नेभिगेशन
अस्ट्रेलिया समाचार

सामुहिक व्रतवन्ध सम्पन्न

सनातन संस्कारअनुसार अस्ट्रेलियामा पहिलोपटक सामुिहक व्रतवन्ध कार्यक्रम सम्पन्न भएको छ । नेप्लिज हिन्दु सोसाइटी अस्ट्रेलियाको आयोजनामा मार्च ३ र ४ तारिखका दिन सिड्नीको रिर्जेन्ट्स पार्कस्थित साइ मन्दिरमा भएको उक्त सामुहिक व्रतवन्ध कार्यक्रममा २८ जना बटुकहरूलाई हिन्दु परम्पराअनुसार व्रतवन्ध गराइएको थियो । व्रतवन्ध कार्यक्रमलाई सम्पन्न गर्न नेपालबाट पुरोहित पण्डित कुवेर सुवेदीलाई झिकाइएको थियो । यस्का अलावा स्थानीय पुरोहितहरू नारायण भट्ट र प्रकाश ढोडारीले धार्मिक अनुष्ठानलाई सम्पन्न गर्न उल्लेख्य भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा प्रवाशमा भएको यस्तो धार्मिक कार्यक्रमलाई विश्वसामु प्रचारप्रसार गर्न नेपाल टेलिभिजनका धार्मिक कार्यक्रम संचालक मुकुन्द शर्माले व्रतवन्ध कार्यक्रमलाई वैदिक र संगीतमय बनाएका थिए । दुईदिनसम्म संचालन भएको उक्त सामुहिक व्रतवन्ध कार्यक्रममा बटुकहरूका साथसाथै बटुकहरुका अभिभावकहरू, आफन्तजनहरू र सिड्नीमा रहेका नेपाली समाजका अगुवाहरूको बाक्लो सहभागिता रहेको थियो । एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष नन्द गुरुङले व्रतवन्ध कार्यक्रमको बारेमा नेपाल न्युज अस्ट्रेलियासँग कुरा गर्दै यस्ता खालका कार्यक्रमले प्रवाशमा हाम्रो धर्म, संस्कृति र रीतिरिवाजलाई जीवन्त राख्न ठूलो योगदान पु¥याउने बताउँदै आउँदा दिनहरूमा पनि यसरी नै यस्ता कार्यक्रम गर्न नेपाली समाजले जोड दिनुपर्ने खाँचो औंल्याए । पण्डित प्रकाश ढोडारीले समाजका हरेक वर्ग र क्षेत्रको सहयोगले नै यो कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गराउन सकिएको बताउँदै हाम्रो धर्म, संस्कृतिको सरक्षण र सम्वद्र्धनमा नेप्लिज हिन्दु सोसाइटी लागिपर्ने बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अस्ट्रेलिया समाचार
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।