नेभिगेशन
मोडल

डान्सर सुशिला लामा

बाल्यकालदेखि नै गीतको आवाज सुन्नेबित्तिकै नाँच्न तम्सिहाल्ने सुशिलाको नानीदेखिको वानी आजसम्म पनि उस्तै छ । अस्ट्रेलियाको ब्यस्त जीवनमा पनि उनले नाच्ने कार्यलाई पनि निरन्तरता दिदैछिन् । बिद्यालय पढ्दा हरेक नृत्य प्रतियोगितामा पहिलो हुने उनको क्षमता आज यहाँ आइपुग्दा अझ निखारिँदै आएको छ । उनी भन्छिन् –मेरो यो नृत्य प्रतिको लगाव सानै देखिको हो । विद्यालयमा पढ्दादेखि नै मैले काठमाडौंको किसिपिडी कल्चरल एकेडेमीबाट ४ वर्ष सम्म नृत्यको तालिम लिएँ । त्यो चार वर्षको तालिमले त मलाइ नृत्यको क्षेत्रबाट बाहिर निस्कनै नसक्ने गरी बाँधिदिएको छ । सन् २०१२ मा काठमाडौंमा सम्पन्न मिस ई कलेज प्रतियोगितामा टप ११ भित्र परेकी लामाले बेस्ट स्क्रिन अवार्ड र बेस्ट भियुअर च्वाइस अवार्ड जितेकी थिइन् । अध्ययनको शिलशिलामा सन् २०१४ मा अस्ट्रेलिया आएकी लामा ले यहाँ पनि नृत्यलाई निरन्तरता दिदै छिन् । उनले सिड्नीमा हँुदै आएका सांगीतिक कार्यक्रममा आफ्नो नृत्य प्रस्तुत गर्दै आएकी छिन् । खासगरी गाउँले पाराका नेपाली गीतमा नाँच्न मन पराउने लामाले काओरामा हालै सम्पन्न महोत्सवमा समेत आफ्नो नृत्य प्रस्तुत गरेकी थिइन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्