली

नायिका केकीको ‘कोहलपुर एक्सप्रेस’ शनिवार सिड्नीमा प्रर्दशन हुदैं

सिड्नी । नायिका केकी अधिकारीद्वारा निर्मित बहुचर्चित चलचित्र कोहलपुर एक्सप्रेस अस्ट्रेलियका विभिन्न शहरहरुमा प्रर्दशनको सिलसिलामा सिड्नीमा यहि ७ जुलाई शनिवारका दिन साँझ ५ः३० बजे हष्टभिल सिभिक सेन्टरमा प्रर्दशन हुने भएको छ । उक्त चलचित्र जुन २२ मा साउथ अस्ट्रेलियाको एडीलेडमा, २४ जुनमा तास्मनियाको होबर्टमा, २६ जुनमा भिक्टोरियाको मेलबर्नमा सफल प्रर्दशनपछि ७ जुलाईमा सिड्नीमा प्रर्दशन गर्न लागिएको हो । राइट एण्ड एसोसियटले उक्त चलचित्र अस्ट्रेलिया भित्रयाएको हो । केकी राइट एण्ड एसोसियटको ब्राण्ड एम्बास्डर समेत हुन् । राइट एण्ड एसोसियटका डाइरेक्टर बालचन्द्र भट्टराईले प्रवासमा नेपाली कला संस्कृति रितिरिवाजलाई प्राथमिकता दिदै नेपाली कलाकर्मीहरुको हौसला प्रदान गर्न आफुहरुले उक्त चलचित्र अस्ट्रेलिया भित्रयाएको बताए । नेपाली चलचित्रको बजारमा नारी प्रधान हास्य चलचित्र कोहलपुर एक्सप्रेसमा केकी अधिकारी, प्रियंका कार्की र ऋचा शर्मा नायिकाहरुको मुख्य भूमिका रहेको छ । निर्माता तथा नायिका केकीले सिड्नीमा रहेका नेपाली समुदायलाई आफ्नो चलचित्र भन्दा पनि नेपाली चलचित्रलाई माया गरि हौसला प्रदान गरिदिनु हुन पनि सबैलाई आग्रह गरेकी छिन् । साथै उक्त दिन नायिका केकी संगै चलचित्र हेर्न पाइनेछ । यसअघि केकीकै फिल्म ‘लब सासा’ पनि अस्ट्रेलियामा प्रदर्शन भएको थियो । वैशाख १४ गतेबाट नेपाल प्रदर्शनमा आएको केकीको फिल्म कोहलपुर एक्सप्रेसले नेपालमा सन्तोषजनक व्यापार गरेको थियो । उक्त चलचित्र १० जुलाइमा क्यानबेरामा र १५ जुलाइमा वेस्टर्न अस्ट्रेलियाको पर्थमा समेत प्रदर्शन हुनेछ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्