नेभिगेशन
LEADING_MAIN

बन्ने तरखरमा सामुदायिक भवन

NNA Team नेपाल न्युज अस्ट्रेलियाको पहिलो अंक (अप्रिल २०१३) मा हामीले सिड्नीमा नेपाली सामुदायिक भवन एक बर्षमा बन्ने भनेर समाचार छापेका थियौं । तर उक्त समाचार प्रकाशित भएको पाँच वर्ष बितिसक्दा पनि सामुदायिक भवन कहिले बन्छ भन्ने टुंगो लाग्न सकेको छैन । हामीले यस अंकमा यही विषयलाई लिएर कभर स्टोरी बनाएका छौ । बहुसांस्कृतिक राष्ट्रको रुपमा संसारमाझ चिनिएको अस्ट्रेलियामा दुइ सयभन्दा बढी भाषा बोल्ने मानिसको बसोबास रहेको छ । रोजगारी तथा उच्च अध्यानको शिलशिलामा आफ्नो भविष्य राम्रो बनाउने उद्देश्यले संसारका प्राय मुलुकका मानिसहरु यहाँ आउने क्रम बढ्दो छ । आफ्नो भाषा, धर्म र संस्कृतिलाई जो कसैले सजिलैसँग बिर्सन सक्दैन । अझ आफ्नो जन्मभूमि छोडेर धेरै टाढा जाँदाखेरि त झन् ती आफ्ना भाषा र संस्कृतिप्रति हृदयको भित्री कुनादेखि नै माया जागेर आउँछ । यो अनुभव हामी धेरैले गरेको हुनुपर्दछ । हो यही अनुभवको आधारमा यो देशमा धेरै समुदायले आफ्नो भाषा र सस्कृति जोगाउन थाथा आफ्नो भाषा र संस्कृतिलाई आउँदो पुस्तामा सार्नाकै लागि भए पनि केही सहयोग पुग्छ भन्ने मनसायले आआफ्नो सामुदायिक केन्द्रमार्फत् विभिन्न कार्यक्रम गर्दै आएका छन् ।आफ्नो सामुदायिक केन्द्रमा आफ्नो चाडपर्व मात्र होइन समुदायका व्याक्तिहरुको पारिबारिक जमघटदेखि लिएर विभिन्न पर्व र उत्सव मनाउने गर्दछन् । हो यही पद्दतिलाई अनुशरण गर्दै हाम्रो समुदायले पनि सिड्नीमा एउटा सामुदायिक भवन बनाउने कार्यलाई तीव्र गतिमा अगाडि बढाएको छ । अस्ट्रेलियामा नेपालीहरु आउन थालेको करिव चार दशक भएको छ, सुरुसुरुका वर्षहरुमा नेपाली आउने क्रम निकै कम थियो तर सन् २००७ देखि भने यो क्रम बर्षेनी बढ्दै गएको छ । विशेष गरी अध्ययनको शिलशिलामा आउने बिद्यार्थीहरुको संख्या यो अवधिमा निक्कै बढेको छ । अझ यो संख्या अरु राज्यको तुलनामा एनएसडब्लुमा निक्कै छ । अस्ट्रेलियामा करिब एक लाखको संख्यामा नेपाली रहेको अनुमान गरिए पनि नेपाली राजदुताबास र एनआरएन लगायत कोहीसँग पनि यथार्थ तथ्याङ्क छैन । तापनि एनएसडब्लुमा करिब पचास हजारको हाराहारीमा नेपाली बसोबास गर्छन् भन्ने अनुमान छ । यहाँ आउने नेपालीहरुको संख्या वर्षेनी बढ्ने क्रमसँगै नेपाली गतिविधि पनि बढ्दै गएको छ । हामीले हाम्रा चाड पर्वहरु आफ्नै घरमा मात्रै नभएर पार्टी प्यालेस तथा पार्कहरुमा गर्न थालेका छौ । धेरैसँग एकापसमा भेटघाट पनि हुने पर्व पनि मनाइने अनि दुख सुखका बात पनि गर्न पाइने हुनाले पनि पार्टी प्यालेसमा हुने कार्याक्रमको संख्यामा उल्लेख्य वृद्धि भएको छ । तर बिडम्बना आजका मितिसम्म अस्ट्रेलियाभर नेपाली समुदायको एउटा पनि घर छैन, अरु समुदायमाझ गर्वका साथ यो हाम्रो सामुदायिक भवन हो भनेर भन्न सक्ने दिन कहिले आउने हो टुंगो छैन । यति हुँदाहुँदै पनि यहाँको नेपाली समुदाय त्यत्तिकै लागेकै छैन भन्ने पक्कै होइन । सन् २००६ देखि नै हाम्रो आफ्नै सामुदायिक भवन बनाउनु पर्छ भनेर कस्सिनेहरु आज पर्यान्त यसैको लागि लागि परेका छन् । परिणाम केही नदेखिए पनि भित्री रुपमा कम भने अगाडि बढिरहेको छ है भन्ने थाहा पाउँदा पनि समुदायका सबैको अनुहारमा खुशीको बहार ल्याउँछ भन्ने आशा गर्न सकिन्छ । सन् २००६ मा एनआरएन अस्ट्रेलियाले नेपाली समुदायको लागि छुट्टै सामुदायिक भवन हुनुप¥यो भनेर एउटा टास्कफोर्स नै बनायो । यसले सोही बर्षको नोभेम्बर १८ तारिखमा समुदायका व्यक्तिहरुसँग कसरी र कुन रुपबाट अगाडि बढ्न सकिन्छ भनेर एउटा छलफल नै गरायो । त्यस छलफलबाट आएको सुझावको आधारमा टास्क फोर्सले एसफिल्ड, बरउड, अबर्न, रकडेल, हर्सभिल, पारामाटा, ब्ल्याकटाउन, पेन्सहर्स, म्यारिकभिल काउन्सिललाई सामुदायिक भवन परियोजनाको बिस्तृत विवरण पठाइयो । यसका अलावा ग्रानभिल, एसफिल्ड, अबर्न, स्ट्रयाथफिल्ड र पारामाटाका ३÷३ वटा रियल स्टेटहरुलाई जग्गा र भवन निर्माण लागायतको सर्बेक्षणको लागि अनुरोध गरिएको थियो । नेप्लिज कम्युनिटी सेन्टर लिमिटेडलाई पब्लिक लिमिटेड कम्पनीको रुपमा सन् २०१० को फ्रेब्रुअरी महिनामा ब्क्क्ष्ऋ मा दर्ता भएपछि भने यसले आफ्नो कामलाई समुदायमाझ अझ विस्तार ग¥यो । त्यसअघि गोवा कटवालको संयोजकत्वमा गठित कम्पनीको पुनर्संरचना कमिटीले कम्पनीलाई कसर िअगाडि बढाउने भनेर एउटा खाका तयार पा¥यो । गोवा कटवाल, सम्शेर सिंह थापा, भवानी ओली, प्रदीप ढकाल, इन्द्रा वन, दीपक खड्का, नारायण प्रधान, चन्द्र योञ्जन, ध्रुब सुवेदी, ओम ढुंगेल, चित्र तुम्बाहाम्फे लगायतका व्यक्तिहरुले नेपाली सामुदायिक भवन कसरी र कुन प्रक्रियाले अगाडि बढाउन सकिन्छ भनेर लागिपरेको विगतलाई कसैले पनि बिर्सनु हँुदैन । विभिन्न कठिनाइहरुको बाबजुद यो टिमले आफ्नो लक्ष्य र उद्देश्य प्राप्तिको लागि हरेक तवरले प्रयत्न गरिरहेको छ, आजको दिनसम्म आइपुग्दा नेप्लिज कम्युनिटी सेन्टरको पदाधिकारीमा कोही जाने, कोही जाने भए पनि यसको काम भने सुस्त तर मिहिन किसिमले भएको हामीले अनुभव गर्न सकिन्छ । सन् २०१३ को सुरुमा ग्रनभिलको लुइस स्ट्रिटमा रहेको करिब पच्चिस सय स्क्वायर मिटर छेत्रफलको जग्गालाई पाँच लाख ९५ हजारमा खरिद गर्न सक्नु नै नेपाली समुदायको लागि गर्वको विषय थियो । सामुदायिक भवनको लागि जग्गा कहाँ खोज्ने भन्ने शिलशिलामा नेपालीहरुको वस्ती बाक्लो रहेको ठाउँमा नै खोज्ने काम भयो । रकडेल, हर्सभिल, ब्ल्याकटाउन, पेन्सहर्स लगायतका काउन्सिलहरुमा जग्गा खोजिएको थियो तर ग्रानभिलमा नै त्यो वेला मिलाएर पाइयो । ट्रेन स्टेशनबाट १० मिनेटको पैदल दुरीमा रहेको उक्त जग्गा खरिदको लागि सर्वसाधारणंको लागि शेयर नै निष्काशन गरियो । प्रति शेयर एक डलरको दरमा निष्काशन गरियो । सामुदायिक भवनमा सकभर समुदायका सबैको अपनत्व हुने काम होओस् भन्ने हेतुले कम्तिमा ५ सय शेयर लिनुपर्ने सहज ब्यबस्था समेत गरियो । जस अन्तरगत रहेर हालसम्म ३ सय ३५ जनाले यो अभियानमा आफुलाई संलग्न गराए । अहिलेसम्म ५ सय डलरको शेयरे हाल्नेको संख्या १ सय ५४, १ हजार डलरको ८५ जना, २ हजारको २८ जना, १५ सय को १२ जना, ५ हजारको ९ जना, ६ हजारको ३ जना, ९ हजार र १३ हजारको २÷२ जना, १० हजार र ३ हजारको ६÷६ जना रहेका छन् । त्यसैगरी ९६ हजार, ५१ हजार ५० हजार, २० हजार, १९ हजार, १५ हजार, १२ हजार, ११ हजार, ७ हजार, ८ हजार, ५५ सय, ७५ सय, ३५ सय, २४ सय, ६ सय डलरको शेयर १÷१ जनाले खरिद गरे । अब डेभलपमेन्ट एप्लिकेसन जति सक्दो चाँडो हामी लागेका छौं– कुराकानीको क्रममा कम्पनीका डाइरेक्टर गोवा कटवालले भने । उनले भने – ‘डिए’ काउन्सिलबाट स्वीकृत हुने बित्तिकै हामीले ठूलो फड्को मार्नेछौं । यो दिन त्यति टाढा छैन । हामीले खरिद गरेको जग्गा पारामाटा काउन्सिलमा थियो तर यो बीचमा कम्बरल्याण्ड काउन्सिलमा परेपछि हाम्रो काम ले गति लिन नसकेको हो । ढिलो हुनुको कारण बारे प्रस्ट पार्दै उनले भने । डेभलपमेन्ट एप्लिकेसन तयारीका लागि चाहिने ५०÷६० हजार डलर पनि भर्खरै सम्पन्न भएको एजिएम मा संकलन भैसकेको छ । काउन्सिलबाट डिए स्वीकृत हुने बित्तिकै भवन निर्माणको काम अगाडि बढाउने तर्फ कम्पनीका डाइरेक्टरहरू जुटेका छन् । त्यसको लागि शेयर होल्डरहरुलाई पहिलो प्राथमिकतामा राखेर भहउचभककष्यल या ष्लतभचभकत को लागि आव्हान गरिनेछ । त्यसो गर्दा पनि आवश्यक रकम संकलन भएन भने नया शेयर लिन चाहने हरुलाई प्रति शेयर १.५० डलरको दरमा खुल्ला गरिनेछ । शेयरको प्रमोशनको लागि छि६ै कमिटि गठन गरिनेछ । हामीले काम गरेका छौं तर बाहिर देखाउन सकेका छैंनौ– कटवालले भने । नेपाल र अस्ट्रेलिया बीचको बहुसांस्कृतिक पक्षलाई आदानप्रदान गर्ने, धार्मिक तथा पारिवारिक भेटघाट र समारोह गर्ने, नेपाली समाजको सांस्कृतिक गतिविधिलाई जिवन्त राख्ने खालका गतिविधिहरु संचालन गरिनेछ । यसका अलावा सामुदायिक भवनमा फङ्सन हल, वैठक कक्ष, पुस्तकालयको समेत ब्यबस्था गरिने छ । यसको आम्दानीको नियमित रुपमा फङ्सन हाल तथा बैठक कक्ष भाडामा लगाइनेछ । हाल सिड्नीमा मात्रै हरेक विकेन्ड नेपालीले जन्मोत्सव, विवाहको वार्षिकोत्सव, पार्टी लागायतका कुनै न कुनै कार्यक्रम गर्ने क्रम बढ्दै गएको छ । हाल नेपालीको स्वामित्वमा रहेको रकडेलको इन्द्रेणी फङ्सन सेन्टर, रकडेलकै एभरेस्ट फङ्सन सेन्टर, मेरिल्याण्डको बार्दली फङ्सन सेन्टर, बारुदको रेस्ट फङ्सन सेन्टर तथा रकडेलकै थर्ड आइ र रेड क्याप्सिकम लगायतका फङ्सन सेन्टरहरु हुन् । यिनीहरु मध्ये कुनै कुनै सेन्टर त २÷३ महिना अगाडिदेखि नै बुक हुने गरेका छन् । यसरी नेपालीहरुको सामाजिक गतिविधि बढ्दै जादा फङ्सन सेन्टरहरुमा गरिने भोज तथा भेटघाटका गतिविधि पनि बढिरहेका छन् । कुनै बेला त नेपालीद्वारा संचालित फङ्सन सेन्टरहरु बुक भएको अवस्थामा अरु समुदायको स्वामित्वमा रहेको फङ्सन सेन्टरमा पार्टी गर्नु पर्ने बाध्यता रहँदै आएको छ । अब यो बाध्यताबाट यहाँका नेपालीले मुक्ति पाउने हो कि भनेर आशाका किरण हामीमाझ उदाएको छ । नेपाली सामुदायिक भवन बनाउनको लागि सिड्नीको नेपाली समुदाय मात्रै होइन मेलबर्न, ब्रिसबेन, पर्थ र क्यानबेराको नेपाली समाज जुर्मुराइसकेको छ । पैसा उठाउने क्रम हुँदैछ भने कतै जग्गा खरिदको लागि उपयुक्त स्थानको खोजी गरिदैछ । आखिर जे भए पनि नेपालीले आफ्नै सामुदायिक भवन चाहिन्छ भनेर यति प्रयास गर्नु पनि धेरै राम्रो हो । जग्गा किनिसकेपछि नक्सा पास गर्ने शिलशिला धेरै झन्झटिलो मात्रै होइन धेरै समय लाग्ने यथार्थता सिड्नीको सामुदायिक भवनको लागि सन् २०१३ देखि हुँदै आएको प्रयास र पहललाई नजिकबाट हेर्दा थाहा पाउन सकिन्छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्