नेभिगेशन
अस्ट्रेलिया समाचार

बटुकको उपहार स्कुललाई

सामुहिक ब्रतबन्धमा सहभागी बटुक अस्पाल रेग्मीको बुवा सुदन रेग्मी र आमा सरिता रेग्मी घिमिरेले आफ्नो छोराको ब्रतबन्ध भोजमा दान स्वरुप संकलित रकम चितवनको अस्पाल अस्टिन फाउन्डेसनलाई प्रदान गरेका छन् । ब्रतबन्धपछि आयोजित भोजमा सहभागीहरुबाट २ हजार २ सय अस्ट्रेलियन डलर संकलन भएको बतुकका पिता सुदन रेग्मीले नेपाल न्युज अस्ट्रेलियालाई बताए । उनका अनुसार संकलित रकम फाउन्डेसनलाई उपलब्ध गराइसकेको छ । उक्त रकमबाट अक्षय कोष खोली चितवन जिल्लाको चम्पानागरमा रहेको द हिमालयन मा बिमा अध्ययन गर्ने दलित जेहन्दार विद्यार्थी (पुरुष र महिला) हरुलाई त्यसको ब्याजबाट पुरस्कार स्वरुप बर्षेनी प्रदान गरिनेछ । स्मरण रहोस् एक वर्ष अगाडी स्थापना गरिएको यो फाउन्डेसनले गत बर्षको बाढीबाट सुन्दरबस्तीका परिवारका छोरा छोरीलाई पुस्तक तथा १० हजार नगद प्रदान गरिएको थियो । रेग्मीले फाउन्डेसन नित्तान्त गैर नाफामुलक संस्था भएको बताउँदै आफु पढेको स्कुल र गाउँलाई थोरै भए पनि सहयोग गरौ भनेर यस्ता परोपकारी कार्य अगाडी बढाइएको जानकारी दिए । रविकिरण रेग्मी (निर्जीव)को संरक्षकत्वमा फाउन्डेसन संचालनमा रहेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अस्ट्रेलिया समाचार
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।