नेभिगेशन
नेपाल समाचार

नेपाली विद्यार्थीको समस्या समाधान गर्न दुताबास क्रियासिल -राजदुत शेर्पा

क्यानबेरा । क्यानबेरा स्थित नेपाली राजदुताबासले बिगत एक बर्ष मा गरेको कार्यका बारेमा र दुताबासले आगामी दिनमा गर्ने कार्यका बारेमा जानकारी दिने उदेश्यले जुन १६ तारिख शनिबारको दिन एक पत्रकार सम्मेलन गर्यो । पत्रकार सम्मेलनमा अस्ट्रेलियाको लागि नेपालका राजदुत लक्की शेर्पाले -अस्ट्रेलियामा अध्ययन को लागि आउने नेपालि बिध्यार्थीहरुले भोग्दै आएका समस्याहरुको दिर्घकालिन समाधानको लागि दुताबासले कार्य अगाडी बढाएको जानकारी दिइन । उनले अध्ययनको लागि यहा आउन भन्दा अगाडी शिक्षा मन्त्रालयमा नो अब्जेक्सन लेटर लिने बेलामा अस्ट्रेलियाको बसाइ , पढाई ,काम तथा आम्दानि खर्च र सामाजिक परिबेस लगाएत बिषयको बारेमा बिद्यार्थी र उनीहरुका अभिभावक हरुलाई कसरि जानकारी दिन सकिन्छ भन्ने बारेमा शिक्षा मन्त्रालय संग कुरा अगाडी बढाईएको जानकारी दिइन । यस कार्यलाई अगाडी बढाउन दुताबास ,शैक्षिक परामर्सदाताहरु को सस्था एका ,एन आर एन ए अस्ट्रेलिया तथा शिक्षा मन्त्रालयबिच समन्वय गरिने छ । उनले भनिन - कन्सल्ट्यान्सीकै गलत सुझावका कारणले बिध्यार्थीहरुले समस्या भोग्नु परेको छ भने उनीहरुले दुताबासमा लिखित रुपमा उजुरी दिए त्यस्ता कन्सल्ट्यान्सीहरुलाई कारबाही गर्न दुताबासलाइ कुनै कानुनि अबरोध नभएको पनि प्रस्ट्याइन । उनले अस्ट्रलियामा रहेका नेपालि युवा युवती हरुमा संम्बन्ध बिच्छेदको घटना बढ्दो रहेको बताउदै यो बिकराल स्थितिलाई नियन्त्रण गर्न हाम्रो यहाको नेपाली समाज सचेत हुनु पर्ने खाचो औल्याइन । हुण्डी कारोबार बाट देशले ठुलो आर्थिक नोक्सानी व्यहोर्नु परेको छ यसको नियन्त्रणका लागि दुताबासले के गर्दै छ भन्ने पत्रकारको प्रश्नमा राजदुत शेर्पाले अबैध रुपमा संचालन भएका हुण्डी व्यवसायलाई कानुनि दायरामा ल्याउन आबश्यक कदम चालिने पनि बताइन । उनले अस्ट्रेलिया संगको ब्यापारघाटा कम गर्न कसरि सकिन्छ भन्नेतर्फ दुताबासले गृहकार्य गरिरहेको बताउदै नेपालको पर्यटन ,कला ,सस्कृतिको प्रबर्धन गर्न एनआरएनए ,तथा यहाका विभिन्न सामाजिक सस्थाले पुर्याउदै आएको भूमिका प्रसंसनिय रहेको उल्लेख गरिन । हरेक दुइदुइ बर्षमा हुने नेपाल फेस्टिभल कार्यक्रम हाम्रो एउटा सिग्नेचर कार्यक्रमको रुपमा स्थापित भैसकेको बताउदै आगामी दिनमा फुड फेस्टिभल गरेर नेपाली खाना र परिकार को प्रबर्धन गर्ने तर्फ जोड दिनु पर्ने खाचो आउल्याइन । राजदुत शेर्पाले नेपाल र अस्ट्रेलियाको कुटनैतिक समन्धलाई अझ उचाइमा पुर्याउन अस्ट्रेलियाबाट उच्च तहको नेपाल भ्रमण गराउने समन्धमा कुराकानी भैरहेको जानकारी दिइन । आफ्नो एक बर्षे कार्यकालमा यहाका विभिन्न राज्यहरुमा रहेका नेपाली कन्सुलेट जनरल कार्यालय लाइ अज बढी सक्रिय कसरि बनाउन सकिन्छ भन्ने तर्फ जोड दिएको , विद्यार्थीका समस्याको समाधनका उपायका बारेमा सरोकार वालाहरुसंगको छलफल तिब्र बनाइएको ,पाको फेस्टमा नेपालको उपस्थितिलाई प्रभावकारी बनाइएको , दुताबासको लागि जग्गा खरिदकार्य सम्पन्न गरिएको बारेमा पत्रकारहरुलाई जानकारी दिइन । पत्रकार सम्मेलनमा दुताबासको दैनिक कार्यसंचालन पहिलेको तुलानामा धेरै चुस्त र दुरुस्त पारिएको र सिमित स्रोत साधनका बाबजुद पनि दुताबासबाट अझ प्रभावकारी सेवा प्रदान गर्न कसरि सकिन्छ भन्ने तर्फ दुताबास कर्मचारी लागि परेको शेर्पाले बताइन । सिड्नी ,मेलबर्न ,ब्रिसबेन ,एडिलेड र क्यानबेरामा रहेर विभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको उक्त पत्रकार सम्मेलनमा दुताबासका डेपुटी चिफ अफ द मिसन द्रुपदा सापकोटाले सहभागी संचारकर्मीलाई स्वागत गरेकी थिइन् । उक्त अवसरमा संचारकर्मीहरुलाइ दुताबासले हालै खरिद गरेको जग्गाको अबलोकन समेत गराइएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्