नेभिगेशन
बिचार/ब्लग

नारनको बहुरूपी धारन

माधव गैर्‍हे मार्चको दोश्रो हप्ता सिड्नीको मौसम न गर्मी न जाडो, बिहानको मिर्मिरे घामसँगै एनआरएनए्का केही शुभाचिन्तकहरू कुक पार्कमा भेला भए भने कोही आफ्नै ओछ्यानमा कुम्भकर्णको निन्द्रा बिर्साउने गरेर सुतिरहे । कसैलाई हप्तामा जम्मा पाइने दुई दिनको मस्ती छाडेर कहाँको पदयात्रा, सदयात्रा लाग्नुलाई अन्यथा नमान्ने समूह पनि बलियो बन्दै गएको छ । त्यहीमाथि शुक्रबार साँझदेखि सुरु हुने मदिरा सेवन र रमझमले झमझमाएको र पाँच दिन काम गरेर थाकेको ज्यानलाई कुन रुपले ब्युँझाउन सकोस् ? यहाँ त एउटाले गरेको कार्यक्रमलाई असफल कसरी बनाउन सकिन्छ भनेर न्वारानदेखिको बल लगाएका प्रसस्तै उदाहरण छन् ,यति हुँदा हुँदै पनि एनआरएनको नेतृत्वमा रहेकाहरुले किन कानमा तेल हालेर बसे बुझिनसक्नु छ । एकले अर्काको खुट्टा तान्ने प्रवृत्तिको अन्त्य नभएसम्म जुन सुकै खालका कार्यक्रम खासै प्रभावकारी हुन सक्दैनन् । म समुदायमा बस्नुपर्छ, समुदाय हाम्रो हो, हामीले नै समुदाय बनाउनुपर्छ है भन्ने शुद्ध भावना बोकेर अगाडि बढ्ने जमातको बोली बिक्री नभएसम्म हामि जहाँको तही रहनेछौं । एनआरएनए अस्ट्रेलियाले विगत केही वर्षदेखि आफ्नो कार्यक्रम बनाउँदै आएको ‘वाक फर वेलफेयर’ अभियान मार्च १० तारिख सिड्नीबाट सुरु भएको छ । २०१३–२०१५ को महेन्द्र ओलीको नेतृत्वमा रहेको कार्यसमितिले प्रारम्भ गरेको यो सामाजिक कल्याणको लागि पदयात्रा अभियान अब कहाँ गएर टुंगिने हो त्यसै अनुमान गर्न गाह्रो छ । हो सामाजिक कार्यको लागि साझा संस्थाले कुनै न कुनै कार्यक्रम ल्याउनु पर्दछ । त्यसो भन्दैमा समुदायको भावनालाई राम्रोसँग नबुझी, नकेलाइ गरिने कार्यक्रम त्यति परिणाममुखी हुन सक्दैनन् भन्ने उदाहरण बन्न बेर छैन यो ‘वाक फर वेलफेयर’ । कहिले विद्यार्थीको लागि कहिले नेपालको लागि त कहिले महिलाको लागि भनेर ब्यानर मात्र परिवर्तन गर्ने तर कार्यक्रमको रुपरेखा र संरचनालाई समयानुकुल परिवर्तन गर्दै जान नसक्नुको परिणाम यसपटक सिड्नीमा आयोजित वाक फर वेल फेयर कार्यक्रम सोंचेजस्तो हुन सकेन । यसभन्दा अगाडि विद्यार्थीको नाममा गरिएको वाक फर वेलफेयर कार्यक्रममा कति पैसा उठ्यो कति पैसा केके शीर्षकमा खर्च भयो सम्बन्धित पक्षले त्यसको पारदर्शी रुपले सार्वजनिक गर्न नसक्नुको कारणलाई महत्वपूर्ण रुपमा लिइएको छ । यहाँ के देखिएको छ भने कार्यक्रम गर्न आयोजक कमिटी बनाउने सकेसम्म संस्थाकै नेतृत्वमा रहेकाहरुको आसेपासेलाई उक्त कमिटीमा समावेश गर्ने अनि कार्यक्रम गर्ने, फोटो खिच्ने, अत्यास लाग्ने गरी ताइँ न तुइँका भाषण गर्ने, सकभर सामाजिक संजालमा लाइभ नै ठोक्ने, त्यति पनि सकिएन भने ग्रुपको बीचमा बसेर फोटो खिच्ने र फेसबुक र ट्वीटरमा प्रचार गर्ने, बस् त्यति मात्र देखिएको छ । हो धेरैलाई थाहा छ सामाजिक काम गर्न त्यति सजिलो छैन, आफ्नो मात्रै होइन परिवारको समय काटेर भित्रै मनदेखि सोसाइटीलाई केही गर्छु भनेर लाग्नेहरुलाई समाजमा बेलाबेलामा देखिने गरेका भुइँफुट्टा वर्ग जसले कौडी दान गरेर हजारको प्रचार गरिरहेकाहरुले बेलाबेलामा अफ्ठ्यारो पार्दै आएका छन् । स्वास्नीलाई अर्कासँग लिफ्ट मागेर बच्चालाई ट्युसन लैजाउ भन्ने र विकेन्ड आउने बित्तिकै ठुटे भाषण छाट्दै आफुलाई महान् समाजसेवीको दर्जामा उक्ल्याउन लागि पर्नेहरुदेखि हाम्रो समाजलाई जोगाउनु पर्ने समय आएको छ । यो प्रबृत्ति बोक्नेहरु समाजका भाइरस हुन्, आफुभन्दा जान्ने र बुझ्ने कोही छैन, म तिमीभन्दा पहिला आएको, तिमीले मैले भनेको मान्नुपर्छ जस्ता अहंकारी भावनाबाट ग्रसित मनुवाहरूलाई क्यामेरापर्सन देख्ने बित्तिकै बिचमै बसेर फोटो खिच्नुपर्ने अनि माइक देख्ने नहुने कि भाषण ठोक्ने, भाषण ठोक्न नमिल्ने भए टपरोमा पानि पर्दा भैmं गीत गाइहाल्ने । हामी कति महान् छौं, त्यस्तै प्रवृत्तिलाई उक्साउँदै समाजको उन्नति खोजिरहेका छौ । समाज सबैको हो, समाजलाई सही मार्गमा अगाडी बढाउने कार्यमा लागिपरेका छौं भने पहिला तिमी आफू बन अनि बल्ल अरुलाई बनाउन सक्छौं  । आफु नै सक्षम छैनौ भने तिमीले कसरी समाजलाई साथ र सहयोग पु¥याउन सक्छौ ? हामीले भन्दै आएको हो कि सिड्नीमा लगभग पचास हजार नेपाली बस्छन्, खोइ कहाँ गए ती पचास हजार नेपाली ? पुण्य कार्यकोलाई साझा संस्थाले आयोजना गरेको कार्यक्रममा नितिकुती जम्मा २०० जना ? संस्था प्रतिको असन्तुस्टी हो कि नेतृत्वप्रतिको असन्तुष्टि हो नारन ? खबर पाएन भन्दा पनि दुई तीन महिनादेखि प्रचार भएकै थियो, कि व्यक्तिगत रुपमा निमन्त्रणा पत्र नआएकोले हो, जनता जान्न चाहन्छ । यतिसम्म कि एनआरएनए अस्ट्रेलियाको नेतृत्व तहमा पुगेका केही भूतपूर्वहरु र नेतृत्व तहमा जान चाहने आकांक्षीहरू समेतको अनुपस्थिति हुनुलाई कदापि राम्रो मान्न सकिंदैन । समय गतिशिल र परिवर्तनशिल छ भन्ने कुरोलाई घडीको अलार्मसंगै आफ्नो दैनिकी सुरु गर्नेहरुलाई भनिराख्नु पर्ने कुरो होइन । चुनावको बेलामा नेतृत्वमा पुगिन्छ कि भन्ठानेर गुफाबाट फुत्त बाहिर निस्केर सार्बजनिक हुने त्यसपछि दुई वर्ष गायब । त्यति मात्रै कहाँ हो र चुनावमा उठ्ने, जित्ने हार्ने बाहेक मनोनित हुनेहरुको पनि छुट्टै रामकहानी छ यहाँको एनआरएनमा । मनोनित हुने र मनोनित गराउन लागि पर्नेहरु वाक फर वेलफेयरमा कता हरायौ ? भुक्तभोगी भन्छन् जब मनोनित गर्ने बेला आउँछ आफू र परिवारले मात्रै होइन फोनले समेत आराम पाउँदैन, जब उनीहरु मनोनित हुन्छन् अनि आफ्नै फोन उठाउँदैनन्, बाटोमा देखे पनि नदेखे जस्तो गरी हिड्छन्, धन्य छ हाम्रो समाज । यो पुण्य कार्यको लागि भएको यो कार्यक्रममा किन सोंचेजस्तो उपस्थिति गराउन सकिएन यसको बारेमा आयोजक संस्थाले गम्भीर रुपले केलाउनु पर्ने देखिन्छ । सिड्नीबाट शुरु भएको यो पदयात्रा अस्ट्रेलियाका विभिन्न शहरहरूमा हुनेछ । आशा गरौं, अन्य राज्यहरूमा वसोवास गरिरहेका नेपालीहरूले पदयात्रामा सिड्नीको भन्दा उत्कृष्ट सहभागिता जनाउनेछन् । हरेक समाजमा राम्रा नराम्रा मान्छे र पक्ष हुन्छन् । ब्यबस्थापनको दृष्टिले उत्कृष्ट तर जनासभागिताको हिसाबले लाजैमर्दो रुपमा देखिएको सिड्नीको वाक फर वेलफेयरमा सहभागी सबै जनालाई धन्यबाद ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप बिचार/ब्लग
मेरो बाउलाई "अष्ट्रेलियन फादर्स डे "को शुभकामना 

मेरो बाउलाई "अष्ट्रेलियन फादर्स डे "को शुभकामना 

यो खबर सुनेर घरमा आमा/बाउ, अनी भुरा भुरी भाई/बैनीहरू सुभैरा, ईखे, उमेश..अनी कल्पना चै कोक्रैमा थियो..) कम्ता रमाको हैन बिचराहरू सबैले भित्रभित्र आफ्नो आफ्नै सपना बुन्नु थाले पक्कै...
आश जगाउनुस् अनि पुर्पुरोमा लेखि ल्याएको अझैं ५/७ चोटी प्रधान मंत्री भै रहनुस् !

आश जगाउनुस् अनि पुर्पुरोमा लेखि ल्याएको अझैं ५/७ चोटी प्रधान मंत्री भै रहनुस् !

यस्तो नाराबाजी गर्ने तथा देउवाले भनेका ‘बकवासहरू’ कम शक्तिशाली होईनन्। अब देउवा, ओलीहरू बुजुर्ग भए। उनिहरूलाई लाग्दो हो-“बुजुर्गहरूले समाजलाई दिशा दिन्छ। काँग्रेस वा कम्युनिष्टको बलको मियों हुन् समाजका...