ए आर एन अस्ट्रेलिया ले अभियानको रुपमा अगाडी बढाएको वाक फर वेलफेयर ,वेलफेयर फर ओमन अभियान अन्तरगत हालसम्म सिड्नी क्यानबेरा र ब्रिसबेन शहरमा पदयात्रा सम्पन्न भएको छ । सिड्नीमा मार्च १० तारिखमा सम्पन भएको थियो भने क्यानबेरामा १७ मार्च र ब्रिसबेनमा १८ मार्चमा सम्पन्न भएको हो ।
गत शनिबार क्यानबेरामा सम्पन्न वाक फर वेलफेयरको पदयात्रा राजधानी शहरको २४० Bunda Street बाट सुरु भएर २१ Akuna Street मा टुंगिएको थियो ।पदयात्रामा क्यानबेरामा बसोबास गरिरहेका नेपाली तथा एन आर एन अभियन्ताहरुको सहभागिता रहेको थियो । पदयात्राको क्रममा सहभागीहरुले नेपाल र अस्ट्रेलियाको झण्डा बोकेका थिए । पदयात्रामा एन आर एन का एसिटी संयोजक राजन ढुंगेल ,पूर्व संयोजक डा सिताराम घिमिरे तथा वाक फर वेलफेयर कार्यक्रम संयोजक प्रतिज्ञा अधिकारि लगाएतको सहभागिता रहेको थियो ।
त्यसैगरि गत आइतबार ब्रिसबेनमा सम्पन्न वाक फर वेलफेयरमा ब्रिसबेनमा बसोबास गरिरहेका नेपालीहरुको बाक्लो सहभागिता रह्यो । पदयात्रामा त्यहा बसोबास गरिरहेका नेपालीहरुको अलावा आफन्त भेट्न नेपालबाट आउनु भएका अभिभावकहरुको पनि सक्रिय सहभागिता रहेको थियो ।
न्यु फार्म पार्क रिभर साइड वाक मा करिब तीन किलोमिटरको दुरी तय गरिएको थियो । पदयात्रा पछि आयोजित कार्यक्रममा एन आर एन अस्ट्रेलियाका उपाध्यक्ष सन्तोष कुवर , वाक फर वेलफेयर का कार्यक्रम संयोजक प्रतिज्ञा अधिकारी, महासचिब नारायण कोइराला ,युवा संयोजक धर्मराज अधिकारी , एन आर एन क़ुइन्स्ल्याण्ड का सह संयोजक उमेश खड्का लगाएतका बक्ताहरुले कार्यक्रमको बिबिध पक्ष का बारेमा मन्तब्य राखेका थिए । अस्ट्रेलिया मा रहेका नेपालीहरुले भोग्दै आएको घरेलु हिँसा लाइ न्यूनीकरण गर्न विभिन्न चेतनामुलक कार्यक्रम गर्न तथा सामाजिक कल्याणकारी कोषलाइ अझ ठुलो बनाउने उदेश्यलॆ यो अभियान सुरु गरिएको हो । अब यो अभियान मेलबर्न, पर्थ ,र डार्बिन मा समेत केहि महिनाको अन्तरालमा गरिने छ ।
बाग्मती प्रदेशका निर्वतमान मुख्यमन्त्री तथा सांसद राजेन्द्र पाण्डेले नेपाली नागरिक भएर भिषा लिनुपर्ने बिषय हास्यासपद रहेको बताउदै सहमती बिना ल्याइएको यो अध्यादेश गलत ढंगवाट आएको बताएका छन ।शनिबार, माघ ५, २०८१