नेभिगेशन
अस्ट्रेलिया समाचार

 काउरामा नेपालको प्रबर्धन 

अस्ट्रेलियाको सिड्नीबाट करिव तिन सय किलोमिटर टाढा रहेको काउरा  काउन्सिलद्वारा आयोजित काउरा महोत्सबमा नेपालले आफ्नो उपस्थितिलाई भब्य एबम सभ्य रुपमा झाँकी सहित सहभागिता गरायो । यो महोत्सब मार्च  २३ देखि २५ मार्च तीन दिनसम्म संचालन भएको थियो ।   एन एस डब्लुको काउरा काउन्सिलले प्रत्येक बर्ष गर्ने स्थानिय फेष्टिवलको पाहुना राष्ट्रको रुपमा यस वर्ष  नेपाललाइ छानेको हो  । ५४ औं राष्ट्रको रुपमा यसपटक छनोट भएको नेपालले महोत्सबमा  नेपालीहरु आफ्नो मौलीक संस्कृति र भेषभुसामा रमाउदै सगरमाथा र बुद्धभुमी झल्काउने झाकी लिएर स्थानीय नगरबासी सग हातेमालो गर्दै परेडमा  मा सहभागी भएका थिए ।  नेपालको बारेमा स्थानिय र इन्टरनेट माफर्त महोत्सब आयोजक काउरा काउन्सिलले जानकारि दिएको थियो ।
स्थानिय बिभिन्न परिकार, संस्कृति र बिविध पक्षहरुलाइ समेटिएको उक्त महोत्सवमा नेपाली संस्कृति, नेपाली खाना, गीत संगीत ,नृत्य र  नेपाल झल्कने बिबिध पक्षको प्रबर्धन गरिएको थियो ।     काउरा आसपासमा बस्ने नेपालि मात्रै होइन एनएसडब्लु, एसीटि र मेलवर्नबाट समेत महोत्सबमा भाग लिने  नेपाली हरु काउरा पुगेका थिए । अस्ट्रेलियामा नेपाल र नेपाली पहिचान चिनाउने  सुनौलो अवसरको रुपमा महोत्सब सम्पन्न भएको बताइएको छ । अस्ट्रेलिया का लागि नेपाली राजदुत लक्की शेर्पाको नेत्रित्तोमा नेपालले महोत्सबमा आफ्नो सहभागिता जनाएको थियो भने  अष्ट्रेलियाका उच्च सकारी अधिकारी एबम काउरा काउन्सिलका प्रमुख लगायतको सहभागीताले   नेपाल चिन्न र नेपालप्रति अष्ट्रेलियन सरकारी निकायको हेर्ने दृस्टीकोण सकारात्मक रहेको मान्न सकिन्छ ।   जानकारी दिँदै नेपाली नेपाली दूतावासको  संयोजनमा नेपाली समूदायका विभिन्न गीत संगीत र नृत्य प्रस्तुत गरिएको थियो ।   महोत्सबमा नेपाली खानाका स्टलहरु समेत राखिएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अस्ट्रेलिया समाचार
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।