नेभिगेशन
सम्पादकीय

नयाँ वर्षको शुभकामना

नेपालीहरुको घरआँगनमा नेपाली नयाँ वर्ष २०७५ सालले प्रवेश गर्दै गर्दा संसारका कुनाकुनामा छरिएर रहेका नेपालीहरुमा पनि एक किसिमको उमङ्ग छाएको छ । हामी जहाँ जसरी रहे पनि आखिर मा नेपाली हौं भन्ने भावनालाई हाम्रा विभिन्न चाडपर्व उत्सव र रीतिरिवाजले अझ बलियो बनाउँदै लगेको यथार्थातालाई हामीले बिर्सनु हँुदैन । प्राचीन राजा विक्रमादित्यले शुरु गएको बिक्रम सम्बत् नेपालको औपचारिक र आधिकारिक संवत पनि हो जसलाई श्री ३ चन्द्र शम्सेरको पालादेखि मान्दै आइएको छ । विक्रम संवत अनुसार हरेक नेपाली नयाँ वर्ष बैसाख महिनाको १ गतेबाट आरम्भ हुन्छ । नयाँ वर्षको प्रारम्भसँगै धेरै नेपालीले आफ्नो बार्षिक कार्यक्रम तर्जुमा पनि गरेका हुन्छन् । भित्तामा झुन्ड्याइएको पात्रो फेरिदैमा कोही कसैले आफ्नो जीवनमा पनि परिवर्तन ग¥यो भनेर सोच्नु मूर्खता सिवाय केही हुँदैन । यदि हामीले आउँदो वर्षको लागि कुनै नयाँ योजना बनाएका छौ भने त्यसलाई कार्यान्वयनको तहमा पु¥याउनको लागि आपूmभित्रको कटिबद्धतालाई मर्न दिनु हुँदैन र सफलता मिल्यो भन्दैमा मातिनु र असफलता मिल्यो भन्दैमा आत्तिनु पनि हुँदैन । हामीले आफ्नो मन मस्तिस्कमा सजाएका र बुनेका सपनाहरुलाई पूरा गर्न धैर्यताका साथ अगाडि बढांै । सफलता त्यहीँ नै छ, सबैमा नयाँ वर्षको शुभकामना ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय