नेभिगेशन
कला/शैली

गायिका टिमएम केसीको “ म मा तिमी छौं” म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

अस्ट्रेलियालाई कर्मथलो बनाएकी गायिका टिएम केसी (शोभा) ले हालै नयाँ नेपाली म्युजिक भिडियो युट्युुवबाट सार्वजनिक गरेकी छिन् । “ म मा तिमी छौं” वोलको उक्त उक्त भिडियोमा अष्ट्रेलियन चर्चित मोडल हाना स्मिथले समेत अभियन गरेकी छिन् । गायिका टिएमको यो तेस्रो म्युजिक भिडियो हो । गितमा हाना स्मिथसंगै नेपाली मोडलहरु विक्रम मल्ल ठकुरी र रेजु खड्काको पनि अभियन रहेको छ । अष्ट्रेलियामै छायाङकन गरिएको सो भिडीयोको निर्देशन श्री पराजुलीको हो भने प्रविन श्रेष्ठ मोक्षले सम्पादन गरेका छन् । युवायुवतीको मायाप्रेम पछि हुने विछाडले समाजमा निम्त्याउने सक्ने संम्भावित घटनालाई भिडियोमा उतारिएको छ । उक्त म्युजिक भिडियोका केही दृश्यहरु नेपालका टेलिभिजनले सम्पादन गरेर बजाउने सहमति जनाएको थियो । पुरा भिडियो हेर्नुस्
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्