नेभिगेशन
नेपाल समाचार

पर्थमा नेपाल फेस्टीवलकाे तयारी पुरा

पर्थ । प्रवासमा आयोजना हुने मेला र महोत्सवहरु यतिबेला नेपाल चिनाउने खेलाका रुपमा पनि प्रख्यात छन । बिदेशमा रहेको नेपाली मनहरुलाई आफ्नोपन मेटाउनका साथै बिदेशीहरुलाई बिविधताले भरिएको स्यानो मुलुक नेपाल चिनाउन यस्ता खाले महोत्सवहरु उपयोगी बन्दै आएका छन । यतिखेर अष्ट्रेलियाको पर्थ नेपाल महोत्सवले सिंगारिएको छ । नेपाल र नेपाली चिनाउने उद्देस्यका साथ एनआरएन पश्चिम अस्टेलियाले यसै शनिबार आयोजना गर्न लागेको पर्थ नेपाल महोत्सवको सम्पुर्ण तयारी पुरा भएको छ । एक दिने महोत्सवमा नेपाली कला संस्कृती झल्काउने देखि परम्परागत धुनले सजाउने सम्मका कार्यहरु हुनेछन । बिदेशमा रहेका नेपालीलाई एकताको सुत्रमा बाध्नुका साथै यँंहा रहेका बिदेशीहरुलाई नेपाल चिनाउने र यसको बिविधताका बिषयमा जानकारी गराउने हाम्रो पहिलो उद्देस्य हो ,एनआरएनका उपाध्यक्ष तथा पश्चिम अष्ट्रेलियाका संयोजक दिपक शर्माले बताए । स्थानिय एलिजाबेथ क्वेमा आयोजना हुने महोत्सवमा करिब १५ हजार दर्शकको उपस्थीती हुने शर्माले बताए । बिविधतामा एकता हाम्रो पहिचान भएकोले कयैन नेपाल नदेखेका र नसुनेका अष्ट्रेलियनहरुलाई हाम्रो पहिचान दिलाउन यस महोत्सवले महत्वपुर्ण भुमिका खेल्ने संयोजक शर्माले बताए । यस्ता खाले महोत्सवहरुले नेपाल चिनाउने मात्र नभइ हाम्रो सम्पदा र भुगोल अनि खानपीनको बारेमा पनि बिदेशीले थाहा पाउने कुरा एनआरएन आइसीसी सदस्य राज थपलीया बताउछन । थपलीया देशको माया साच्ने परदेशिएका नेपाली मनहरु जोडने माध्यमका रुपमा पनि महोत्सवको भुमिका रहेको सुनाउछन । यस पटक महोत्सवको आकर्षकका रुपमा नेपाली सांगितीक आकाशमा फरक धारका रुपमा परिचित कुटुम्ब ब्यान्ड रहेको छ । नेपाली परम्परागत धुनहरुलाई पश्चिमी राष्टमा चिनाउने कुटुम्बको यो प्रयासलाई पर्थ महोत्सवले पनि प्राथमिकतामा राखेको छ । यस पटक पर्थ महोत्सवको मुख्य प्रायोजकका रुपमा केबीए शैक्षिक परामर्श केन्द्र रहेको छ । त्यस बाहेक एकसपर्ट ,इनोभेटीभ एकाउन्टीड सेलेब्रेसन होम्स, डोम र अस्टेलियान टेक्नीकल कलेजले महोत्सवको आयोजनामा सहयोग गरेका छन । परदेशमा बसेर ब्यवशाय गरेपनि हामी नेपाल र नेपालीको पहिचानवाट पर बसेका छैनौ । हाम्रो माटोसँंग जोडिएका हरेक कार्यक्रमहरु हाम्रा लागि प्राण भन्दा प्यारा छन ,मुख्य प्रायोजक केबीएका शम्भु कडेंलले बताए । शनिबार आयोजना हुने महोत्सवलाई सफल बनाउन पर्थमा रहेका नेपाली समुदाय एकजुट भएर अगाडि बढीरहेको महोत्सव आयोजक समितीका प्रबक्ता दिपक शाक्यले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्